Home / Featured / पोखरामा ग्लोबल आइटी एजुकेशनले इथिकल ह्याकिङको तालिम दिने

पोखरामा ग्लोबल आइटी एजुकेशनले इथिकल ह्याकिङको तालिम दिने

पोखरामा ग्लोबल आइटी एजुकेशनले इथिकल ह्याकिङको कक्षा सञ्चालन गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै ग्लाेबलले पछिल्लाे समय साइबर सेक्युरिटीसम्बन्धी गम्भीर इस्युहरू अाइरहेकाे र इथिकल ह्याकिङमा विद्यार्थी र युवाकाे चासाे बढेकाले पाेखरामै व्यवसायिक तालिम प्रदान गर्न लागेकाे जानकारी दियाे ।

साइबर सेक्युरिटीका विज्ञ एवं इथिकल ह्याकर नरेश लामगादेले तालिममा प्रशिक्षण दिने छन् । यही पुस २ गतेदेखि १० दिनसम्म तालिम सञ्चालन हुनेछ ।

५ समूहमा विभाजन गरी करिब १ सय २५ जनासम्मलाई तालिममा सहभागी गराउने जानकारी ग्लोबल आइटी एजुकेशनका प्रबन्ध निर्देशक विकास भुर्तेलले दिए ।

सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुका लागि यो तालिम निकै प्रभावकारी हुने बताउँदै उनले विशेषगरी आइटीका विद्यार्थी, आइटी अफिसरहरु, सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले तालिमबाट लाभ लिन सक्ने जानकारी दिए ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *