Home / Featured / अफर दिने छिट्टोे (chitooo) एप

अफर दिने छिट्टोे (chitooo) एप

नेपालमा अहिले धेरै स्टार्टअप कम्पनीहरु नवीन विचार लिएर आउँदै छन् । र, यही प्रवाहमा एक नयाँ एप हो, छिट्टो (chitooo) । गत ७ जुलाईमा काठमाडौंमा सार्वजनिक गरिएको एप प्ले स्टोरमा उपलब्ध छ ।

छिट्टोे यस्तो एप हो, जसले प्रयोगकर्तालाई फेसबुकका माध्यमबाट उपहार अंक प्रदान गर्दछ । यी अंकहरुलाई पछि प्रयोगकर्ताले रेस्टुरेन्टलगायत अरु साझेदार स्टोरहरुमा खर्च गर्न सक्छन् ।

एपमा साइनअप गर्न सजिलो छ । प्ले स्टोरबाट एप डाउनलोड गरेर आफ्नो फेसबुक खाताबाट साइनअप गर्न सकिन्छ । त्यसैगरी, हरेक फेसबुक पोस्टबापत उपहार अंक प्राप्त गर्न सकिन्छ ।

हरेक स्ट्याटस अपडेटका लागि १० अंक उपहार प्राप्त गर्न सकिन्छ भने छिट्टोेको कुनै साझेदार स्टोरहरुमा गएर चेकइन गर्दा १ सय अंक उपहार प्राप्त गर्न सकिन्छ । एपले विशेषगरी प्रयोगकर्ता र साना एवं मध्यम वर्गका उद्योगबीच सम्बन्ध जोड्ने योजना ल्याएको छ ।

एन्ड्रोइड स्मार्टफोनमा यो एप डाउनलोड गर्नका लागि : play.google.com/store/apps/chitooo

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *