Home / Featured / आइसिटी स्टार्टअप अवार्ड २०१६ हुँदै, अनलाइन एप्लिकेशन बुझाउन सकिने

आइसिटी स्टार्टअप अवार्ड २०१६ हुँदै, अनलाइन एप्लिकेशन बुझाउन सकिने

नेपालको सचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणी मिडिया कार्यक्रम लिभिङ विथ आइसिटीले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नेपालका उत्कृष्ट ४ स्टार्टअपलाई सम्मान गर्ने भएको छ ।Logo 2 (3)

असार ८ गते आयोजना हुने वार्षिकोत्सव कार्यक्रममा नेपालमा रही उत्कृष्ट काम गर्ने ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको हो । यसका लागि देशैभरबाट स्टार्टअप कम्पनीहरुले अनलाइन एप्लिकेशन फर्म भर्न सक्ने छन् । फर्म भर्ने अन्तिम मिति जेठ १९ (जुन १)सम्म रहेको छ ।

नेपालमा कानुनसम्मत दर्ता भएका, दर्ता भएको ६ महिना पुगेका र ३ वर्ष ननाघेका आइटी कम्पनीले यो प्रतिष्पर्धामा भाग लिन सक्छन् । साथै कम्पनीले कम्तीमा ३ जनालाई रोजगारी दिएको हुनुपर्ने छ । कम्पनीको कम्तीमा एक प्रोडक्ट वा सर्भिस उपलब्ध भएको हुनुपर्ने छ ।

एप्लिकेशन फर्मको लागि तलको लिंक क्लिक गर्नुहोस् :
https://livingwithict.com/ictaward4startup/

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *