Home / Featured / एचपीका लार्ज फर्म्याट प्रिन्टर नेपाली बजारमा

एचपीका लार्ज फर्म्याट प्रिन्टर नेपाली बजारमा

विश्व विख्यात एचपी ब्राण्डका लार्ज फर्म्याट प्रिन्टरहरु नेपाली बजारमा उपलब्ध भएका छन् । एचपी ब्रान्डका यी प्रिन्टरहरुको अधिकारिक विक्रेता काल्ड्रोन ग्राफिक्स नेपाल प्रा.लि.ले नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीका प्रवन्ध निर्देशक कृष्ण प्रसाद आचार्यले एड्भर्टाइजिङ इन्डस्ट्रीका नविनतम प्रविधिहरुलाई नेपाली बजारमा सबभन्दा पहिले परिचित गारउने करामा कम्पनी सधै प्रतिबद्ध रहेको बताए । नेपालमा सार्वजनिक गरिएका प्रिन्टरका मोडेलहरुमा एचपी ३१५, एचपी ३३५, एचपी५६० रहेका छन् ।

यी प्रिन्टरका विशेषताहरु

  • यि प्रिन्टररु वातावरणमैत्री छन् । यीनमा लेटेक्स ग्रिन गार्ड सर्टिफिकेशनं मसीको प्रयोग गरिएको छ ।
  • यस्तो मसी प्रयोग गरिएका प्रिन्टरहरु सिधैँ अस्पताल, घरभित्र तथा विद्यालयहरुमा राख्न सकिन्छ ।
  • यस प्रिन्टरले सामान्य फोटोकपी पेपरदेखि रेक्जिन र छालामा समेत प्रिन्ट गर्न सकिन्छ ।
  • नेपाली बजार सुहाउँदो मुल्य निर्धारण गरिएको छ ।
  • उच्च गुणस्तरको लेटेक्स प्रिन्टिङ्का कामहरु गर्नका लागि निकै उपयोगी सावित भएको छ ।
  • वाटर पु्रफ भएको, लेमिनेसन गरिएकोमा ३ वर्ष र लेमिनेसन नगरिएको पाँच वर्षको ग्यारेन्टि भएको प्रिन्ट ।
  • यसबाट निस्केको प्रिन्टहरु स्क्रायच पु्रफ रहने छन् ।
  • यसमा पोलिमरसँगै मसीको प्रयोग गरिने भएकोले च्यातिदा मसीसँगै २०० प्रतिशतसम्म तन्किन सक्छ । जसले गर्दा च्यातिने डर कम हुन्छ ।

मूल्य :

एचपी ३१५ – रु १३,००,००० + भ्याट

एचपी ३३५ – रु १६, ००, ००० + भ्याट

एचपी५६ –  रु २५, ००, ००० + भ्याट

काल्ड्रोन ग्राफिक्सले क्रिस्टल जेट, जेनोन्स ब्रान्डका प्रिन्टर पनि विक्रि वितरण गर्दै आएको छ भने सेइको, इप्सिन र प्रिन्टहेड्स ब्रान्डका पिन्टरहरु पनि नेपाली बजारमा उपलब्ध गराइसकेको छ ।

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *