Home / CAN Infotech 2015 Pokhara / फागुन २१ देखि ११ दिनसम्म पाेखरामा क्यान मेला आयोजना हुने

फागुन २१ देखि ११ दिनसम्म पाेखरामा क्यान मेला आयोजना हुने

चण्डीप्रसाद अर्याल
पूर्व अध्यक्ष, क्यान कास्की
chandi-aryal-can-pokharaमोफसलमा लगातार इन्फोटेक गर्ने जिल्ला कास्की हो र, हामीले आइसिटी क्षेत्रमा गरेको कामको मूल्याकंन गरेर महासंघले क्यान कास्कीलाई अवार्ड दिएको हो । यसपटक पनि हामीले फागुन २१ देखि चैत्र १ गतेसम्म ११ दिनसम्म पोखरामा क्यान मेला गर्दैछौं । हामीले विगतमा ४ दिनमात्र गरेका थियौं । तर मेलामा अवलोकनकर्ताको संख्या केही कम भएको महसुस भएकाले यस संस्करणदेखि राष्टिय उद्योगिक ब्यापार मेलासँगै क्यान मेला गर्दैछौं । ब्यापार मेलामा आउने दर्शकलाई पनि आइटीका विभिन्न सेवा र प्रोडक्टबारे जानकारी दिने उद्धेश्य हो । पोहोरको जस्तै यसपाली पनि नयाँ र अपडेटेड प्रविधिको प्रदर्शनी त हुने नै छ, योबाहेक टाइपिङ कम्पिटिसन, सफ्टवेयर डेभलपमेन्ट कम्पिटिशन, आइटीको इतिहासदेखि अहिलेसम्मको अवस्थालाई प्रस्तुत गर्ने म्युजियम प्रदर्शन गर्दैछौं । हामीले प्रत्येक संस्करण परिमार्जित र आकर्षक बनाइरहेका छौं । इन्फोटेकबाहेक एकेडेमिक क्यालेन्डरको किताबको रुपमा कम्प्युटर किताब प्रकाशन गर्दै आएका छौं जुन त्यस क्षेत्रका अधिकांश विद्यालय र तालिमप्रदायक संस्थाले पढाउँछन् । त्योबाहेक आइटी र सामाजिक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *