Home / Featured / शंकर उप्रेती, जसले मोबाइल एपबाट संसारका नेपालीलाई जोडे

शंकर उप्रेती, जसले मोबाइल एपबाट संसारका नेपालीलाई जोडे

नेपालको सूचना प्रविधि क्षेत्रका लागि अहोरात्र काम गर्ने यी युवा हुन्, शंकर उप्रेती । विदेशमा बसी नेपाली समुदायलाई योगदान पुर्याउने नामहरुमा उप्रेती छुट्ने कुरै भएन । उनले मोबाइल एपहरुमार्फत लाखौं नेपालीलाई जोडिरहेका छन् ।

हाम्रो पात्रो’ नामको मोबाइल एप तपाईंले पक्कै चलाउनुहुन्छ । यही एपकै कारण नेपालीमाझ उप्रेतीको वाहवाही बढिरहेको हो । साथमा हाम्रो किबोर्ड, नेपाली इंगलिस डिक्सनरी, हाम्रो न्युज एन्ड म्यागेजिनजस्ता लोकप्रिय नेपाली एप उनकै अग्रसरतामा बनेका हुन् ।

‘मैले व्यक्तिगत प्रयोजनका लागि हाम्रो पात्रो बनाएँ । आज यही एप उपयोगी नेपाली एपहरुमध्ये सर्वाधिक सफल बनेको छ । अनि यो सफलतामा लाखौं नेपालीहरुको विश्वास र माया उत्तिकै मिलिरहेको छ,’ फेसबुक च्याटमा उनले सुनाए । यही कारण उप्रेतीले सिलिकन भ्यालीको प्रतिष्ठित आइटी कम्पनीको आकर्षक जागिर छोडे । अहिले हाम्रो पात्रोलाई पूर्णकालीन नेतृत्व गरिरहेका उनलाई नेपालको मोबाइल एप्स क्षेत्रका आइकन भन्दा फरक नपर्ला ।

६ एमबी साइजको हाम्रो पात्रो एपमा दर्जनौं सुविधा दिइएको छ । २३ लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन् । यतिमात्रै कहाँ हो र ? युनिकोडमा नेपाली टाइप गर्न समस्या भइरहेका बेला उनले हाम्रो किबोर्ड बनाए, जसबाट जोकोहीले नेपालीमा टाइप गर्न पाएका छन् ।

बाराको सामान्य परिवारका उप्रेती स्कुलमा कहिल्यै दोस्रो हुनु परेन । सन् २००४ मा पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरमा बिई सक्दा पनि उनको नामअघि ‘टपर’ थियो । यसपछि उप्रेतीले ४ वर्षसम्म डा. रुद्रराज पाण्डेद्वारा सञ्चालित डिटुहकाईमा प्रोग्रामर भई काम गरे ।

यसपछि डिटुहकाईले नै उनलाई अमेरिकामा कम्प्युटर इन्जिनियरिङमा मास्टर्स गर्ने अवसर जुराइदियो । ७ कक्षासम्म कम्प्युटर नै नदेखेको मान्छेको जीवनले अमेरिका पुग्दासम्म अकल्पनीय छलाङ मारेको थियो ।

‘अमेरिकामा सुरुवाती दिनहरु राम्रै थिए । त्यसपछिका दैनिकी केही पट्यारलाग्दा बने । कारण के भने म नेपाली तिथिमिति र चाडपर्वबारे बेखबर बन्न पुगें । अरु नेपालीको पनि यो साझा समस्या थियो । अनि आफ्नै लागि नेपाली तिथिमितिसहितको मोबाइल एप सन् २०१० मा आइओएस संस्करणमा बनाएको हुँ,’ हाम्रो पात्रोको सुरुवाती कथा सुनाउदै उनले भने ।

पछि उनले हाम्रो पात्रोलाई एपस्टोरमै राखे । यो एपस्टोरमा दर्ता भएको पहिलो नेपाली एप बन्यो । विदेशमा रहेका नेपालीले निकै मन पराउन थालेपछि सन् २०१२ मा एन्ड्रोइड संस्करणमा पनि हाम्रो पात्र निर्माण भयो । आज स्मार्टफोन पारखी लाखौं नेपाली भाषीसँग हाम्रो पात्रो एप छ ।

 उनलाई पैसाले नपुग्दो थिएन । तर, हजारौं डलरको जागिरभन्दा आफूले जन्माएको हाम्रोपात्रोलाई हुर्काउन सोचे । अनि सिमेन्टिक छोडेपछि पूर्णकालिन रुपमा हाम्रो पात्रोमै समर्पित भए ।

६ एमबी साइजको हाम्रो पात्रो एपमा दर्जनौं सुविधा दिइएको छ । २३ लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन् । यतिमात्रै कहाँ हो र ? युनिकोडमा नेपाली टाइप गर्न समस्या भइरहेका बेला उनले हाम्रो किबोर्ड बनाए, जसबाट जोकोहीले नेपालीमा टाइप गर्न पाएका छन् ।

यो एप निर्माण भएको १८ महिनामै १ मिलियन डाउनलोड भयो । अहिले यो किबोर्ड १०औं लाख नेपालीले सजिलै चलाइरहेका छन् । अटो करेक्सनसमेत गरिदिने यो एपले नेपाली भाषाको विकास र प्रवद्र्धनमा योगदान दिएको उनको विश्वास छ ।

अमेरिकामा रहँदा आइटी कम्पनीमा फुल टाइम जागिरे हुँदाहुँदै उनले यस्ता एपहरु बनाए । सन् २०१५ सम्म उनी सिलिकन भ्यालीको चर्चित सेक्युरिटी सफ्टवेयर निर्माता सिमेन्टिक कर्पोरेशनका उच्च तहका जागिरे थिए । उनलाई पैसाले नपुग्दो थिएन ।

तर, हजारौं डलरको जागिरभन्दा आफूले जन्माएको हाम्रोपात्रोलाई हुर्काउन सोचे । अनि सिमेन्टिक छोडेपछि पूर्णकालिन रुपमा हाम्रो पात्रोमै समर्पित भए । उनले हालै हाम्रै पात्रोको नेपाल सब्सिडियरी कम्पनीका रुपमा काठमाडौंमा स्मार्ट आइडिया प्रालि खोलेका छन् ।

याे पनि पढ्नुहाेस् :

प्राविधिक यात्रा : डिटुहकाईदेखि सिलिकन भ्यालीसम्म

 

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

2 comments

  1. Yes lai sampurna Nepaliharukai safalta vanda farak naparla, agami dinma ni estai upayogi system ko abiskar hos. Thanks Shankar .

  2. Great job .
    Shanker uprety bandhu,keep it up.
    Hamro Patro is one of the best apps for we Nepali pupil.
    It is very usefule and practical for us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *