Home / Featured / १ सय ३० रेस्टुरेन्टका परिकार अब एउटै एप ‘फुडमाण्डु’ मा

१ सय ३० रेस्टुरेन्टका परिकार अब एउटै एप ‘फुडमाण्डु’ मा

फुडमाण्डु प्रा.लि.ले काठमाण्डौ र ललितपुरका १ सय ३० भन्दा बढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पाएक पर्ने स्थानमा सिधै अर्डर गर्नका लागि फुडमाण्डु (Foodmandu) नामक मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । फुडमाण्डु एप एन्ड्रोइड र आइओएस दुबै अपरेटिङ सिस्टमका लागि उपलब्ध छ ।

फुडमाण्डुबाट प्राप्त जानकारी अनुसार हालै अप्डेट गरिएको फुडमाण्डु २.१.० भर्सजनमा कस्टमरले सेवा प्राप्त गर्न साथ फुडमाण्डु अनुभवलाई तल्काल रेट गर्न सकिने फिचर समावेश गरिएको छ । यसले ग्राहकहरुको चाहनाअनुरुपको सेवा एप तथा फुडमाण्डु वेबसाइ टमा समावेश गर्न मद्दत गर्ने कुरा कम्पनीको छ ।

स्वास्थ्यकर परिकार छिटो र भरपर्दोरुपमा ग्राहकलाई समक्ष पुर्याउनु फुडमाण्डुको मुख्य उद्देश्य रहेको कुरा फुडमाण्डुले जनाएको छ । फुडमाण्डु एपको प्रयोग गरेर तपाईले एउटै एपबाट आफूले चाहेको रेस्टुरेन्टका फुड आइटम घर वा आफू रहेको स्थानमा अर्डर गर्न सक्नुहुनेछ । यस एपमार्फत अर्डर गरेको ४५ मिनेटभित्र अर्डर डेलिभरी हुनेछ ।

कस्ता फिचर छन् त फुडमाण्डुमा ?
फुडमाण्डुको अप्डेटेड भर्सन प्रयोग गर्न अझ सजिलो र युजर फ्रेन्ड्ली रेहको छ । एपमा आफूले चाहेको परिकार र रेस्टुरेन्ट सर्च गर्नका लागि स्मार्ट सर्च इन्जिनको समावेश गरिएको छ जसमा तपाईले परिकार, रेस्टुरेन्ट तथा ठाउँको नाम टाइप गरेर सर्च गर्न सक्नुहुनेछ ।

यसैगरी, स्वाइप कन्ट्रोलका साथ एक्सेस गर्न सजिलो मेन्यु रहेको छ । पहिलो एपमा जसरी मनपरेको परिकार खोज्न तल स्क्रोल गरिरहनु पर्दैन । अब केटेगोरीलाई स्वाइप गरेरै आफूलाई मनपरेको खानेकुरा छान्न सकिने छ । अर्कोतर्फ रेस्टुरेन्ट तथा भेन्डरलाई पनि केटेगोरीको रुपमा भेटाउन सक्नुहुनेछ । यस्ता केटेगोरीमा रेस्टुरेन्ट्स, बेकरिज, डेरिज, लिकर्सलगायत रहेका छन् ।

फुडमाण्डु एपबाट तपाईले १० हजारभन्दा बढी फुड आइटमहरु मध्येबाट आफूलाई मनपरेको फुड आइटम अर्डर गर्न सक्नुहुनेछ । नेपालमा यति धेरै परिकार समावेश भएको पहिलो एप नै फुडमाण्डु बनेका छ । तपाईले सजिलो र छिटो एक्सेस गर्नका लागि फेबरेट बटन पनि एपमा राखिएको छ । यसैगरी, तपाई भएको ठाउँमा परिकार डेलिभर गर्नका लागि गुगल म्यापलाई समायोजन गरिएको छ ।

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले   https://goo.gl/AO6phe मा क्लिक गरेर सिधै गुगल प्ले स्टोरबाट फुडमाण्डु एप डाउनलोड गरेर इन्स्टल गर्न सक्ने छन् भने आइओएस प्रयोगकर्ताले https://goo.gl/mQRYux मा क्लिक गरेर एप स्टोरबाट डाउनलोड गरी इन्स्टल गर्न सक्ने छन् ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *