Home / Featured / सातौं ब्राण्डिङ एक्स्पोकाे तयारी अन्तिम चरणमा

सातौं ब्राण्डिङ एक्स्पोकाे तयारी अन्तिम चरणमा

आइसिटी एसोसिएसन अफ नेपालले आयाजना गर्ने सातौं Samsung Galaxy Grand 2 ICT ELECTRONICS & BRANDING EXPO 2014  तयारीको अन्तिम चरणमा पुगेको छ । बिहिबार बानेश्वरस्थित अल्फा हाउसमा प्रेस सम्मेलन तथा एक्जिबिटर ब्रिफिङ आयोजना गरी तयारीबारे जानकारी दिइएको हो ।

यही वैशाख ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ब्राण्डिङ एक्स्पोले नेपालको सूचना प्रविधीको अवस्था र विकासक्रमलाई नजिकवाट हेर्न र अनुभुत गर्न सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ । सम्मेलनमा बोल्दै एसोसिएसनका अध्यक्ष शिशिर उपाध्यायले ब्राण्डिङ एक्स्पोका कारण पुन: एक पटक राजधानी प्रविधिमय बन्न लागेको बताउदै सफलताका लागि सबैको सहयोग अपेक्षा राखे । उनले यसपटकको एक्स्पोमा स्वदेशी आयतकर्ता तथा निर्यातकर्ताका साथमा विभिन्न विदेशी संस्थाको सहभागी रहने जानकारी दिए । ict-sishir
त्यस्तै एसोसिएसनका उपाध्यक्ष भेषराज पौडलले एक्स्पोबाट विद्यालय व्यवस्थापन गर्न सहयोग पुग्ने विद्यालय नामको Software ५ सय विद्यायलाई निशुल्क प्रदान गर्ने जानकारी दिए । हाल सयभन्दा बढी विद्यालयले बुकिङ गरिसकेको चर्चा गर्दै उनले आइसिटी इन एजुकेशनमा एसोसिएसनले कार्यक्रम ल्याइरहेको पनि बताए । यसपटक मेलालाई आकर्षक बनाउन मोबाइल किन्दा सिम उपहार दिने र अवलोकनकर्ता खाली हात नफर्किउन भनी टिकट किन्दा विभिन्न उपहार राखिएको एसोसिएसनका काेषाध्यक्ष सीएन उपाध्यायले जानकारी दिए ।

सम्मेलनमा बोल्दै सातौं ब्राण्डिङ एक्स्पोको शीर्ष प्रायोजक सामसुङका तर्फबाट बोल्दै आइएमएसका मार्केटिङ प्रमुख पुस्कल खतिवडाले विद्यार्थीलाई लक्षित गर्दै एसएलसी अफर ल्याएको जानकारी दिए । उनले सामसुङका ३ वटा प्रडक्टको ब्राण्ड र बिक्रीका लागि मुख्य हल र बाहिरमा स्टल व्यवस्थ गर्न लागिएको बताए । puskal_khatiwoda
त्यस्तै नेपालमा पहिलो पटक विस्तारमा भएको रसियन बेस्ड इजी पे कम्पनीका तुलसी पौडेलले इजी पे सर्वसाधारणका लागि अनलाइन पेमेन्ट गेटवेको रुपमा विस्तार हुदै गरेको र एक्स्पोमा सर्भिसका लागि डेमो देखाउने जानकारी दिए । यसका साथमा Karbonn, Micromax, Kiwi Mobile  र Colors Mobile ले ति कम्पनीका सामान खरिदमा विभिन्न आकर्षक उपहारहरु दिने भएका छन । BT Planet ले नया प्रविधीयुक्त Infocus Digital Interactive White Board मा मेला अवधीभर बुकिङ गर्ने ग्राहकहरुलाई दश प्रतिशत अफर दिने जनाएको छ ।

यसै गरि Zeal Interprises ले Laptop खरिदमा Free Gift दिने भएको छ । Sukam कम्पनीले] Inverter र Solar मा विशेष उपहार Ultra का Sola Inverter खरिदमा विशेष प्याकेजकको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । Live Pure कम्पनीले Water Purifier खरिदमा समेत Offer प्रदान गर्ने भएको छ । यसै गरि मेलामा सहभागी जनाएका कलेजहरुले विद्यार्थीहरुलाई विभिन्न आर्कषक उपहारहरु दिने वताएका छन भने विभिन्न  Electronics सामानको उत्पादन गर्ने Technos ले ग्राहकलाई प्रश्नको सहि उत्तर दिएमा Technos Logo अंकित आकर्षक T. Shirt उपहार दिने भएको छ ।

ICT_electronics_expo2014
सातौं Samsung Galaxy Grand 2 ICT ELECTRONICS & BRANDING EXPO 2014  तयारीको अन्तिम चरणमा प्रवेशसगै यसको प्रचार–प्रसार लाइ समेत तिव्रता दिइएकाे छ। एफएम रेडियो, दैनिक पत्रिका, म्यागजिन र टेलिभिजनका साथमा सोसियल मिडियाबाट प्रचार सामाग्री, अन्तर्वार्ता र समाचार प्रकाशित हुदै आएका छन।  अफिसियल मिडियामा यसपटक म्यागजिनहरु लिभिङ विथ आइसिटी, स्पेस, इसिएस, पिसी इन्फो रहेका छन् भने एफएम रेडियोहरु रेडियो अडियो, रेडियो सिटी, रेडियो राजधानी, सिटीजन एफएम, स्टार एफएम, मेट्रो एफएम, गोपी कृष्ण र रेडियो सगरमाथाका साथमा दैनिक पत्रिकाहरु राजधानी, नयाँ पत्रिका, नागरिक, अन्नपुर्ण पोष्ट, कारोबार, आर्थिक अभियान, कान्तिपुर, काठमाडौ पोष्ट र हिमालयन टाइम्स लगायत र Space Time Network द्वारा प्रसारणहुने तथा दर्शकका अभिरुची भएका कार्यक्रम कलर्स र सोनी वाट दैनिक क्अचयििष्लन समेत गरिएको छ । यसै गरि विभन्न टेलिभिजनहरुमा समेत दैनिक प्रचार प्रसार गरिदै आएको छ भने उद्घाटका दिन माउन्टेन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।ICT-logo

आइसिटी एसोसिएसन अफ नेपाल आयोजक रहेको यो मेलामा सहआयोजकमा भारत एक्जिबिसन, नयाा दिल्ली तथा ब्यवस्थापन डा.सिएस ईभेन्ट प्रा.लि. ले रहेका छन । त्यसैगरि यसका Supporters हरुमा नेपाल सरकार वातावरण विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल सरकार शिक्षा मन्त्रालय, नेपाल स्थित भारतिय राजदुतावास, नेपाल स्थित फिनलैण्ड राजदुतावास, Nepal China Executive Council, The Manx Ict Association, Theater Village, School of Creative Communications, नेपाल घरेलु तथा साना उधोग महासंघ, Club fifty Nepal लगायत रहेका छन।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *