Home / Featured / आइसिटी ब्राण्डिङ एक्स्पोमाविद्यालयलाइ निशुल्क सफ्टवेयर उपलब्ध गराइने

आइसिटी ब्राण्डिङ एक्स्पोमाविद्यालयलाइ निशुल्क सफ्टवेयर उपलब्ध गराइने

 

आइसिटी एसोसिएसन अफ नेपालले सातौ आइसिटी ब्राण्डिङ एक्स्पो आउदो नया वर्षको बैशाख ११ गतेदेखि आयोजना गर्ने भएको छ । प्रदर्शनी हल भृकुटीमण्डलमा आगामी वैशाख ११ देखि १५ गते तद्नुसार (24th – 28th April 2014) सम्म सूचना तथा संचार प्रविधी मेला आयोजना गर्न गइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   Samsung Galaxy Grand 2 ले मुख्य स्पोन्सर्ड गरेको ICT ELECTRONICS & BRANDING EXPO 2014 को सह आयोजकको रुपमा यस पटक भारत एक्जिबिसन पनि रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

Samsung Galaxy Grand 2 ICT ELECTRONICS &  BRANDING EXPO 2014  मा यसपटक भारतिय कम्पनीहरुको पनि सहभागिता रहने छ । एक्स्पोको आयोजक आई.सि.टि. एसोसिएसन अफ नेपाल र सह आयोजकमा भारत एक्जिबिसन, नया दिल्ली रहेको छ भने यसको ब्यवस्थापन डा.सिएस ईभेन्ट प्रा.लि. ले गर्ने भएको छ । प्रर्दशनीमा भित्री हलमा ठूला २० x २० फिटका ४४ वटा स्टल रहने छन् भने बाहिरी ट्रष्टमा ६० भन्दा बढी स्टलहरु रहने छन् । गत वर्षहरुमा गरिने मेला भन्दा केही फरक ढंगबाट यस पटक मेलाको व्यवस्थापन तथा ब्रान्डेड सामाग्रीहरुको प्रर्दशन गरिने आयोजकले दाबी गरेको छ । यस प्रदर्शनीको आयोजनाले शैक्षिक विकासमा पनि सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । यसको लागि मेला अवधीभर एक सय सामुदायिक विद्यालयका लागि “विद्यालय” नामक अन्तर्राष्ट्रियस्तरको School Management Software नि:शुल्क वितरण गर्ने भएको छ ।

सातौ  ICT ELECTRONICS & BRANDING EXPO 2014  लाई Samsung Galaxy Grand 2 ले मुख्य प्रयोजन गरेको छ भने Gold Sponsor मा  Karbonn Mobile / Panasonic Mobile  रहेका छन् । यस पटकको मेलामा सम्पूर्ण सूचना, जानकारी, स्टल बुकिंग लगायत सम्पूर्ण विवरण www.ict.org.np मा राखिने एक्स्पो संयोजक शोभन सैंजुले पत्रकार सम्मेलनमा जानकारी दिए । यस मेलालाई नेपाल सरकार, INDIAN EMBASSY, FINLAND EMBASSY, FNCCI, FICCI, Lions Club, Theatre Village, Club 50, School of Creative Communication, Nepal Academy of Fine Arts ले सहयोग गरेका छन ।

 

ictrxpo1

 

 

मेलाको व्यापक प्रचार प्रसार गरिनुका साथै आकर्षणको लागि मेलामा सूचना प्रविधीका नविनतम र सर्वसाधारण समेत लाभान्वित हुने खालका पछिल्ला संस्करणको सामानहरु पनि राखिने छ । यस पटकको मुख्य आकर्षणमा अमेरिकन ब्राण्ड INFOCUS ले  DIGITAL Interactive White Board लन्च गरिने ह्युमन क्लिक इन्टरप्राइजेजका प्रवन्ध निर्देशक तथा आइसिटी एसोसिएसनका उपाध्यक्ष रोशन भण्डारीले जानकारी दिएका छन ।

Samsung Galaxy Grand 2 ICT ELECTRONICS & BRANDING EXPO 2014 मा BRANDED कम्प्युटर, ल्यापटप, मोवाइल, LED टेलिभिजन लगायत सुचना प्रविधि संग सम्बन्धित सामग्रीहरुको प्रर्दशनी गरिनेछ, यस्तै अन्र्तराष्ट्रिय कम्पनीहरुका हरुको  सहभागिता रहनेछ । त्यसैगरी मेलामा सूचना तथा संचार प्रविधी अन्तर्गत डेस्कटप, ल्यापटप कम्प्युटर, मोवाइल फोनसेट, टेलिभिजन, आई.एस.पि, डिभिडी, हुफर, पेन ड्राइभ लगायतका मल्टिमिडिया डिभाइसका पछिल्ला संस्करणहरु प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा सहभागी हुने कम्पनीहरुले मेलाको अवसर पारेर स्किम प्याकेज पनि सार्वजनिक हुने भएका छन ।

समग्रमा यस पटकको मेलामा व्यवस्थापन पक्ष र प्राविधिक पक्षलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय स्तरको अनुभूति अवलोकनकर्ता र प्रदर्शनकर्ताहरुलाई गराइने लक्ष्य लिइएको आइसिटी एसोसिएसन अफ नेपालका अध्यक्ष शिशिर उपाध्यायले पत्रकार सम्मेलनमा बताए ।  त्यसैगरी कार्यक्रममा बोल्दै आइसिटी एसोसिएसन अफ नेपालका कोषाध्याक्ष सिएन उपाध्यायले यस पटकको एक्स्पो उत्कृष्ट बनाउन आयोजकले भरपुर मेहनत गरिरहेको बताए । यस एक्स्पोको अफिसियल आइटी म्यागजिनको रुपमा लिभिंग विथ आइसिटी पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो |

 

ict_press_looking

 

एक्स्पोमा निशुल्क विद्यालय सफ्टवेयर

आयोजक आइसिटी एसोसिएसन अफ नेपालले  मेला अवधीभर एक सय सामुदायिक विद्यालयका लागि “विद्यालय” नामक अन्तर्राष्ट्रियस्तरको School Management Software नि:शुल्क वितरण गर्ने भएको छ ।  जसले सामुदायिक विद्यालय व्यवस्थापन तथा संचालन गर्न टेवा पुग्नेछ । प्रत्येक विद्यलयका लागि दशहजार रुपैया वरावरको यो Software प्राप्त गर्न आजको मिति वाट लागु हुने गरि एक महिना भित्र ictnepal@live.com मा बिद्यालय ब्यबस्थापनले निवेदन पठाइसक्नुपर्ने छ । यो Software अंग्रेजी तथा नेपाली दुवै भाषामा चलाउन सकिने गरि तयार गरिएको छ । जसलाई अपरेटिङ्ग म्यानुल सहित निवेदक बिद्यालयको नाम सहित उपलब्ध गराईनेछ ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

One comment

  1. Shree Kabi Shiromani HSS, Mechinagar, Jhapa

    we want to get software from ict. But the steps and procedures we dont know. Plz advice us. Contact num 023560761

Leave a Reply

Your email address will not be published. Required fields are marked *