Home / Featured / भव्य सफलताको सँघारमा सातौं आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो

भव्य सफलताको सँघारमा सातौं आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो

वैशाख ११ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको सामसुङ ग्यालेक्सी ग्राण्ड २ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४ मंगलबार सकिँदै छ । वैशाख १५ गतेसम्म निर्धारित एक्स्पाे दर्शककाे चाप र मागलाई मध्यनजर गरी साेमबार एक दिन थपिएकाे हाे । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले उद्घाटन गरेको साताै‌ सस्करणकाे एक्स्पोमा सहभागी कम्पनी र अवलोकनकर्ताको उपस्थिति उल्लेख्य छ । १ सय ४ ओटा स्टलमा सूचना प्रविधि क्षेत्रका नयाँ प्रविधिहरू एक्स्पोमा प्रदर्शनमा राखिएको छ । मोबाइल, ल्यापटप, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरदेखि पेनड्राइभ र एन्टिभाइरससम्म एक्स्पोमा प्रदर्शनमा राखिएको छ ।

ICTbrandingexpo2
पाँच दिनसम्म सञ्चालन भइसकेको एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरिसकेको आयोजक आइसिटी एशोसिएशन अफ नेपालले जनाएको छ । एक्स्पो अवधिमा आयोजक र स्पोन्सर कम्पनीहरूले अवलोकनकर्तालाई विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पनि प्रदान गरेका छन् । यस वर्षको सातौं आइसिटी ब्राण्डिङ एक्स्पो अघिल्ला वर्षहरूको भन्दा अझ भव्य र उत्कृष्ट भएको अाइसिटी एशाेसिएशनका महासचिव तथा एक्स्पो संयोजक शोभन सैंजूले बताए ।
ब्राण्डिङ एक्स्पो २०१४ मा मोबाइल प्रविधिका विभिन्न उत्पादन आकर्षणका केन्द्र भएका थिए । दुई दर्जनभन्दा बढी स्टलमा मोबाइलका पछिल्ला मोबाइल सेट प्रदर्शनमा रहेका छन् । सातौं एक्स्पोसम्म आइपुग्दा मानिसहरुको आकर्षण ग्याजेट्समा बढेको छ । अहिले कम्प्युटर, ल्यापटपमा प्रयोग हुने पार्टहरु मोबाइल फोनमै पाइन थालेपछि पुराना प्रविधि विस्थापित भइरहेका छन् । त्यस्तै अर्को कुरा कम्युनिकेशन टेक्नोलोजीमा रहेको छ । युटिएलले निशुल्क रुपमा सिम बाड्दा बाड्दै पनि नेपाल टेलिकमको थ्री जी सिमको स्किम निकै चलेको छ । पहिलेका एक्स्पोमा डेक्स्कटपहरुकै बाहुल्यता देखिन्थ्यो भने अहिले प्रोजेक्टर, स्मार्टफोन र अरु नयाँ टेक्नोलोजीतिर दर्शकको आकर्षण बढेको छ । अब नेपालीहरु पनि ब्राण्ड र लेटेस्ट टेक्नोलोजीमा विश्वास गर्न थालेका छन् । साथमा, स्र्टाटपहरुलाई एक्स्पोले स्थान दिदैं उनीहरुको डेभलपमेन्टमा केही हदसम्म सहयोग गरेको महशुश अायाेजकले गरेकाे छ । 10255291_743929555628713_5033790537002399408_n

प्रभावकारी एक्स्पोको आयोजनाका लागि स्वेदेशी संस्थाका साथमा विदेशी संस्थाको सहयोग समेत लिन अाफूहरु सफल भएकाे एशाेिसएशनका उपाध्यक्ष भेषराज पाैडेल बताउँछन् । भारत, फिनल्याण्ड दुतुवासले सपोर्टरको रुपमा उनीहरुको लोगो प्रयोग गर्न दिएका छन् । आगामी दिनमा आइसिटी डेभलपमेन्टमा उनीहरुसँग छलफल गर्दै जाने याेजना ल्याइएकाे छ । त्यस्तै  भारत, फिनल्याण्ड र चीनका दुतुवासबाट एक्स्पो उद्घाटनमा गरिएकाे प्रतिवद्धताले पनि अायाेजक उत्साहित छ ।आइतबार श्रीलंकाको टिमले एक्स्पो भिजिट गर्‍यो । जापानी दुतुवास पनि एशाेसिएशनसँ मिलेर काम गर्न इच्छुक छ ।10299123_765242733495537_7778540006158913152_n

एक्स्पोमा ५ सय सामुदायिक विद्यालयमा विद्यालय सफ्टवेयर नि:शुल्क प्रदान गरिने कुरा पनि आकर्षणको केन्द्र रह्यो । शिक्षामा आइसिटीको प्रयोगलाई व्यापक रूपमा अघि बढाउन एशोसिएशनको यो एउटा पहल रहेको अध्यक्ष शिशिर उपाध्यायले बताए । यस ब्राण्डिङ एक्स्पोमा भारतदेखि फिनल्याण्डसम्मका एम्बेसीहरूको सहभागिता र सहयोग रहेको छ । एक्स्पोमा १ हजार ५ सयमा डुअल सिम विथ फुल मल्टिमिडियासहितको मोबाइल, विश्वको सबैभन्दा सानो मोबाइल किवी मोबाइल २ हजारमा किन्न पाइने किवी मोबाइल तथा विश्वकै बलियो वाटर प्रुफ रक गियरका स्र्माटफोन हेर्न र किन्न दर्शकको घुइँचो लागेको छ । यसैगरी नेपाल टेलिकमले १ सय रुपैयाँमा किन्न पाइने थ्रिजी सीममा समेत नेपाल टेलिकमको स्टलमा दर्शकको भीड लागेको थियो। एक्स्पो अवसरमा विभिन्न ल्यापटप कम्प्नीहरूले विशेष छुट, उपहार तथा  लक्की ड्रको व्यवस्थासमेत गरेका छन्।NTC_ICTExpo

यस ब्राण्डिङ एक्स्पोमा भारतदेखि फिनल्याण्डसम्मका एम्बेसीहरूको सहभागिता र सहयोग रहेको छ । भारत एक्जिबिटर्स पनि एक्स्पोको सहआयोजकमा देखिएको छ भने इजी पे इन एशोसिएशनका रूपमा एक्स्पोमा सहभागी भएको छ । एक्स्पोको शीर्ष प्रायोजन सामसुङ ग्यालेक्सी ग्राण्ड २ ले गरेको छ । गतवर्ष पनि सामसुङ मोबाइलको ग्यालेक्सी ग्राण्ड सिरिज नै शीर्ष प्रायोजकमा रहेको थियो । त्यसैगरी प्लाटिनम स्पोन्सरमा यस वर्ष पनि इन्फोकस रहेको छ । डाइमण्ड स्पोन्सर्डमा इस्लिङ्टन कलेज र हुवावे मोबाइल रहेका छन् । गोल्ड स्पोन्सरमा कार्बन र पानासोनिक मोबाइल छन् भने सिल्भर स्पोन्सरमा जोलो मोबाइल रहेका छन् ।
त्यस्तै एक्स्पोमा अमेरिकन ब्राण्ड इनफोकसले मल्टिपल प्रोजेक्टर म्यापिङ प्रदर्शन गरिरहेको छ । एउटा विशेष म्यापिङ सफ्टवेयर प्रयोग गरी तीन वटा प्राजेक्टर जोडेर ठूलो स्कृनमा एउटै भिडियो डिस्प्ले गर्न सकिने प्रविधि उसले प्रदर्शन गरिरहेको छ । इनफोकसको नेपाल स्थित आधिकारिक बिक्रेता ह्युमन क्लिक इन्टरप्राइजेजले सो प्रोजेक्टर ल्याएको हो । यसमा प्रयोग भएको टेक्नोलोजी र डिजिटल बोर्डबाट लिन सकिने बेनिफिटबाट भिजिटर निकै उत्साही देखिन्छन् । विशेषगरी करपोरेट, एजुकेशन, हस्पिटल, प्रशासन लगायतका क्षेत्रले यो प्रविधि प्रयोग गर्न सक्ने इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर रोशन भण्डारीले बताए । 10327136_846193675405571_649589297_n
भारत एक्जिबिटर्स पनि एक्स्पोको सहआयोजकमा देखिएको छ भने इजी पे इन एशोसिएशनका रूपमा एक्स्पोमा सहभागी भएको छ । एक्स्पोको शीर्ष प्रायोजन सामसुङ ग्यालेक्सी ग्राण्ड २ ले गरेको छ । गतवर्ष पनि सामसुङ मोबाइलको ग्यालेक्सी ग्राण्ड सिरिज नै शीर्ष प्रायोजकमा रहेको थियो । त्यसैगरी प्लाटिनम स्पोन्सरमा यस वर्ष पनि इन्फोकस रहेको छ । डाइमण्ड स्पोन्सर्डमा इस्लिङ्टन कलेज र हुवावे मोबाइल रहेका छन् । गोल्ड स्पोन्सरमा कार्बन र पानासोनिक मोबाइल छन् भने सिल्भर स्पोन्सरमा जोलो मोबाइल रहेका छन् ।त्यसैगरी अफिसियलहरूमा टेलिकममा नेपाल टेलिकम, होटलमा होटल अन्नपूर्ण, एयरलाइन्समा सिम्रिक एयरलाइन्स, इन्स्योरेन्समा शिखर इन्स्योरेन्स, सिसिटिभीमा रकवेल, नेटवर्किङमा डिलिंक र रेष्टुरेन्टमा वाइफाई क्याफे रहेका छन् । अफिसियल म्यागजिनहरूमा लिभिङ विथ आइसिटी, पिसी इन्फो, इसिएस र स्पेसेस रहेका छन् भने मेडिकलमा माइक्रोलाइफ रहेको छ । त्यसैगरी सपोर्टरहरूमा विज्ञान तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, एम्बेसी अफ इन्डिया, एम्बेसी अफ फिनल्याण्ड, एफएन सिएसआई, थिएटर भिलेजलगायत रहेका छन् । यस एक्स्पोको इभेन्ट म्यानेजमेन्ट भने डा. सिएसले गरेको छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *