Home / Featured / इन्सटाग्रामले ल्यायो ‘लाइभ भिडियाे’ फिचर

इन्सटाग्रामले ल्यायो ‘लाइभ भिडियाे’ फिचर

मोबाइल फोटो/भिडियो सेयरिङ एवम् सोसल नेटवर्किङ प्लाटफर्म इन्सटाग्रामका प्रयोगकर्तालाई लक्षित गर्दै लाइभ भिडियो नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सुरुको चरणमा अमेरिकामा मात्र यो फिचर उपलब्ध हुने छ ।

यसअघि इन्सटाग्राम एप्समा आधारित स्टाेिरज फिचर इन्सटाग्राम लाइभ फिचर समावेश गरिएको थियो जसमा प्रयोगकर्ताले १० सेकेन्ड लामो भिडियो पोष्ट गर्न सक्थे जुन २४ घण्टापछि आँफै डिलिट हुने गर्दथ्यो । अब भने, इन्स्टाग्रामको लाइभ भिडियो फिचरअन्तर्गत प्रयोगकर्ताले एक घण्टासम्म इन्सटाग्राम एप मार्फत लाइभ रहन सक्नेछन । यससँगै तपाई लाइभ भएको नोटिफिकेसन तपाईको साथीहरूले पाउनेछन ।live-into-postv-aa

इन्सटाग्राम लाइभ स्टोरिज जस्तै तपाईले गरेको लाइभ ब्रोडकास्ट पनि २४ घण्टापछि आफै हट्नेछ । इन्सटाग्रामको लाइभ फिचर फेसबुकले सन २०१६ को जनवरीमा सार्वजनिक गरेको फेसबुक लाइभ फिचरसँग मिल्दोजुल्दो रहेको छ ।

अमेरिकामा सार्वजनिक गरिएको उक्त लाइभ भिडियो फिचर केहि दिनमै संसारभरका लागि उपलब्ध हुने जनाइएको छ । यो सुविधा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध हुनेछ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *