Home / आइसिटी समाचार

आइसिटी समाचार

वर्ड क्याम्प काठमाडौं २०१७ भव्यताका साथ सम्पन्न

राजधानीमा शनिबार आयोजित वर्ड क्याम्प काठमाडौं, नेपाल २०१७’ भव्यताका साथ सम्पन्न भएको छ । बबरमहलस्थित कार्की बैंक्विटमा सम्पन्न भएको एक दिने वर्डप्रेस सम्बन्धी सम्मेलनमा २ सय ५० भन्दा बढी वेब बिकासकर्ता, डिजाइनर, वेब प्रोफेसनल, ब्लगर्स र वर्डप्रेसका पारखीहरूको सहभागिता रहेको थियो । गत नोभेम्बरदेखि शहरकेन्द्रित वर्डक्याम्पको थालनी भएयता काडमाडौंमा ६ महिनापछि अर्को वर्डक्याम्प भएको हो । वर्डक्याम्पमा विशेषगरी युवा सहभागीहरु …

Read More »

शनिबार वर्डक्याम्प काठमाडौं २०१७ हुँदै, अन्तर्राष्ट्रिय स्पिकरहरु आउने

यही मे २० (जेठ ६) शनिबार अायाेजना हुन लागेकाे वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी अायाेजकले दिएकाे छ । राजधानीको बबरमहलस्थित कार्की बैंक्विटमा वर्डक्याम्प अायाेजना हुनेछ । संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने याे सेमिनार विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि …

Read More »

‘नेपालका लागि पर्यटन’ थिममा पोखरामा ह्याकथन हुँदै

कास्की । पोखरामा यही मे २७ (जेठ १३ गते शनिबार) नेपालका लागि पर्यटन विषयमा एक दिने ह्याकथन इभेन्ट हुने भएको छ । बिट्स इन्नोभेसनले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा गर्न लागेको यो इभेन्टलाई नेपाल पर्यटन बोर्ड, क्लब अफ टेक्निकल स्टुडेन्ट्स पोखरा, वुमन लिडर्स इन आइटी लगायतले सहयोग गरेका छन् । फ्रि रजिस्ट्रेसन रहेको यस इभेन्टमा पोखराका विभिन्न आइटी र इन्जिनियरिङ कलेजका …

Read More »

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) को अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ । मेगा ब्रोडकास्ट प्रालि, इस्टर्न नेटवर्कस प्रालि र सिम्पल मिडिया नेटवर्क प्रालिले अनुमतिपत्रको शर्त बमोजिम सेवा संचालन नगरेको भन्दै १५ दिनभित्र सेवा संचालन गरेको जानकारी गराउन निर्देशन दिएको छ । यसअघि पनि पटक पटक …

Read More »

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (ITU Day, 2017 May 17) का दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ श्रावण २८ गतेसम्म कायम रहनेछ । यसरी उपलब्ध गराइएको अफरअन्तर्गत …

Read More »

‘शुक्रबारको साइबर हमला हालसम्मकै ठूलो’

संसारभरका कैयौं संघसंस्थामाथि शुक्रबार गरिएको साइबर हमला हालसम्मकै ठूलो भएको युरोपको प्रहरी निकाय युरोपोलले बताएको छ। आक्रमणकारीबारे पत्ता लगाउनका लागि जटिल आन्तरिक अनुसन्धान गरिने उक्त निकायले चेतावनी समेत दिएको छ। शुक्रबार विश्वभरका ९९ देशका कम्तीमा ७५ हजार कम्प्युटरका सामाग्री गोप्य तरिकाले मात्र हेर्न मिल्ने बनाइएको थियो र त्यसलाई साबिकको रुपमा फर्काउन पैसा मागिएको थियो। रुस लगायतका युरोपेली देशहरु सबैभन्दा बढी …

Read More »

निर्वाचनको रौनक सामाजिक सञ्जालमा

२० वर्षपछि आज भएको स्थानीय निकायको निर्वाचनले सामाजिक सञ्जालमा झनै रौनकता थपेको छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने सरकारी योजनाअनुरुप आज भएको निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको छ । मतदान गर्न प्रोत्साहन गर्ने स्ट्याटसदेखि मतदान गरेपछि सेल्फी फोटो पोस्ट गर्ने क्रम सामाजिक सञ्जालमा चलिरहेको छ । यस्तोमा उनीहरु एकअर्कामा खुसी साटासाट गर्दै समूहमा फोटो …

Read More »

हाम्रो पात्राले ल्यायो स्थानीय निर्वाचन विशेष नयाँ अपडेट, निर्वाचनका हरेक जानकारी मोबाइलमा

अाज २० वर्षपछि स्थानीय निकायकाे निर्वाचन हुँदैछ । यसैलार्इ मध्यनजर गर्दै सर्वाधिक डाउनलाेड भएकाे नेपाली माेबाइल एप हाम्राे पात्राेले लाखौं प्रयोगकर्ताहरूसम्म सजिलै, सहजै पुग्न सकोस भन्ने उद्देश्यले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । यदि तपार्इको SmartPhone मा अटोमेटिक अपडेट छैन भने आजै अपडेट गर्नुहोस् तपार्इको क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका …

Read More »

एन्ड्रोइड फोनमा ओप्पोको छलाङ, सर्वाधिक विक्रि गर्न सफल

सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक विक्रि हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ । तर, सोच विपरित यस पटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदन अनुसार यस पटक सर्वाधिक विक्रि हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ । प्रतिवेदन अनुसार …

Read More »

निर्वाचनमा होमिए जनता, निर्वाचन आयोग भन्छ : उत्साहजनक मतदान भइरहेकाे छ

स्थानीय तहका लागि आइतवार जारी पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । तीन प्रदेशका ३४ जिल्लामा रहेका २ स ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य भइरहेको निर्वाचन आयोगले बताएको छ । आइतवार जारी मतदानका लागि निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, …

Read More »