Home / Featured / फ्लागशिप प्रतिस्प्रधा : आइफोन ८, ग्यालेक्सी नोट ८ र नोकिया ८

फ्लागशिप प्रतिस्प्रधा : आइफोन ८, ग्यालेक्सी नोट ८ र नोकिया ८

आजभोली राजनीतिसगै प्रविधिको क्षेत्र पनि त्यत्तिकै तातिन्छ । फरक बहस र सम्भावनाका कुरा भइनै रहन्छन । ग्याजेट्सको माहोल त झन छुट्टै छ । यहि सन्दर्भमा विश्वबजारको ग्याजेट्स बहस यतिखेर आठौ संस्करणको दमदार स्मार्टफोनहरुमा केन्दि«त छ । 

आइफोनले पछिल्लो संस्करण अन्तर्गत आइफोन ८ बजारमा ल्याउने तयारी गरेको छ । यो सहि सेक्टेम्बरमा बजारमा उपलब्ध हुने छ । यसैगरी सामसुङले नोट ८ लाइ अगष्टमा सार्वजनिक गरेको छ । भर्खरै स्मार्टफोनको दुनिया पुर्नजन्म लिएर आएको नोकियाले पनि नोकिया ८ को रुपमा दमदार स्मार्टफोन ल्याउदै छ छ । यस वाहेक स्मार्टफोनको बजारमा हुवावे, ओप्पो, शाओमी, सोनी, एचटिसी, ब्लाकबेरी, वान प्लस पनि जमिरहेका छन । अहिले भने सबैभन्दा बढि चर्चामा रहेको यि ३ फ्लागशिप स्मार्टफोनको चर्चा गर्दैछौ ।

 

आइफोन ८


अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा परेको छ । आइफोन एट  सेप्टेम्बर १२ तारिखमा सार्वजनिक भएको छ । नेपालमा यो फोनको बुकिंग भैरहेको छ ।
आइफोन एट लञ्चको सँगसँगै एप्पलले १० औ बर्षको उपलक्षमा आइफोन एक्स पनि सार्वजनिक गरेको छ  । एप्पलले आइफोन ८ मा भने यसपटक एप्पलले केहि  कुरा परिवर्तन गरेको छ । आइफोन ब्राण्ड मात्र नभएर टेक्नोलोजीको प्रयोग पनि त्यत्तिकै गर्छ भनेर देखाउने प्रयास गर्नेछ । यसको स्क्रिन ४.७ र ५.५ इन्चको रहेको  र फ्लेक्जिवल ओएलइडीको प्रयोग गरिएको छ ।

यसले डिजाइनमा केहि परिवर्तन गरेर थोरै कर्भडमा प्रस्तुत गरेको छ । यसको स्क्रिन अत्यन्तै बलियो र क्लिन देखिनेछ । फेस रिकग्निजेशन सिस्टल, टच आइडी फिङ्गरप्रिन्ट सेन्सरको सहि तरिकाले प्रस्तुत गरेको छ । आइफोन ८ वाटर रेसिस्टन्ट हुने अनुमान गरिएको छ । यसमा १० नानोमिटर ए ११ चिपको प्रयोग गरिएको छ, जसले फोनलाइ छिटो र इफिसियन्ट बनाउनेछ ।


आइफोन एट र एट प्लसमा फेस सेन्सर लक तथा इन्डक्टिभ वायरलेस चार्जिङ लगायतका फिचर हुनेछन् । यसको क्यामेरा पनि ड्युल लेन्सको छ । फ्रन्ट फेसिङ क्यामेरामा थ्रीडी सेन्सिङ क्यापाविलिटिजको प्रविधि प्रयोग गरिएको छ ।

यसले भर्चुअल रियर क्यामेराको पनि प्रयोग गरेको छ । गोल्ड, सिल्भर र ब्लाक कलरमा उपलब्ध हुने आइफोन ८ को मुल्य नेपालमा ९८ हजार ५ सय ( ६४ जीबी ) र आइफोन ८ प्लस को मूल्य १ लाख १२ हजार ५ सय ( ६४ जीबी) मा रहेको छ ।

 

सामसुङ ग्यालेक्सी नोट  ८


सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा ग्यालेक्सी नोट एट सार्वजनिक गरिएको हो । ग्यालेक्सी नोट सेभेनको असफलताबाट गत वर्ष गम्भीर क्षति बेहोरेको सामसुङले नोट एटबाट त्यो क्षतिलाई पूर्ति गर्ने र आफ्नो ब्राण्ड इमेजलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।
इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । परफमेन्स स्पेसिफिकेसनः एन्ड्रोइड ७.१.१ अपरेटिङ सिस्टम रहेको नोट एटमा अक्टाकोर क्वालकोम स्नापड्रागन ८३५ प्रोसेर रहेको छ ।

यसमा ६ जिबीको र्याम रहेको छ । आइरिस स्क्यानरसः फोनको सेक्योरिटीका लागि एक कदम अगाडि बढ्दै ग्यालेक्सी नोट एटमा आइरिस स्क्यानर प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको आँखाको नानी स्क्यान गरेर फोन अनलक्ड गर्दछ ।

फिंगरप्रिन्ट सेन्सरसः आइरिस स्क्यानरका अलावा ग्यालेक्सी नोट एटमा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । यो डुअल क्याम सेटअपका साथ फोनको पछाडिको भागमा रहेको छ । मेमोरी कार्ड स्लटः यो फोन विभिन्न ३ वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ यसको ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तिनवटा मोडेल उपलब्ध हुनेछन् । वायरलेस चार्जिङः ग्यालेक्सी नोट एटको अर्को महत्वपूर्ण फिचर भनेको वायरलेस चार्जिङ टेक्नोलोजी हो ।

यसको ३३०० मिलिएम्पियर आवर क्षमताको ब्याट्रीले वायरलेस चार्जिङ तथा फास्ट चार्जिङ सपोर्ट गर्दछ ।
डुअल क्यामरा सेटअपः यो फोनमा पछाडिपट्टि १२ मेगापिक्सेलका दुईवटा मुख्य क्यामरा राखिएका छन् । त्यस्तै सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । पानी तथा धुलो नछिर्नेः सामसुङको नोट सिरिजको यो सबैभन्दा महंगो स्मार्टफोन पानी तथा धुलो प्रतिरोधी रहेको छ ।

कम्पनीका अनुसार ५ फुटसम्म गहिरो पानीमा ३० मिनेटसम्म रहँदा पनि यो फोन र यसको एस पेनमा कुनै असर पर्दैन । भ्वाइस एसिस्टेन्ट फिचरः यसमा सामसुङको बिक्सबी भ्वाइस एसिस्टेन्ट फिचर रहेको छ । रङ तथा मूल्यः यो फोन विभिन्न ४ वटा रङमा उपलब्ध छ । यसको मूल्य अमेरिकामा न्यूनतम ९ सय २९ डलर रहेको छ । नेपालमा यसको मूल्य १ लाख २ हजार ९ सय ९० रहेको छ ।

 

नोकिया ८


नोकियाले यसै वर्ष एन्ड्रोइड स्मार्टफोनमा पुनरागमन गरेको छ । एउटा स्थापित ब्राण्ड फेरि बजारमा आउदा चर्चा अवश्य नै हुन्छ । यसअघि नोकियाले नोकिया ३, नोकिया ५ र नोकिया ६ बजारमा ल्याएसकेको छ । लो रेन्जमा उपलब्ध अरु स्मार्टफोनहरुको तुलनामा नोकिया ८ ले ठुला फ्लागशिप स्मार्टफोनहरुसग प्रतिस्प्रधा गर्ने हैसियत राखेको छ । नोकिया ८ पनि यहि अगष्टमा सार्वजनिक भइसकेको छ ।

नोकिया ८ केहि कर्भ डिजाइनमा छ, जसको स्क्रिन गोरिल्ला ग्लास ५ सुस्वजित छ । ५.३० इन्चको स्क्रिन साइजमा रहेको नोकिया ८ को रिजोलुसन १४४० ह २५६० पिक्सलममा रहेको छ । क्वालकम स्नाडप्रागनको १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको यसमा ४ जिबीको र्याम छ । ६४ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको यसलाइ २५६ जिबिसम्म बढाउन सकिन्छ ।

नोकिया ८ ले क्यामेरालाइ पनि विशेष ध्यान दिएको छ । यसमा १३ मेगापिक्सलको फ्रन्ट र रियर क्यामेरा रहेको छ । पछाडी पटटी नै १३ र १३ मेगापिक्सलको ड्युल क्यामेराको प्र्रयोग गरिएको छ । दुबैमा एलइडी फ्लासको प्रयोग गरिएको यस स्मार्टफोनमा ड््युल साइटको कयामेरा प्रयोग गरेर फेसबुकहरुमा भिडियो लाइभ गर्न समेत सकिन्छ ।


एन्ड्रोइड पछिल्लो संस्करण ७.१.१ भर्जनमा चल्ने यो स्मार्टफोनमा २ वटा नानो सिम सपोर्ट गर्दछ । १६० ग्राम तौलमा रहेको यो स्मार्टफोनको व्याट्री ३०९० एमएएच क्षमताको रहेको छ । यसको अडियो प्रविधि उत्तिकै राम्रो छ । यसमा ओजो स्पाटियल ३६० डिग्रीको अडियो टेक्नोलोजीको प्रयोग गरिएको छ ।

यसमा पावर वटन र भोल्युम रकर दाहिने साइडमा रहेको छ भने सिम कार्ड स्लट देब्रे साइडमा छ । नोकिया ८ मा फिजिकल होम बटन र फिङ्गरप्रिन्ट सेन्सर अगाडी रहेको छ । यसमा आइपी ५४ सर्टिफिकेसनको प्रयोग गरिएको छ, जसले पुर्णरुपमा वाटर रेसिस्टन्ट नभएपनि स्क्रिन चम्किलो, धुलो र सामान्य पानीबाट केहि हदसम्म सुरक्षित राख्दछ । यसको मुल्य भारतिय बजारमा ४५ हजारको हाराहारीमा छ ।

 

विश्व बजारमा यि तिन स्मार्टफोनहरु लगभग एउटै समयमा सार्वजनिक भएका छन ।  स्मार्टफोनका पारखीलाइ यि तिनै स्मार्टफोनले आकर्षित गर्ने निश्चित छ ।

आइफोनको ब्राण्ड र भाल्लुले गर्दा यसको बजार कसैले रोक्न सक्ने अवस्थामा छैन तर सामसुङले नोट ७ को दुख बिर्साउन नोड ८ लाइ प्रतिस्प्रधामा उतारेको कारण केहि असर पर्नेछ ।

नोकिया नया भएकोले पनि अहिले नै आइफोन र सामसुङलाइ टक्कर दिन नसक्ला तर नोकिया ८ ले बजारमा आफुलाइ स्थापित गर्ने पक्का छ ।

मुल्यको हिसाबले अरुभन्दा ३० हजार कममा उपलब्ध हुने नोकिया ८ ले पनि अरुलाइ चुनौती भने दिनसक्छ । आगामी महिना यि स्मार्टफोनको प्रतिस्प्रधा र बजार अझ आंकलन गर्न सहज हुनेछ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *