Home / Featured / आइफोन प्रयोगकर्ताका लागि आयो ‘हाम्रो नेपाली किबोर्ड’

आइफोन प्रयोगकर्ताका लागि आयो ‘हाम्रो नेपाली किबोर्ड’

हाम्रो पात्रोले आइफोन प्रयोगकर्ताका लागि पनि ‘हाम्रो नेपाली किबोर्ड’ ल्याएको छ ।

कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस ‘Hamro Nepali Keyboard‘ मा तपार्इ आफूलार्इ मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोग गरी आइफोनमा नेपाली भाषामा लेख्न सक्नुहुनेछ । जसका लागि किबोर्डको स्पेश बटनलार्इ एकछिन थिचिराख्नुपर्ने हुन्छ ।

iOS को Default किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले तपार्इलार्इ यसको रङ्ग, डिजाइन लगायतका सामान्य कुराहरूले पनि iOS को वास्तविक किबोर्डसंग जोडिरहनेछ ।

लोकप्रिय Emoji हरू संलग्न गरीएको यस ‘Hamro Nepali Keyboard’ मा नियमित अंग्रेजी अक्षरकासाथै नेपाली तथा अंग्रेजी भाषामा नम्बरहरू राखिएका छन् ।

तपार्इ रोमनबाट नेपाली टाइप गर्नुस् वा सिधै चलनचल्तिको नेपाली किबोर्ड प्रयोग गर्नुस् यसले एउटा नेपाली भाषासंगको तपार्इको कम्प्यूटरको किबोर्ड अथवा Android मा धेरै अघि हामीले सार्वजनिक गरीसकेको किबोर्ड चलाउनुको उही मज्जा जारी राख्नेछ ।

यस ‘Hamro Nepali Keyboard‘ को अर्को रमाइलो पाटो भनेको कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमादेखार्इदिन्छ ।

जस्तै तपाइले यदि ‘स’ लेख्दै हुनुहुन्छ भने किबोर्डले सुझावका रूपमा ‘सक्छ’, ‘सिकाउनु’, ‘सदा’, ‘सङ्क्रान्ति’, ‘साँइलो’, ‘सास’, ‘सिँगारी’ जस्ता धेरै शब्दहरू देखाइदिन्छ जसमध्ये आफूलार्इ उपयूक्त लागेको शब्दलार्इ थिचेर तपाइको सन्देशमा प्रयोग गरी टाइपिङ जारी राख्न सकिन्छ ।

‘भाषा सबैको साझा’! आफ्नै अक्षर, लिपीमा प्रविधि प्रयोग गर्नुको मज्जा लिंदै देवनागरी लिपी तथा नेपाली भाषा प्रवर्धनमा यहाँको निरन्तरको साथ जारी रहोस् । यसले हामीलार्इ अझ परिस्कृत गर्न तथा भाषा प्रवर्धन गर्न ठूलो भूमिका खेल्नेछ ।

डाउनलोड गर्नकालागि यहाँ थिच्नुहोस् https://goo.gl/NZHxPD

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *