Home / Featured / डिसहोमले थप्यो रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल, दसैं योजनामा ३ हजार रुपियाँ छुट

डिसहोमले थप्यो रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल, दसैं योजनामा ३ हजार रुपियाँ छुट

अबदेखि डिसहोममा रमाईलो टिभी र एक्सन स्पोर्टस च्यानल पनि थपिएको छ । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले नयाँ थपिएका च्यानलको शुभारम्भ गरे ।

डिसहोमको च्यानल नम्बर १०४ मा प्रसारण हुने रमाइलो टिभीमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्री प्रसारण हुने कम्पनीले जनायो ।

त्यस्तै डिसहोमले च्यानल नम्बर १०५ मा नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टस संचालनमा आउनेछ। नेपालभर आयोजना हुने फूटबल, क्रिकेट लगायतका खेलहरुको प्रत्यक्ष प्रशारण, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलहरु प्रसारण हुनेछन्।

च्यानलले पुर्ण रुपमा खेलकुदका कार्यक्रम प्रसारण गर्नुका साथै देशभरका खेलकुद प्रेमीले प्रत्यक्ष रुपमा खेलकुदका कार्यक्रम हेर्न पाउने छन् ।

त्यसैगरी डिसहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ खुसी अन गरौ नामक योजना ल्याएको छ। यस योजनामा ग्राहकले ५ हजार ९९९ रुपैयाँ पर्ने डिसहोमको हाईब्रीड एचडी कनेक्सन खरीद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन्।

नयाँ ग्राहकले छुट योजना सँगै डिसहोम जोड्दा २ हजार ९९९ रुपैयाँमा पाउने कम्पनीले जनायो ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *