Home / Featured / सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढेकाले सूचना प्रविधिमा आधारित प्रडक्ट र सर्भिसको विकास स्वदेशमै हुन थालेको छ । नेपालमा सूचना प्रविधि उद्योगको कुरा गर्ने हो भने हार्डवेयरमा नभई ज्ञानमा आधारित प्रडक्टहरुको विकास हुने गरेको छ । सफ्टवेयर, वेबसाइट, मोबाइल एप्लिकेशन, ई–कमर्स आदि प्रविधिको प्रयोग गरी विभिन्न क्षेत्रमा आइसिटीमैत्री बनाउन यिनीहरुले सहयोग पु¥याएका छन् ।

हाल ठूला व्यावसायिक कम्पनीले पनि करोडौं रुपैयाँ लगानीमा यस्ता प्रडक्टको विकास र विस्तार गरेका छन् । तर, नेपालमा विकास भएका यस्ता अधिकांश डिजिटल प्रडक्टहरु व्यावसायिक रुपमा सफल बन्न सकिरहेका छैनन् ।

किन असफल भइरहेका छन् इन्नोभेटिभ प्रडक्ट

  • गलत प्रडक्ट निर्माण
  • गलत समय प्रडक्ट रिलिज
  • सानो बजार
  • कस्टुमर पैसा तिर्न तयार नहुनु
  • जनशक्ति पाउनै मुस्किल
  • कमजोर टिम
  • लगानीकर्ताले पत्याउँदैनन्
  • राज्यको बेवास्ता

सम्भावना राम्रो भएर पनि चल्न नसकेका केही नेपाली आइटी प्रडक्टहरु :

सोधपुछ डटकम (sodhpuch.com)
नेपालको लोकल बिजनेश इन्क्वायरी सर्भिसका रुपमा सर्चइन्जिन सोधपुछ डटकम सुरु गरियो । ३ वर्षसम्म सञ्चालनमा आएको सोधपुछको साइट अघल्लो वर्षको सेप्टेम्बरदेखि डाउन भयो । यो बन्द हुनुअघिसम्म बिजनेशसम्बन्धी डेढ लाख डेटा दर्ता भएको थियो । एसइओमा पनि सोधपुछ अगाडि आउँथ्यो । दैनिक ४० हजारभन्दा बढीको ’भ्युज’ थियो । कस्टुमर बिजनेशको प्लाटफर्म यसले दिएको थियो । बिजनेशबाट क्लाइन्टले फाइदा लिन सुरु गरिसकेका थिए । अनि सोधपुछको टिम चुस्त र खारिएको थियो । टिममेटहरु रातदिन नभनी काम गर्थे । अचानक सोधपुछले काम गर्न छाड्यो । अब फेरि सोधपुछ सञ्चालन हुने सम्भावना छैन । यस प्रडक्टमा ५० लाखभन्दा बढी सुरुवाती लगानी भएको थियो ।

क्यास अन एड (Cash on Ad)
नेपालको चर्चित आइटी कम्पनी एफवान सफ्टअन्तर्गत शिरान टेकले विकास गरेको क्यास अन एडले सार्वजनिक भएको अवधिमा केही चर्चा पाए पनि पछि बजार लिन सकेन । सार्वजनिक भएको ३ महिनामै २ लाख कस्टुमरहरु थिए क्यास अन एडका । तर, यसले कस्टुमरलाई रिटन दिन सकेन । ३.० भर्जनसम्म आएको क्यास अन एड अन्ततः चल्न छाड्यो । मोबाइलमा कल आउँदा विज्ञापनको भिडियो बज्ने नौलो खालको एप्स क्यास अन एडले निकै चर्चा बटुलेको थियो ।

हरिलो डटकम (harilo.com)
एकबेला हरिलो डटकमको सक्सेस स्टोरीले धेरैलार्इ ई–कमर्स व्यवसायमा आकर्षित गरेको थियो । ‘नेपाली अमेजन’ भनेर परिचित हरिलो डटकम पनि एकाएक हरायो । युएस स्टोरमार्फत नेपाली उपभोक्ताले अर्डर गर्न सक्ने सुविधा हरिलोले दिएको थियो । दिनमा सयभन्दा बढी अर्डर लिने हरिलोका कारण नेपालमा इन्टरनेट सपिङको क्रेज बढ्न थालेको थियो । तर, अहिले अर्डर नलिएको बताउने हरिलोले आगामी दिनमा पुनः बिजनेशमा आउनेबारे कुनै संकेत दिएको छैन । हरिलोजस्ता अरु धेरै ई–कमर्स वेबसाइटहरु अहिले चल्न सकेका छैनन् ।

एनलोकेट (nLocate)
हराएका प्रडक्टको चर्चा गर्दा एनलोकेटलाई बिर्सन सकिँदैन । लोकल सर्च इन्जिनका रुपमा नेपालको नम्बर एक रहेको एनलोकेटले पनि आफूलाई बिजनेशमा कन्भर्ट गर्न सकेन । यद्यपि अहिले आंशिक रुपमा भने सेवा प्रदान गरिरहे छ । उसले पछिल्लो पटक आफ्नो वरिपरि रहेका व्यापार व्यवसाय र उनीहरुले प्रदान गर्ने सेवा सुविधाको बारे उपभोक्ताहरुलाई सहज तरिकाले जानकारी दिने गरी नयाँ संस्करणको एप सार्वजनिक पनि गरेको थियो । तर, एपमार्फत मनिटाइज गर्न एनलोकेटले सकेन । यस्तो किसिमको इन्नोभेटिभ प्रडक्टका लागि नेपाली बजार तयार नभइसकेको देखिन्छ । डिजिटल प्रडक्टका लागि बिजनेश मोडल तयार नभएकै कारण एनलोकेट, सोधपुछ, यल्लो एपजस्ता प्रडक्टले सफलता पाउन सकेको देखिँदैन ।

एस कान्तिपुर (yeskantipur.com)
कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर रिटेल्सले निकै आक्रमक रणनीतिका साथ ठूलो लगानीमा २०१२ को मेमा सुरु गरेको भर्चुअल सपिङ मल ई–कमर्स व्यवसाय एस कान्तिपुर डटकम केही महिनामै बन्द भयो । यसमा विभिन्न प्रडक्टहरु अनलाइनबाटै खरिद गर्न सकिनुका साथै थोरै पैसामा कान्तिपुर र काठमाडौं पोस्टमा विज्ञापन गर्ने सुविधा दिइएको थियो । एस कान्तिपुरका कारण प्रडक्ट टिक्न पर्याप्त लगानी मात्रै भएर नपुग्ने प्रस्ट पारेको छ ।

बर्थ डे फरेस्ट (Birthday Forest)
प्रविधिको माध्यमबाट हरियाली नेपाल बनाउने उद्देश्यसहित आफ्नो जन्म दिनमा रुख रोप्न प्रेरित गर्ने बर्थ डे फरेस्ट पनि स्थापनाको २ वर्षपछि सञ्चालनमा आउन सकेन । सामुदायिक वनमा हराएको हरियाली फिर्ता ल्याउने संरक्षण घिमिरे, दीपक भण्डारी, रोशन भण्डारीलगायतको साहस धैरैबेर टिकेन । रुख रोप्दै जाँदा सानो ठाउँ भएको, २/३ महिना त्यस्ता ठाउँ खोज्दै जानुपर्ने, रोपेका रुखहरुमा मलजल जल गर्नुपर्ने, पानीको स्रोत टाढा, गाईबस्तुले खाइदिने समस्या, तारबार लगाउनुपर्ने र सानो टिम र कमजोरी आर्थिक अवस्थाका कारण उनीहरुको टिमले यो कामलाई निरन्तरता दिन सकेन ।

रमाइलो मेला (Ramailo Mela)
सफ्टवेयर डेभलपमेन्ट कम्पनी ब्रेनडिजिटले महङ्खवाकांक्षाका साथ ल्याएको प्रोजेक्ट रमाइलो मेला व्यावसायिक रुपमा सुरु नै हुन नसकी बन्द भयो । २०१३ को आइसिटी ब्राण्डिङ एक्स्पोको अवसरमा सार्वजनिक गरिएको रमाइलो मेलालाई ब्रेनडिजिटले अनलाइन मार्केटिङका लागि तयार पारेको थियो । अब फेरि यसलाई सुचारु गर्नेतिर केही नसोचेको ब्रेनडिजिटका सिइओ निश्चलमान प्रधान बताउँछन् ।

ई–बज एसिया (eBuzz Asia)
गुगल, याहुजस्तै नेपालको आफ्नै सर्च इन्जिन बनाउने उद्देश्यले अपार थेबेले सन् २०१० मा ई–बज एसिया बेटा भर्सनमा सुरु गरे । नेपालको डाटा र इन्फर्मेशनलाई डिजिटलाइज गर्दै सिंगल क्लिकमा उपलब्ध गराउने उनको सपनाले व्यावसायिक रुप लिन सकेन ।

ओहो बजार (ohobazaar.com)
एफवान सफ्टले नै ल्याएको ओहो बजार पनि जसरी इन्नोभेसनमा फोकस भएर ल्याइएको थियो, त्यसअनुरुप सञ्चालन हुन सकेन । क्यास अन एडमा धेरै पैसा गुमाएको हुँदा कम्पनीले ओहो बजारका लागि फेरि लगानी गरी स्केल अप गर्न सकेन । ‘जुन पाराले चलिरहेको छ त्यो चलिरहेको छ भनेर हामीले छोडेका छौं । यो बन्द पनि भएको छैन,’ एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भने । ओहो बजारमा अहिले पनि ८० हजारभन्दा बढी डाउनलोड छ । तर त्यसलाई रेगुलर सेल्स र मार्केटिङ नगरी कुनै एप टेक्नोलोजी अगाडि नबढ्ने उनको भनाइ छ ।

कारपुल काठमाडौं (Karpool Kathmandu)
भारतीय नाकाबन्दीको समयमा सुरु भएको कारपुलिङ सेवा अहिले लगभग ठप्प छ । इन्धन संकट हुँदा कारपुलिङ सेवालाई प्रोत्साहन गर्ने पाइए पनि काठमाडौंलगायतका ठाउँमा यसको प्रभावकारिता अहिले पनि हुन सक्ने स्थिति छ ।

निकै कम सवारीासधन चल्ने सडकमा मात्रै नभई उच्च सवारीसाधन र ट्राफिक जाम भएको अवस्थामा पनि कारपुल काठमाडौं प्रयोगमा ल्याउन सकिने अवस्था छ ।यो सेवाअन्तर्गत तपाइँसँग सवारी साधन छैन भने कुन ठाउँबाट कुन ठाउँसम्म जाने उल्लेख गर्दै लिफ्ट माग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाँइले ह्यासट्याग आस्क गर्दै ठाउँ र समय लेख्नुपर्ने हुन्छ ।

फ्लप भएका आइटी क्षेत्रका इन्नोभेटिभ प्रडक्टहरुको सूची निकै लामो छ । विभिन्न क्षेत्रका लागि बनेका सफ्टवेयरहरु, मोबाइल एप्लिकेशन, ई–कमर्स लगायतका प्रडक्ट नेपाली बजारमा हराएका छन् । धेरै प्रडक्ट छन्, जुन नेपाली बजारमा प्रशंसायोग्य भए । तर, मार्केटले अप्रिसिएट गर्दागर्दै पनि टिक्न सकेनन् । त्यस्तै आइटी विद्यार्थीले ल्याउने विभिन्न खाले प्रोजेक्टहरु पनि वास्तविक रुप नलिईकनै बिलाउन पुगेका छन् ।

यती हुँदाहुँदै पनि नेपालमा स्टार्टअप कल्चरको विकास भइरहेको छ । प्रडक्ट सफल बन्न वा असफल बन्न बाह्य कारणमात्रै होइन टिमको संरचना, रिसर्च, आइडिया, प्रतिबद्धता आदिले पनि प्रभाव पार्छ । धेरै आइटी ग्रयाजुएट्स युवा विभिन्न समाधानका आइडिया लिएर आइटी उद्यमशीलतामा क्रियाशील छन् ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

4 comments

  1. Nepali App Tester

    Cason On Ad le sab ko account block garyo ra paisa khako vayera dubeko hola, I thought I was only one, Play store is filled with complaints

  2. Product lai focus garne.. ani user lai kasto chaibxa vanera analysis ma time diyera develop gare po khatra product banxa.. joslai ni release garera jhyappai paisa kamai halam vanne xa… tesari ta hudaina

  3. Please Add some more:
    – GoNepal Holiday
    – GoNepal Guide

  4. Narayan prasad

    Yo nikai baised navaye lekhiyeko lekh jasto lagyo. Programmer sochdachha app banayepachhi grahak le chaluchhan Ra chalchha, grahak paisa Tiri chalauna chahanan, invester badhi bhanda badhi phaida his Bhanu marketing policy lagauchha appma, app dubchha, Naya aauchha tyasailee Naya appma user biswas garihaldaina jasto lagchha malai, what is soln of app business in small nepal? Malai lagchha Midas EKTA kulaabs Pani chalya chaiya matra bikalp nabhayera bikya chhan, uniharu le agha mehenat garnuhola content Ra user services.yo teaching kshetrama mero 3monthko anubhav chha Ra maile 30 Kati schoolma teach gare

Leave a Reply

Your email address will not be published. Required fields are marked *