Home / Featured / महाभूकम्प राहत अभियान : २ दिनमै फेसबुकले एक अर्ब रुपैयाँ संकलन गर्‍यो

महाभूकम्प राहत अभियान : २ दिनमै फेसबुकले एक अर्ब रुपैयाँ संकलन गर्‍यो

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । अभियानको दोस्रो दिनमै एक करोड अमेरिकी डलर संकलन गर्न सफल भएको फेसबुकका संस्थापक मार्क जुगरबर्गले जानकारी दिएका छन् ।

‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाएर फेसबुकले सो अभियान सञ्चालन गरेको छ । अभियानबाट संकलित रकमसहित फेसबुक आफैले पनि नेपालका भूकम्प पीडितहरुका लाग २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो आह्वानपछि दुई दिन भित्रै पाँच लाखभन्दा बढीले यति धेरै रकम सहयोग गरेका हुन् । आफ्नो फेसबुक पोस्टमा संकलित रकमबारे जानकारी दिँदै उनले भनेका छन–‘नेपालीहरुलाई दु:ख परेका बेला हाम्रो फेसबुक समुदायले जसरी एकजुट भएर रकम संकलन अभियान चलायो, यो निकै उत्साहप्रद छ ।’skype

संकलित रकम इन्टरनेसनल मेडिकल कर्पमार्फत गैरनाफामुलक संस्थालाई उपलब्ध गराउने जुकरबर्गले उल्लेख गरेका छन् । उनले सहयोगकर्ता सबैलाई धन्यवाद दिँदै सहयोग जारी राख्न आग्रह गरेका छन् ।

नेपालका भूकम्पपिडीतका लागि फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाख भन्दा बढी व्यक्ति सुरक्षित रहेको देखिएको थियो ।viber

नेपालमा भूकम्प गएपछि फेसबुकले फेसबुक प्रयोग कर्ता सुरक्षित रहेनरहेको जानकारी गराउन ‘सेफ्टी चेक’ नामक अप्सन आफ्नो पेजमा राखेको थियो ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *