Home / CAN Infotech 2016 / इन्फोटेकको आज अन्तिम दिन, कम्पनीहरुले ल्याए विशेष अफर र छुट योजना

इन्फोटेकको आज अन्तिम दिन, कम्पनीहरुले ल्याए विशेष अफर र छुट योजना

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले वर्षेनी गर्दै आएको क्यान इन्फोटेको २२ औं संस्करण ‘सुबिसु क्यान इन्फोटेक २०१६ विथ एशोसिएसन हुवावे’ आज समापन हुदैछ । इन्फोटेकको उद्घाटन माघ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।CAN opening

नाकाबन्दी र देशको जटिल परिस्थितिका बाबजुद पनि उल्लेख्य मात्रामा एक्जिबिटर र भिजिटरको उपस्थिति देखिएकाले यसले आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने हौसला र प्रेरणा मिलेको क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले बताएका छन् । उनले भने, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा क्यान महासंघले स्थापना कालदेखि नै काम गर्दै आएको छ र इन्फोटेकले जनमानसमा सूचना प्रविधिलाई परिचित गराउन महत्वपूर्ण काम गरेको छ ।’

यस संस्करणको इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हलबाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १८८, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८८ स्टलहरु रहेका छन् । क्यान इन्फोटेकको यस संस्करणको टाइटल स्पोन्सरमा सुबिसु केबलनेट प्राली रहेको छ भने एशोसिएट स्पोन्सरमा हुवावेले प्रायोजन गरेको छ । त्यस्तै प्लाटिनम स्पोन्सरमा भायनेट, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा वोर्ल्डलिङ्क तथा आईटेल, सिल्भर स्पोन्सरमा नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सी. रहेको छन् ।

विश्वभरका चर्चित ब्राण्डका पछिल्ला संस्करणलाई नेपाली उपभोक्तामाझ परिचित गराउने उद्धेश्यले वर्षेनि इन्फोटेक गर्दै आएको महासंघले यस पटकको इन्फोटेकलाई पनि विगत झैं भव्य र सभ्य बनाउन प्रयत्न गरिएको महासंघका महासचिव विश्वराम बलामीले बताए । ‘यस संस्करणको इन्फोटेकमा मोबाइल, इन्टरनेट, सफ्टवेयर र एप्लिकेशन तथा आइटीका विभिन्न प्रोडक्ट र स्थानीय उत्पादनहको प्रदर्शनी विशेष आकर्षणको रुपमा रहेका छन्’ उनले भने । इन्फोटेकलाई लक्षित गर्दै कम्पनीहरुले विभिन्न प्रोडक्ट र सर्भिस सार्वजनिक गरेका थिए ।2nd day can

प्रदर्शनीमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युटरुले आफ्ना उत्पादन र सेवामा आकर्षक अफर तथा छुट ल्याएका छन् । व्यवसायीहरुले नगद छुट, नि:शुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका हुन् । यस्ता अफरहरुले अवलोकनकर्ताहरुलाई थप सहुलियत मिलेको आयोजकको ठम्याई छ ।

साथै इन्फोटेकको चुस्त व्यवस्थापनका लागि समेत यस संस्करणमा मुख्य ध्यान दिएको बलामीले बताए । इन्फोटेकको पाचौं दिनसम्म आउदा करिब साढे २ लाखले अवलोकन गरेको महासंघले जानकारी दिएको छ । अफिसियल आइटी म्यागजिन लिभिङ विथ आइसिटीले इन्फोटेक अवधिभर न्युजलेटर प्रकाशन गरिरहेको छ ।
वर्षमा एकपटक मात्रै इन्फोटेक गरिने र आइसिटीका अन्य ठूला प्रदर्शनी नहँुदा इन्फोटेकलाई लक्षित गर्दै कम्पनीहरूले नयाँ प्रविधि एवम् सेवा सार्वजनिक गर्ने गर्दछन् । यसपटक पनि यी कम्पनीहरूले आकर्षक क्यान अफर र छुटका साथ नयाँ प्रडक्ट र सेवा ल्याएका छन् । विशेषगरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप/कम्प्युटरका स्टलहरू, इन्भर्टर तथा ब्याट्रीका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभीलगायतका स्टलहरू आकर्षणको केन्द्र बनेका छन् । कम्पनीहरूले आफ्ना सेवा र वस्तुमा इन्फोटेक अवधिभर छुटका साथ विक्रीवितरण एवम् प्रवद्र्धन गरेको बताएका छन् ।

शीर्ष प्रायोजक सुबिसुले आफ्नो क्लियर टिभीमा पुराना ग्राहक र नयाँ ग्राहकका लागि विशेष प्याकेज घोषणा गरेको छ भने सहशीर्ष प्रायोजक ओला इन्टरनेशनलमार्फत हुवावेले ल्याएको जी ७ प्लस स्मार्टफोन पनि धेरैको रोजाइमा परिरहेको छ । एइईले ल्याएको वाइफाई सुविधा भएको विशेष क्यामेरा, ड्रोन्स र रेकर्डरहरू पनि मेलामा अधिकांशको आकर्षण बनिरहेको छ । त्यस्तै नेपा हिमा ट्रेडलिंकले नेपालमै पहिलोपटक ल्याएको सोनीको ४३ र ५० इन्चका एन्डोइड टिभी इन्फोटेककै विशेष प्रविधि हो । इन्फोटेक अवधिभर बुकिङ गरेमा यस्ता टिभीमा १५ प्रतिशत छुट हुने जनाइएको छ ।falcon

माइक्रोम्याक्सको नेपालस्थित आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले माइक्रोम्याक्सको क्यानभास पल्स फोरजी स्मार्टफोन ल्याएको छ, जुन मोबाइलप्रेमीका लागि नौलो र उत्कृष्ट फिचरका साथ आएको छ । यसमा ३ जिबी र्‍याम, ५ इन्च एचडी आइपिएस स्क्रिन, १३ प्रतिशत रियर क्यामेराको सुविधा छ र यसको मूल्य १८ हजार ३ सय रुपैयाँ मात्रै रहेको छ । नेपालका लागि दुबईको उत्कृष्ट मोबाइल ब्राण्ड टचकनको आधिकारिक विक्रेताले ल्याएको फोरजी/एलटिई प्रविधिमा आधारित एम ६०५ मोडलको स्मार्टफोन ल्याएको छ, जसमा १० प्रतिशत छुट प्रदान गरिएको छ । इन्फोटेकमा किभी मोबाइलले ल्याएको एक हजार रुपैयाँमा पाइने स्मार्टफोन ल्याएको छ ।
प्रदर्शनीमा एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीका स्टलहरूमा पनि अवलोकनकर्ताहरूको भीड लागेको छ । फाल्कोन इन्टरनेशनलले पहिलोपटक नेपालमा ल्याएको बुलगार्ड इन्टरनेट सेक्युरिटी, एण्टिभाइरस तथा मोबाइल सेक्युरिटी पनि अवलोकनकर्ताको नजरमा परेको छ । प्रविधिसम्बन्धी तालिम दिने ट्रेनिङ इन्ष्टिच्युट तथा शैक्षिक संस्थाहरूमा पनि विद्यार्थीको भीड लागेको छ ।

इन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले ल्याएको सडकमा गुडेको सवारीको स्पिड जानकारी दिने तथा यात्रुहरूको गणना गर्न सकिने सिसिटिभी, घरबाहिरबाटै मोबाइल फोनमार्फत घरको झ्यालढोका खोल्न बन्द गर्न सकिने आइपी बेस डोर एक्सिस कन्ट्रोल सिष्टम तथा सामुदयमा आधारित सिसिटिभीमा प्रतिघर १० देखि १५ हजार शुल्कमा धमाधम बुकिङ भइरहेको छ ।

त्यस्तै डिजिकमले विभिन्न मोडलका राउटरहरूमा १ हजारसम्म छुट प्रदान गरेको छ भने माइक्रो ल्याबको स्पिकर मात्रै २५ सय रुपैयाँमा दिइरहेको छ । त्यस्तै नेटिस, टिपी लिंक, डी–लिंकका राउटरहरूमा पनि कम्पनीले १० देखि १५ प्रतिशत छुट दिएका छन् ।

त्यस्तै बेन्ट रेले ल्याएको एसिसी स्विफ्ट अकाउन्टिङ सफ्टवेयरमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी सागर इन्फोसिसले ब्रदरको मल्टिफङ्सन (प्रिन्ट, स्क्यान, फोटोकपी) भएको डिसिपी टी ३०० इङ्क ट्याङ्क प्रिन्टरका स्टलमा विशेष छुट अफर ल्याएको बताएको छ ।

त्यस्तै यसपटक जेनेरेटर, ब्याट्री, सोलार, युपिएसलगायतका प्रविधि खोज्नेहरूको भीड बढेको छ भने उनीहरूलाई लक्षित गरी कम्पनीहरूले स्वदेश एवम् विदेशी उत्पादनमा क्यान अफर दिएका छन् । इन्फोटेकमा पावर बैंक, ल्यापटप ब्याट्री, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, म्युजिक साउन्ड सिष्टमलगायतका एसोसरिजका स्टलहरूले पनि भारी छुट घोषणा गरेका छन् ।

पााचौ दिन ६९ हजार ४ सय ४४ जनाले ईन्फोटेकको अवलोकन गरेका छन् । हालसम्म ३ लाख ११ हजार ४५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।12644807_10207273851198918_7741228152007408655_n

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *