Home / Featured / इप्सन एल३८० प्रिन्टर नेपालमा सार्बजनिक

इप्सन एल३८० प्रिन्टर नेपालमा सार्बजनिक

मर्कन्टाइल अफिस अटोमेसनले लामो समयदेखि नेपालमा ईप्सन प्रिन्टरको आधिकारिक बिक्रि वितरण गर्दै आइरहेको छ ।  हालै मर्कन्टाइलले ईप्सनको नया ईप्सन एल३८० प्रिन्टर नेपालमा सार्बजनिक गरेको छ, ईप्सन एल३८० होम सेग्मेंट इंक ट्यांक प्रिन्टर हो।

नया एल३८०मा २ थप २x७० एमएलको कालो इंक बोतल समाबेश गरिएको छ, जसले थोरै लागत दरमा उच्च मात्रामा प्रिन्ट गर्न सकिने कम्पनिले जनाएको छ। इंक बोतलले कुल १३,५०० पृष्ठ कालो र ७,५०० पृष्ठ कलर प्रिन्ट दिन्छ। यसबाहेक, एल ३८०ले ५७६० डीपीआईको उच्च रीजोलुसनको सार्प प्रिन्ट दिन्छ। यसले ३००+जीएसएमको बाक्लो फोटो मीडिया मेडीपनि सपोर्ट गर्छ ।

साथै, ईप्सन एल३८० मा स्क्यानिङ र कपी गर्ने पनि क्षमता छ । यस प्रिन्टरमा भएको ६०० x १२०० डीपीआईको सेन्सरले तेज स्क्यान डेलिभर गर्छ र ड्राफ्ट मोड कपीले ५ सेकन्डमा कालो १० आईपीएम र कलर ५ आईपीएम पुरा गर्छ।

एल३८० आरामसँग जहाँपनि फिट हुने भएकोले यो घर र साना कार्यालयहरुको लागी राम्रो प्रिन्टर हुने कम्पनीले जनाएको छ ।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *