Home / Featured / पाचौ दिन ब्ल्याक डे; एक्स्पो वैशाख १६ गतेसम्म चल्ने

पाचौ दिन ब्ल्याक डे; एक्स्पो वैशाख १६ गतेसम्म चल्ने

दर्शक तथा ग्राहकको चापलाइ मध्यनजर गरेर भृकुटीमण्डपमा जारी एक्स्पो एक दिन थपिएको छ।  यसअघि वैशाख ११ गतेबाट सुरु भएको एक्स्पो १५ गतेसम्मका लागि भनिए पनि एक दिन बढाइएको हो। आइसिटी एशोसिएशन अफ नेपालले आयोजना गरेको  सातौ सामसुङ ग्यालेक्सी ग्राण्ड २ आइसटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पोमा २०१४ अब वैशाख १६ गते मंगलबारसम्म चल्नेछ।

आइसिटी एशोशिएशन अफ नेपालले हरेक एक्स्पोको पाँचौ दिन ब्ल्याक आउटका रुपमा मनाउदै  आएको र यस पटक समेत भव्य रुपमा  मनाउने गरेको हो । ब्ल्याक आउटका अवसरमा विभिन्न मोवाइल, ल्यापटप, टेलिभिजन, प्रोजेक्टर, सोलार तथा ब्याट्रीहरु, कम्प्युटर एक्स्सेसरीज लगायत सामानमा भारी छुटका साथ गिफ्ट ह्याम्परहरु प्राप्त गर्न सकिनेछ।

नेपाललाई प्रविधिमय बनाउदै सुरु भएको एक्स्पोको चौथो दिनसकिदासम्म अवलोकनकर्ताको उल्लेख्य सहभागीता रहेको छ। आइतबारसम्म ब्राण्डिङ एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ७५ हजार नाघेको छ । आइसिटी एशोसिएशन अफ नेपालद्धारा आयोजित  सातौ सामसुङ ग्यालेक्सी ग्राण्ड २ आइसिटी ब्राण्डिङ एक्स्पोमा २०१४ को चोथो दिन प्रविधीसँग परिचय हुन राजधानीका हरेक पुस्ताका दर्शक भृकुटीमण्डपमा एक्स्पो अवलोकनका लागि पुगेका थिए।

एक्स्पोमा अवलोकन गर्नेहरुको मुख्य चासो विश्व बजारमा उत्पादन भएका र बजारमा आउका नवीनतम ग्याजेट्सहरुमा  रहेको पाइएको छ। अहिलेका पुस्ताका लागि समेत मुख्य आकर्षण रहेको एक्स्पोमा  रहेका विभिन्न मोडेलका मोबाइल, ल्यापटप,  कम्प्युटर, प्रिन्टर टेलिभिजन लगायतका मल्टिमिडिया ग्याजेट्सका पछिल्ला संस्करण एकै छानामुनी राखिएका छन।  प्रदर्शनीमा सहभागी भएका कम्पनी तथा व्यापारिक संस्थाहरुले एक्स्पोको अवसरमा अवलोकनकर्तामाझ स्किम  प्याकेज तथा विभिन्न रोचक कार्यक्रम र हातहातै पुरस्कारहरुको व्यवस्था गरेकाले पनि दर्शकको घुइँचो बढेको हो।

एक्स्पोमा १ हजार ५ सयमा डुअल सिम विथ फुल मल्टिमिडियासहितको मोबाइल, विश्वको सबैभन्दा सानो मोबाइल किवी मोबाइल २ हजारमा किन्न पाइने किवी मोबाइल तथा विश्वकै बलियो वाटर प्रुफ रक गियरका स्र्माटफोन हेर्न र किन्न दर्शकको घुइ“चो लागेको थिया । यसैगरी नेपाल टेलिकमले १ सय रुपैयाँमा किन्न पाइने थ्रिजी सीममा समेत नेपाल टेलिकमको स्टलमा दर्शकको भीड लागेको थियो। एक्स्पो अवसरमा विभिन्न ल्यापटप कम्प्नीहरूले विशेष छुट, उपहार तथा  लक्की ड्रको व्यवस्थासमेत गरेका छन्।

श्रीलंकन राजदूत डब्लुएम सिनेभिरत्न एक्सपो अवलोकनका लागि पुगेका थिए। उनले एक्स्पो अवलोकनका क्रममा श्रीलंकाले नेपालमा सूचना प्रविधी विकासका लागि आइसीटी  एशोसियसन अफ नेपाल संग सहकार्य गरेर अगाडी वढने प्रतिवद्धता व्यक्त गरेका छन्। एक्स्पो अवलोकनका लागि समाजका प्रवुद्धवर्ग, खेलाडी, राजनीतिककर्मी, शिक्षक, विद्यार्थीलगायत आइतवारका दिन पनि भृकुटीमण्डप पुग्ने क्रम जारी छ।

के हो ब्ल्याक डे ?

अन्तर्राष्ट्रिय मान्यताअनुरूप विश्वबजारमा ब्ल्याक डेको छुट्टै महत्व र विशेषता रहेको छ। विभिन्न कम्पनीले आफ्ना ग्राहकलाई आफूले उत्पादन गरेका सामान भारी छुट वा उपहारसमेत दिएर ब्ल्याक डे मनाउने गरिन्छ। विकसित देशका धेरै ग्राहक यो दिनको अवसरलाई पर्खेर बसेका हुन्छन्। यसलाई ग्राहकले सामान किन्ने विशेष दिन वा कुनै विशेष पर्वका रूपमा समेत मनाउने गर्छन्। तर, नेपालमा भने यसको खासै महत्व रहेको पाइँदैन। कम्पनीहरूले ब्ल्याक डेका दिन ग्राहकहरूसमक्ष यस्तो अफर सञ्चालन गर्दछन्, जुन पत्याउनै सकिँदैन। यही ब्ल्याक डेलाई नेपाली ग्राहकसामु परिचित गराउन तथा नयाँ वर्ष २०७१ को आगमनस“गै आइसिटी एक्स्पोका रूपमा मनाउन आयोजकले यो अवसर छानेको बताइएको छ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *