Home / Featured / एडु टेक मेलामा कम्पनीहरुको विशेष छुट योजना

एडु टेक मेलामा कम्पनीहरुको विशेष छुट योजना

सिन्धुली महोत्सवको विशेष आकर्षणको रुपमा रहेको ‘शिक्षा परामर्श तथा सूचना प्रविधि प्रदर्शनी मेला’ मा विभिन्न कम्पनीहरुले विशेष छुट योजना ल्याएका छन् । प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा रहेको अर्थ नेट सोलुसन (पिइएस)ले सहकारीका लागि तयार पारेको एटेडेन्स डिभाइसमा २० प्रतिशत छुटको घोषणा गरेको छ । महिला तथा कृषि सहकारीलाई लक्षित गर्दै ल्याएको यो सफ्टवेयरले ग्रामीण क्षेत्रका सहकारीलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । साथै पिइएसले फ्रि वेबसाइट होस्टिङको अफर पनि ल्याइरहेको छ ।

अफिसियल मिडियाको रुपमा रहेको लिभिङ विथ आइसिटी म्यागजिनले नयाँ ग्राहकलाई लक्षित गर्दै विशेष योजना सञ्चालन गरिरहेको छ । नेपालको लोकप्रिय सूचना प्रविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको ग्राहक योजना अन्तर्गत अब एक हजार २ सय रुपैंयामा वार्षिक ग्राहक बन्दा ९ सय रुपैंया बराबरको क्यासपरस्की इन्टरनेट सेक्युरिटी वा मिदास ई क्लास प्याकेज प्राप्त गर्न सकिन्छ । यति मात्रै नभई प्रत्यक महिना लक्की ड्र बाट युरोपको प्रतिष्ठित स्मार्टफोन प्रेष्टिजियो (१८ हजार मूल्य बराबरको) प्राप्त गर्न सकिनेछ ।IMG_20141227_140133

सिसिटिभी पार्टनर बिगटेक सिस्टम प्रालिले सेक्युरिटी अलार्म लक ल्याएको छ । चीनको प्रसिद्ध कम्पनी किनबारको उत्पादन रहेको यो सेक्युरिटी प्रोडक्टले ११० डिबिए क्षमताको सतर्कता ध्वनी प्रवाह गर्छ । नेपाली बजारमा एक हजार ५ य मूल्य रहेको सेक्युरिटी अलार्म लकलाई महोत्सबको अवसर पारेर एक हजार २ सय रुपियामा बिक्री गरिरहेको जानकारी बिगटेकका व्यवस्थापनक बद्री प्रसाद रिमालले दिए । IMG_20141227_105128

महोत्सवमा टेलिकम अपरेटरहरुमध्य स्मार्ट टेलिकमको मात्रै प्रतिनिधित्व छ । उसले रु. ९९ रुपियामै २ वटा सिमकार्ड र रु. ५,००० बोनस योजना ल्याएको छ । सिन्धुलीमा मात्रै करिब ८०, हजार स्मार्ट सेलका ग्राहक छन् । महोत्सव अविधभर २ हजार नयाँ ग्राहक बनाउने योजना रहेको जानकारी स्मार्ट सेल डिलर मेघराज कँडेलले दिए । उक्त २ सिम कार्डभित्र प्रतिमिनेट २५पैसामै कुरा गर्न सकिने सुविधा राखिएको उनले बताए ।IMG_20141227_144656

बिएसएस कम्प्युटर लर्निङ सेन्टर, मधुटार सिन्धुलीले महोत्सव विशेष छुट अफरअन्तर्गत कम्प्युटर सिक्न चाहनेका लागि विभिन्न कोर्शहरुमा भारी छुटको घोषणा गरेको छ । साथै घरमै बसी कम्प्युटर सिक्न सकिने उपयोगी सामाग्री पनि विशेष छुटका साथ प्रदर्शनीमा राखिएको छ ।

कलर्स मोबाइलको डिलर एसओएस इलेक्ट्रोनिक्सले टुल्फो जुम, एक्स फ्याक्टर आइडल, कलर्स एक्स ८० बोल्ड लगायतका नया सेट प्रदर्शनीमा राखेको छ । हरेक प्रडक्टमा १० प्रतिशत छुट र टर्चलाइट फ्रिमा दिइएको छ ।sindhuli mahotsab2

यति मात्रै नभई विभिन्न सफ्टवेयर तथा हार्डवेयर कम्पनीहरुले विशेष छुटका साथ अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन् । त्यस्तै एभरेस्ट फ्लोरिडा उच्च मावि, क्यास्पियन कलेज, माइलस्टोन इन्टरनेश्नल कलेजका साथमा विभिन्न शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको जानकारी महोत्सवका आइसिटी संयोजक मुकेश धमालाले दिए ।IMG_20141227_155342IMG_20141227_160405

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *