Home / Featured / विश्वको झन्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँच

विश्वको झन्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँच

एक नयाँ अध्ययनका अनुसार विश्वको ४६.४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ । हरेक वर्ष डिजिटल डिभाइडसम्बन्धि विवरण निकाल्ने इन्टरनेट वल्र्ड स्टाट्स न्युजलेटले जनवरी १२ मा सार्वजनिक गरेको डाटा अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या ३,३६,६२,६१,१५६ पुगेको हो ।

उसले सार्वजनिक गरिको उक्त डाटा नोभेम्बर ३०, २०१५ सम्मको हो । विश्वका विभिन्न क्षेत्रहरुको डाटालाई अप्डेट गरेर उसले इन्टरनेट युजरहरुको डाटा निकालेको हो । इन्टरनेट वल्र्ड स्टाट्स न्युजले विश्वमा इन्टरनेटको प्रयोग दिनानु दिन वृद्धी भएको देखाएकोक छ ।

यसैगरी, उसले निकालेको प्रतिवेदनमा सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताको संख्या एसियामा रहेको छ जुन एसियाको ४०.२ प्रतिशतमा छ भने उच्च डिजिटल डिभाइड पनि एसियामै रहेको छ ।

अफ्रिकामा भने २८.६ प्रतिशत जनसंख्यामा मात्र इन्टरनेटको पहँच छ र सबैभन्दा डिजिटल डिभाइड भएको क्षेत्र पनि यही हो ।सबभन्दा बढी इन्टरनेटको पहुँच भएको क्षेत्र भने उत्तर अमेरिका बनेको छ । यहाँ ८७.९ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ । सबैभन्दा कम डिजिटल डिभाइड भएको क्षेत्र पनि यही हो ।

अर्कोतर्फ, ग्लोबल टेलिकम्स ट्रेन्ड डिपोर्टका अुनसार एक अर्व ५० करोड बढी जनसंख्याले फेसबुक चलाउदछन् ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *