Home / Featured / साइबर क्राइमको मुद्धा कसरी र कहाँ हाल्ने ?

साइबर क्राइमको मुद्धा कसरी र कहाँ हाल्ने ?

जिज्ञासा : मेरो फेसबुक आइडी कसैले ह्याक गरेर नराम्रो स्टाटस र तस्विरहरु पोस्ट भएको थियो, पछि मेरा साथीहरुको सहयोगमा साइबर क्राइमको मुद्दा हाल्छु भनेर थर्काएपछि उसले आइडी बन्द गर्यो, तर मलाइ नै थाहा छैन कि, कसरी कहा मुद्दा हाल्ने र के कारवाही हुन्छ ? (गरिमा श्रेष्ठ, पाटन ललितपुर)

अधिवक्ता बाबुराम अर्याल

समाधान : यस्ता अपराध को उजुरी नजिकको प्रहरी कार्यलयमा गर्नु पर्छ र यस्ता मुद्दा सरकारी वकिलले नै हेर्दछन् । यसमा पिडितले उजुरी मात्र गरे पुग्छ । तर उजुरी गर्दा भने घटना घटेको वा घटना घटेको थाहा पाएको ३५ दिन भित्र गर्नु पर्छ । गरिमा जी, तपाईंको प्रसंगमा यहाँ दुई वटा कसूर भएको छ । पहिलो आइडी ह्याक भएको छ जुन विद्युतीय कारोबार ऐन, २०६३को दफा ४५ विपरितको कसूर हो । उक्त कसूरको सजायँ ३ बर्ष सम्मको जेल सजायँ वा २ लाख सम्मको जरिवाना वा दुवै हुन सक्छ । साथै, त्यसबाट भएको हानी नोक्शानी समेत अदालतले भराई दिन सक्छ । अर्को, नराम्रो स्ट्याटस र तश्विरहरु पोष्ट हुनु चाहि दफा ४७ अन्तरगतको कसूर हो । यसमा ५ बर्ष सम्मको जेल सजायँ वा १ लाख सम्मको जरिवाना वा दुवै हुन सक्छ । हाल विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दा काठमार्डौ जिल्ला अदालतले मात्र हेर्ने जिम्मेवारी पाएको छ । (अधिवक्ता बाबुराम अर्याल)

यदि तपार्इंसँग पनि कुनै साइबर जिज्ञासा छ भने हामीलार्इ info@livingwithict.com मा इमेल गर्नुहाेस् ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *