Home / आइसिटी ब्राण्डिङ एक्स्पो २०१४ / बैशाख ११ गतेदेखि सातौ आइसिटी ब्राण्डिङ एक्स्पो

बैशाख ११ गतेदेखि सातौ आइसिटी ब्राण्डिङ एक्स्पो

आइसिटी एसोसिएसन अफ नेपालले बर्षेनी आयोजना गर्दै आइरहेको सूचना प्रविधिको ब्राण्डिङ एक्स्पो आइसिटी इन्फोट्रेडको सातौ संस्करण आउदो नया बर्षको बैशाख ११ गतेदेखि (अप्रिल २४ तारिख) आयोजना हुने भएको छ ।
यस अघि ६ वटा ब्राण्डिङ एक्स्पो आयोजना गरिसकेको आइसिटी एसोसिएसन अफ नेपालले यस वर्षको मिति केहि पछाडी सारेको छ । गतवर्ष चैत्रमा आयोजना भएको आइसिटी ब्राण्डिङ एक्स्पो यस पटक बैशाखमा सम्पन्न हुन गइरहेको छ । यसबारेमा एसोसिएसनका महासचिव सोभन सैजुले नया वर्षको अवसर पारेर आयोजना गरिएको बताए । चैत्रमा प्रदर्शनी हल भृकुटीमण्डपमा अरु नै कार्यक्रमहरु रहेकोले बैशाखको मिति तोकिएको लिभिङ विथ आइसिटीलाई बताए ।
यस पटकको ब्राण्डिङ एक्स्पो केहि फरक र आकर्षक हुने पनि संैजुले बताएका छन । भारत र अन्य देशका केहि कम्पनीहरु पनि एक्स्पोमा सहभागि हुने उनले बताए । भारत एक्जिविसन पनि उक्त एक्स्पोको सह आयोजक हुने र ‘एम्बेसी अफ इन्डिया’ र ‘एफआइसीसीआई‘ले पनि सहयोग गर्ने उनले बताए । त्यसैगरी भुटानको आइटी एसोसिएसन लगायत अन्य देशका कम्पनी तथा सस्थाहरुसग पनि कुरा भइरहेको उनले बताए । सातौ आइसिटी ब्राण्डिङ एक्स्पो ‘कनेक्टिङ द फ्युचर न्यु लाइफस्टाइल स्लोगन सहित बैशाख १५ गतेसम्म आयोजना हुनेछ ।

 

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *