Home / Featured / मोबाइलमै कल ब्रेक र जुटपत्ति खेल्नुहोस्, हाम्रो पात्रोले ल्यायो तास खेलको नयाँ एप

मोबाइलमै कल ब्रेक र जुटपत्ति खेल्नुहोस्, हाम्रो पात्रोले ल्यायो तास खेलको नयाँ एप

लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break – Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak – Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ ।यो लिंक https://goo.gl/w1s2G2 मार्फत्तत्काल डाउनलोड गर्न सकिनेछ ।

हरेक उमेर समुहका नेपालीकालागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ ।

यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player – मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सक्नुहुनेछ ।साथै अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिनेछ ।

विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिनेछ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनका लागि मात्र हुनुपर्दछ । यसै एप्लिकेशन मार्फत् पर्विय उल्लासको यो विशेष दिनहरूको हाम्रो पात्रोको तर्फबाट मङ्गलमय शुभकामना !

सुझाव तथा प्रतिक्रियाका लागि support@hamropatro.com यस खेललाई डाउनलोड गर्नुहोस् र पाउनुहोस वास्तविक कल ब्रेक तथा जुटपत्ति तासको प्रत्यक्ष मज्जा तपाईको हत्केलामैं ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *