Home / Featured / नेपालमा पहिलो पटक ‘फ्यान्टसी लिग’ सुरु, कसरी खेल्ने ?

नेपालमा पहिलो पटक ‘फ्यान्टसी लिग’ सुरु, कसरी खेल्ने ?

नेपालमा पहिलो पटक ‘फ्यान्टसी लिग’ सुरु भएको छ । यसको लोकप्रियाता अचम्मलाग्दो किसिमले अघि बढिरहेको छ ।

खेलप्रेमी र नयाँ पुस्ता बिचमा एकाएक चर्चामा आएको ‘फ्यान्टसी लिग’ कहाँ छ, कसरी सम्पर्कमा पुग्नेबारे ‘योङ’ खेलप्रेमीहरुमा जिज्ञासा पनि हुन सक्छ ।

के हो यो लिग ?

यस प्रकारको लिगबारे पक्कै पनि धेरैजना अनविज्ञ हुनुपर्छ । काल्पनिक माहोलमा सामाजिक संजालमा खेलिने फुटबलका थुप्रै खेलहरुमध्ये यो पनि एक हो ।

त्यसमा पनि इपीएलको फ्यान्टसी लिगको नेपालमा निकै लोकप्रियता छ ।

‘फ्यान्टसी नेपाल’ पनि केहि हदसम्म त्यसैबाट प्रभावित र त्यस्तै प्रकारको काल्पनिक खेल हो । अनलाइनबाट खेलिने यो खेल नियमदेखि खेल्ने शैलीमा विविधता छ ।

आयोजकका अनुसार यो लिग नेपालीहरुको लागि मात्र उपलब्ध हुनेछ । हुनत हामी इंगलिस प्रिमियर लिगबारे पनि जानकार छौं । यो लिग नेपालमा धेरै रुचाइएको फुटबल प्रतियोगिता हो ।

यस प्रतिको रुचि र उत्साहलाई थप बढाउन नेपालमै पहिलो पटक फया्न्टसी नेपाल नामक साइट सुरु  भएको छ । खेलप्रेमी दर्शकहरुलाई लक्षित गरी ‘फ्यान्टसी नेपाल’ नामक अनलाइन खेल सुरु गरिएको हो ।

जहां अनलाइनबाट आफुले रोजेको, छानेको खेलाडीबाट लिगको प्रतिस्पर्धा गर्न सकिने छ ।

नेपाली खेलप्रेमी दर्शक प्रशंसकहरुका लागि भन्दै फ्यान्टासी नेपाल प्रालिले यो ‘फ्यान्टसी लिग’ को प्रवद्र्धन गरेको हो ।

कसरी खेलिन्छ यो लिग ?

सुरुमा काल्पनिक एक हजारको बजेटमा प्रत्येक हप्ताका लागि १५ जना खेलाडीहरु छान्नु पर्नेछ । तिनै १५ मध्ये ११ जनालाई मात्र खेलमा उतार्न सकिन्छ ।

तिनै ११ जना खेलाडीहरुले वास्तविक खेलमा गरेको प्रदर्शन अनुसार अंक प्राप्त गर्छन् ।

त्यसै अंकअनुसार समूह बनाउने व्यक्तिले अरुहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यो प्रतिस्पर्धा ३८ हप्ताका लागि निरन्तर चलिरहन्छ ।

हरेक हप्ताका विजेता र सबै हप्ताको अंक जोडेर सबै भन्दा धेरै अंक ल्याउने सहभागीलाई ‘फ्यान्टासी नेपाल’ को आयोजक फ्यान्टासी नेपाल प्रालिले विशेष पुरस्कारको व्यवस्था गर्छ ।

उक्त लिग अर्थात खेल खेल्नका लागि फ्यान्टसीनेपाल डटकममा गएर ‘फ्यान्टासी नेपाल’ नामक एप्र्स डाउनलोड गर्नु पर्नेछ । आयोजकका अनुसार जुनसुकै एन्ड्रोइड बाउजरमा गएर यो खेल खेल्न सकिन्छ ।

नेपालमा सुरु भएको विलकुनै नयां प्रयोगले आउंदो इंगलिस प्रिमियर लिगमा अझ थप उत्साह र रोमाञ्च बढ्ने आयोजकको विश्वास छ ।

यहाँ क्लिक गरेर साइट भिजिट गर्न सक्नुहुने छ

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *