Home / Featured / संचार र प्रविधिको पहुँचमा सिन्धुली

संचार र प्रविधिको पहुँचमा सिन्धुली

द्वारिका काफ्ले
नेपालमा सञ्चार क्षेत्रको सुरुवात भएको एक शतक नाघिसकेको भएपनि सिन्धुली जिल्लामा सञ्चारको इतिहास र यसको विकासको लामो इतिहास छैन । सूचनाको प्रविधिको विकास उत्कर्षमा पुगेको बेला सिन्धुलीमा सञ्चारमाध्यमले पछिल्ला दिनमा आउँदा उद्योगको रुपमा विकास गर्ने अभियान प्रारम्भ गरेको छ । यसरी हेर्दा सिन्धुली पनि प्रविधि प्रयोगतर्फ उन्मुख हुँदैछ ।

सूचना प्रविधिको विकासले संसारलाई साँघुरो बनाएको छ । आज संसारमा हुने सानासाना घटनाको सूचना समेत केही मिनेटमै संसारभर पुग्ने अवस्था छ । यो पछिल्लो पटक विकास भएको इलेक्ट्रोनिक संसारको विकासले गर्दा संसारका सबै कुरालाई मोबाइलको स्किृन, टेलिभजिन र अन्य साना घेरामा सिमित गरिदिएको छ । यसो हुनुको भनेको हामी अब प्रविधि प्रयोगका हिसाबले सम्वृद्ध बन्दै जानु हो ।

सिन्धुलीमा औपचारिक सञ्चारमाध्यम स्थापनाको सन्दर्भ उठाउँदा यसको श्रेय शेषराज दाहाललाई दिनैपर्छ । पहिलो पटक ०४८ सालमा सिन्धुली साप्ताहिक दर्ता गरी औपचारिक रुपमा प्रिन्ट मिडियाको सुरुवा गरी सिन्धुलीलाई पत्रकारिताको इतिहासमा एउटा इट्टा थप्ने काम उहाँबाट भयो । यसपछिका दिनमा प्रविधि प्रयोग गर्न नसक्दा छापामाध्यमको संख्या थपिए पनि यसले सूचनाको क्षेत्रमा खासै फड्को मार्न सकेन ।

केही साप्ताहिक पत्रिकाहरु लेटरप्रेसबाट ावश्यकतालाई पुरा गर्न सकेन । जसको कारण थियो आधुनिक प्रविधिमा आधारित अफसेट प्रेसको अभाव । यसले जिल्लाबाट गुणस्तरीय र व्यवस्थित पत्रिका प्रकाशन हुन सकेनन् । यसरी नै झन्डै १५ वर्ष जिल्लाको पत्रकारिता सुस्त रुपमा नै रह्यो । जब ०६२/६३ को जनआन्दोलनबाट देशमा नयाँ परिवर्तन भयो, यसपछि मात्रै सिन्धुली जिल्लामा सञ्चार क्षेत्रले केही फड्को मार्न सकेको अवस्था छ ।

लोकतन्त्रको सुरुवातसँगै जिल्लामा इलेक्ट्रोनिक मिडिया स्थापना भयो । यसले जिल्लालाई राष्ट्रिय समाचार सजालसँग जोड्ने काम गऱ्यो । लोकतन्त्र प्राप्तिपछि भने जिल्लाका सबै पत्रपत्रिका अफसेट प्रेसमार्फत प्रकाशन हुन थाले भने रेडियो सिन्धुलीगढीको स्थापनाले सूचनाको अभावलाई केही कम गर्न सक्यो । तीन वर्षपछि रेडियो सहारा थपियो भने पत्रिकाको संख्यामा समेत थप भयो । त्यसको डेड वर्षपछि रेडियो सिद्धबाबाले आफ्नो प्रसारण सेवा सरु गरेर अर्को संसार संस्थाको स्थापना भयो ।

उता सिन्धुली साप्ताहिकबाट सुरु भएको सिन्धुलीको पत्रकारिता हालसम्म आउँदा सिन्धुली पोस्ट, जनप्रभात, कमलामाई एक्सप्रेस, सफल नेपाल हुँदै साझा नेपाल सम्मको यात्रामा नियमित साप्ताहिकको संख्या ५ पुगेको छ । ०६८ सालमा प्रभात समाचार दैनिकबाट दैनिक छापा पत्रकारिता शुभकामना दैनिक, सिन्धुली सौगात दैनिक, जनबोली दैनिकसम्ममा आएर रोकिएको छ ।

हाल तीन वटा दैनिक पत्रिका रहेका छन् । प्रिन्ट रेडियोसहित दैनिक मिडियाको संख्या ६ पुगेको छ । यसबीचमा केही अनलाईन मिडियाले पनि सूचना प्रवाह गरिरहेको अवस्था छ । सिन्धुलीकै व्यक्तिलृे सञ्चालन गरिरहेका अनलाइन कति छन् यकिन त छैन तर पनि केही अनलाइनसमेत दैनिक मिडियाका रुपमा अस्तित्व छन् । सञ्चार क्षेत्रको विकासलाई हेर्दा सिन्धुलीको सञ्चर क्षेत्र पनि विस्तारै उद्योगको रुपमा विकास हुन थालेको छ ।

जिल्लामा सञ्चालिन रेडियोहरुले करिब ३५ जनालाई रोजगारी दिएका छन् । दैनिक तथा साप्ताहिक सहितलाई गणना गर्दा सञ्चारमाध्यमले फण्डै ५० जनाको हारहारीमा रोजगारी प्रदान गरेका छन् । यसरी विस्तार भएका संचार संस्थाहरु पनि एउटा उद्योगको रुपमा विकास भइरहेको अवस्था छ ।

हुन त पत्रकारिताको कुरा गर्दा सिन्धुलीका धेरै मानिसले कृन्द्रिय पत्रकारिताको रुपमा आफूलाई स्थापित गरेको अवस्था छ । सिन्धुलीकै हरिहर विरही र सुरेश आचार्यले नेपाल पत्रकार महासंघको अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । उनीहरुबाट देशको पत्रकारिता क्षेत्रलाई विकास गर्ने कुरामा ठूलो योगदान भयो होला तर जिल्लाको पत्रकारिता विकास गर्ने कुरामा भने खासै योगदान भएको छैन ।

अन्य धेरै पत्रकार साथीहरु केन्द्रीय मिडियामा रहेर आफूलाई स्थापित पत्रकारको रुपमा चिनाइरहेका छन् । यसले पनि जिल्लाको पहिचानलाई चिनाइरहेको छ । तथापि जिल्लामा भने पछिल्लो दिनमा आएर यस क्षेत्रले पनि व्यवसाहयक फड्को मार्न लोको भान हुन थाल्को छ । यति सानो भूगालेमा यति धेरै दैनिक मिडिया सञ्चालन रहनुले समेत त्यसलाई संकेत गर्दछ । यसकारण सिन्धुलीका अबका दिन व्यवसायिकतर्फ उत्मुख हुँदै छ ।

अझ नेपाल सरकार र निजी क्षेत्रबनट सञ्चालन भएका टेलिफोन र मोबाइल सेवाले जिल्लाई सूचना सञ्जालमा निकै साँघुरो बनाइदिएको छ । जिल्लामा नेपाल सरकारद्धारा सञ्चालित नेपाल टेलिकम तथा निजी क्षेत्रका तीन वटा संस्था एनसेल, स्मार्ट सेल र युटिएलजस्ता कम्पनीहरुले मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको वितरण गरेर जिल्लाको सूचना सञ्चार क्षेत्रलाई अझै सहज बनाइरहेको अवस्था छ ।

अझ यस वर्षबाट नेपाल टेलिकमले सिन्धुली जिल्लाका ५३ वटै गाविस र कमलामाई तथा दुधौली नगरपालिकामा थ्रिजी सेवा समेत सञ्चाल गर्ने बताएको छ । जसका लागि टेलिकमले जिल्लाका थप २० जिल्लामा मोबाइलको बिटिएस टावर निर्माण कार्य समेत अगाडि बढाइसकेको छ । उसले जिल्लाका सबै स्थानमा यसै आर्थिक वर्षमा गराउने घोषणा गरेको छ । यति भयो भने समेत दैनिक रुपमा जिल्लामा सञ्चाल भइरहेका मिडियाहरुलाई सञ्चालन गर्न र समाचार संकलनका लागि सहज वातावरण बन्ने छ ।

सिन्धुली जिल्लाका संचारमाध्यमहरु पनि अबका दिनमा औद्योगिककरणतर्फ उन्मुख हुँदै गइरहेको महशुश स्वयम् संचारकर्मीहरुलाई हुन थालेको छ। विकास को एउटा आधार सूचना तथा संचार पनि हो । यसबाट मानिसले पाउने ज्ञान तथा नयाँ नयाँ प्रविधिसम्बन्धी जानकारीले उसको चेतनामा विकास भई मानिस सभ्य र शिक्षित नागरिक बन्न सहयोग पुग्नेछ ।

 (लेखक नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष हुन्)

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *