Home / Featured / एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

विश्व प्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउँछ । नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ ।

एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ ।

नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ ।

बण्डलिङ्ग अन्तर्गतको डेटाको सेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उतm मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् ।

एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ ।

पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् ।

एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर(घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ ।

पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि(लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स(साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् ।

हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहक देखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ ।

हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो । यो सेटको मूल्य कर सहित ७९ हजार रहेको छ ।

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *