Home / Featured / आइसिटी ब्राण्डिङ एक्स्पोको ८० प्रतिशत स्टल बुकिङ

आइसिटी ब्राण्डिङ एक्स्पोको ८० प्रतिशत स्टल बुकिङ

काठमाडौ। राजधानीको भृकुटीमण्डपमा  आगामी वैशाख दोस्रो सातबाट हुने  सूचना प्रविधीसम्बन्धी मेला आइसिटी ब्राण्डिङ एक्स्पोका लागि ८० प्रतिशत स्टल बुकिङ सकिएको छ। एक्स्पोमा आफ्ना नयाँ प्रडक्टको प्रदर्शनी गर्न चाहनेले ८० प्रतिशत बुकिङ गराइसकेको आयोजक आइसिटी एशोशिएशनले जनाएको छ। ICt_expo2

सामसुङ ग्यालेक्सी ग्रान्ड आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४ नाम दिइएको उक्त मेलामा स्वदेशी तथा विदेशी सहभागी कम्पनीहरुले स्टल बुकिङ गराएका हुन। मेलाका आयोजक रहेको आइसिटी एशोशिएशन अफ नेपालका अध्यक्ष शिशिर उपाध्यायका अनुसार ८० प्रतिशत स्टल बुकिङ भइसकेको  र बाँकी २० प्रतिशत पनि चाडै नै बुकिङ हुनेछ। साथै आइसिटी ब्राण्डिङ एक्स्पोमा यसपटक भारतका धेरै कम्पनीहरुले पनि सहभागीता जनाउदैछन।  आइसिटी एशोशिएशनले एक्स्पो हरेक वर्ष आयोजना गर्दै आएकोमा यस वर्ष भने पहिलो पटक विदेशबाट समेत सहभागी आउने बताएका छन।

ICT_electronisयस पटक वैशाख ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको सहसंयोजक नयाँदिल्लीको भारत एक्जिबिसन रहेको छ भने  व्यवस्थापन डाक्टर सिएस इभेन्ट प्रालिले गर्दैछ। नयाँ नयाँ प्रडक्टहरुको ब्राण्डिङका लागि यो मेला गरिएकाले प्रविधीमा विकास भएका ब्राण्डेड सामग्रीहरुको अवलोकन गर्न पाइने उपाध्यायले जानकारी गराए। एक्स्पोमा विभिन्न बहुराष्ट्रिय कम्पनीले नयाँनयाँ आआफ्ना  प्रडक्टका ब्राण्ड प्रदर्शन गर्नेछन। टेक्नोलोजीमा विकास भएका आधुनिक र उच्चस्तरीय  सामग्रीहरुको बारेमा  अवलोकनकर्ताले हेर्न र छुन पाउनेछन भने नयाँ नयाँ प्रविधीको बारेमा जानकारी सबै सहभागीहरुले दिनेछन।

एक्स्पोमा डेस्कटप,  ल्यापटप स्मार्टफोन टेलिभिजन इन्टरनेट डिभीडी हुफर पेनड्राइभ लगायतका मल्टिमिडिया डिभाइसका पछिल्ला संस्करणहरु देख्न पाइनेछ। प्रदर्शक कम्पनीले मेलालाई लक्षित गरेर विभिन्न छुटको बहार र उपहारहरुको योजना बाहिर ल्याउने छन। यस पटकको मेलामा  अमेरिकी कम्पनी इनफोकसले डिजिटल इन्टर्यापक्टिभ ह्वाइट बोर्ड नेपाली बजारमा भित्र्याउदैछ । यस्तै ह्युमान क्लिक इनं६रप्राइजेजले यस्तो बोर्ड नेपालमा ल्याउन लागेको हो।  यो बोर्डमा रहेको टचस्क्रिनमा क्लिक गरेर अध्यापन गराउन सकिनेछ। छलफल र अध्ययनका लागि यो बोर्ड एकदमै उपयोगी हुने अध्यक्ष शिशिर उपाध्यायको भनाई छ। उनका अनुसार यस्तै प्रकारको नयाँ प्रविधी मेलामा प्रदर्शन गरिनेछन।

यस्तै मेलामा सामसुङ कोवाइलसहित विभिन्न  मोवाइल कम्पनीहरुले आआफ्नो पछिल्लो मोडेलका स्मार्टफोनहरु प्रदर्शन गर्नेछन।  सबैजसो कम्पनीले डोर इन्टरप्राइजेज  प्याकेज ल्याउनेछन।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *