Home / CAN Infotech 2016 / इन्फोटेकमा सेलिब्रेटीहरुको आगमन बढ्दो

इन्फोटेकमा सेलिब्रेटीहरुको आगमन बढ्दो

प्रधानमन्त्री केपि शर्मा ओलीले समुद्घाटन गरेको ईन्फोटेकमा बिशिष्ट व्यक्ति र सेलिब्रटीहरुको पनि उल्लेख्य उपस्थित रहिरहेको छ । आइतबार मेलामा उपप्रधान तथा रक्षामन्त्री भिम रावल, एमाले सांसद पशुपति चौलागाई, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्की लगायतले अवलोकन गरेका छन् ।

priyanka
मेला अवलोकन गर्नु हुदै मन्त्री रावलले समृद्ध मुलुक निर्माणका लागि प्रविधिको विकास प्राथमिक पूर्वाधार भएको बताए । त्यस्तै नेकपा एमाले सांसद पशुपति चौलागाईले प्रविधिको महत्वका वारेमा चेतनाविस्तार गरी जनशक्ति निर्माण र सदुपयोगमा ध्यान दिनुपर्ने बताए । उहााले प्रविधिको विकासका लागि क्यान महासंघ र सरकार समन्वय गरेर अघि बढ्नुपर्ने वताए ।

 

प्रदर्शनीको पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोश्रो दिन शनिवार ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका थिए । आज तेश्रो दिन ५३ हजार ९ सय १ जनाले अवलोकन गरेका छन् । आज सम्म १ लाख ७८ हजार २ सय ८३ जनाले मेलाको अवलोकन गरिसकेको क्यानले जनाएको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *