Home / Featured / ब्राण्डि एक्स्पोमा छुटैछुटको अफर, साथमा बम्पर उपहार

ब्राण्डि एक्स्पोमा छुटैछुटको अफर, साथमा बम्पर उपहार

सहदेव चौधरी। सातौ आइसिटी ब्राण्डि एण्ड इलेक्टोनिक्स एक्स्पोमा रहेकाविभिन्नकम्पनीहरुले आफनो प्रडक्टमा छुट र विशेष अफर दिएको छ। अवलोकनकर्ताहरुको आकर्षण बढाउन कम्पनीहरुले एक्स्पोमाप्रोडक्टमा छुट र अफर दिएको हो। ICT_gateआइसिटी एशोसिएशनले गोलाप्रथाद्धारा अवलोकनकर्ताहरुलाई विभिन्नकम्पनीहरुको सहकार्यमा पुरस्कार दिने भएको छ। यस्तै मल्टिमिडिया स्पिकर ५.१, क्रिएटिभ एचडी क्यामरा  उपलब्ध गराएको छ ।ह्युमनक्लिकले ल्यापटप र प्रडक्टहरुमा २० प्रतिशत छुट दिएको छ । यस्तै एक्स्पोमा नेपाल टेलिकमले थ्रीजी नेटर्वकको सिमकार्ड १ सय रुपैयामै उपलब्ध गराइरहेको दिनेश कोइरालाले जानकारी दिए। उनका अनुसार पहिलो दिन ६ सय सिमकार्ड र १ सय रिम कार्ड विक्री भएको थियो । यस्तै  दोस्रो दिन १ हजार सिमकार्ड बिक्री भइसकेको कोइरालाले बताए। डिकेटले फ्रि गिफट ह्याम्पर, इन्पोकसले प्रोजेक्टररुमा छुट, जेल इन्टरप्राइजेजले फ्रिगिफ्ट ह्याम्पर, हुवावेले फ्री स्पिकरदिने आइसिटी एक्स्पोका संयोजक सोभन सैजुले जानकारी दिए।  ICT_ExpoGateआइसिटी एक्स्पोमा बिक्यु मोवाइलले कुनै पनिमोवाइलको खरिदमा १० प्रतिशत छुट दिएको छ। यस्तै सामसुङ ग्यालेक्सी ग्राण्ड २, नोट थ्री, एस को खरिदमाएनसेलको  ३ जीबीकोडाटा तथा सामसुङनियो, टेन्डस, सामसुङ डुओसमा ९०० एमबीको एनसेलको इन्टरनेट डाटा उपलब्ध गराएको छ। यसका साथै जेएसएस प्रालीले किभी मोबाइलमा १० देखि ३३ प्रतिशत छुट दिएको छ । यसैगरी एलजीको लाभा र जोलो मोवाइलफोनमा १५ प्रतिशत छुट दिएको छ।  ICTbrandingexpo2यसैगरी  अल्ट्रा साउण्ड सोलारको प्रडक्टमा १५ प्रतिशत  छुटको व्यवस्था गरिएको संगीता उप्रेतीले जानकारी दिए। यसैगरी टेक्नोसले एलइडी, थ्रीडी लगायत सबै प्रकारका टिभीमा थ्री ह्विलर फ्रीमा दिने गरेको टेक्नोसका ब्रियन श्रेष्ठले बताए। यसैगरी नेपालमा पहिलो पटक भित्रिएको ब्राण्ड वाटर प्युरीफाइरको खरिदमा २० प्रतिशत छुट र कुनै पनि ब्राण्डको वाटर प्युरीफायर लिएर आएमा २५ प्रतिशत छुटमा उपलब्ध गराइरहेको आलोक मालुले बताए। यसैगरी थ्रडपेन्टसले एक्स्पोको मौका पारी १६ प्रतिशत छुटमा भेस्टहरु विक्रि गरिरहेको आयुस मानन्धरले बताए। यस्तै सफ्टेकले १५ प्रतिशत छुटमा हस्पिटल इआरपी तथा सरकारी अकाउन्टिङ सफ्टवेयरहरु उपलब्ध गराइरहेको सुधा पराजुलीले जानकारी दिइन ।

यस्तै मेगाटेकले लेनेभोको योगा ११ एस ल्यापटपको खरिदमा १ टेराबाइटको इलिमेन्ट डब्लुडी हार्डडिक्स गिफ्ट दिइरहेको  निसर्ग शर्माले जानकारी दिए। यस्तै माल्ट्रोनिक्सले ष्घ ल्यापटपमा ३ प्रतिशत छुट र ष्छ ल्यापटप खरिदमा  ५ देखि ७ प्रतिशत छुट र ८ जीवीको पेन ड्राइभ,म्याकफी एन्टीभाइरस फ्रीमा उपलब्ध गराइरहेकोसंगीता भटराईले जानकारी दिए।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *