Home / नेपालको अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ हो

नेपालको अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ हो

डा. मनिश पोखरेल काठमाडौं विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् । ई–गभर्नेन्स र क्लाउड कम्प्युटिङ विषयमा विद्यावारिधी हासिल गरेका पोखरेल २० वर्षदेखि प्राध्यापन पेशामा छन् । सूचना प्रविधि विज्ञकाे रूपमा परिचित डा. पाेखरेल पछिल्लाे समय स्मार्ट सिटी निर्माण अभियानमा लागिपरेका छन् । उनीसँग सूचना सञ्चार प्रविधि क्षेत्रकाे समसामयिक विषयमा कुराकानी गरेका छाैं :

नेपालको सूचना प्रविधि क्षेत्रको विकासक्रमलाई कसरी मूल्याकंन गर्नुहुन्छ ?
राष्ट्रको विकासमा कम्प्युटरको विकास आवश्यक छ भनेर हामीले नबुझेको होइन । तर, यति हुँदाहुँदै पनि हामीले प्रविधिको द्रुत गतिको विकासलाई पछ्याउन सकेनौं । धेरै देशहरुले हामीलाई पछाडि पारिसकेका छन् । तर, अहिले पनि ठोस नीतिनियम र निर्देशिका बन्ने हो भने सूचना प्रविधिले देशको मुहार फेर्छ । अहिले हामी कता कता अलमिलएको छौं जस्तो छ । सुचना प्रविधि हाम्रो प्राथमिकतामा परेकै छैन ।

यसबीचमा सकारात्मक काम पनि भएका छन् नि, होइन ?
सकारात्मक काम पनि धेरै भएको छ । संयुक्त राष्टसंघले हरेक २ वर्षमा ई–गभर्नेन्सको र्याकिंङ निकाल्छ । त्यसमा २००८ देखि २०१४ सम्म क्रमशः हामी तल–तल गएका थियौं । तर, २०१६ मा १६५औं स्थानबाट १३५औं स्थानमा आएका छौं । यो हाम्रो लागि सन्तोषजनक उपलब्धी हो । मन्त्रालय, आइटी विभाग, एनआइटिसी लगायतका निकायको भमिकालाई प्रशंसनीय मान्नपर्छ । तर यो हुँदाहुँदै पनि हामी सन्तोष हुनुपर्छ भन्ने होइन । अरू देशकाे दाँजाेमा हामीले धेरै गर्नुपर्ने अवस्था छ ।

उद्योग, कलकारखाना, शिक्षा, कृषि, पानी आदिलाई व्यवस्थापन गर्ने हो भने आइटी नै चाहिन्छ । अहिले पुर्वी युरोपका पोल्यान्ड, रोमानिया आइटीकै कारणले माथि आएका हुन् । यस्ता ज्वलन्त उदाहरण धेरै छन् ।

नेपालको सन्दर्भमा सुचना प्रविधिको विकासका लागि के कस्ता सूचक महत्वपुर्ण छन् ?
संयुक्त राष्टसंघले सूचना प्रविधिको विकास वा ई-गभर्नेन्सका लागि मूख्य तीन ओटा कुरालाई ध्यान दिन्छ । जनतालाई अनलाइनबाट सविधा दिनपर्ने, बिजुली, इन्टरनेट जस्ता पुर्वााधारको उचित विकास गर्नुपर्ने र मानव संसाधनको विकास गर्नुपर्ने । नेपालमा टेलिकम इन्फ्रास्टक्चर पनि औसतमा पर्याप्तै छ । जनशक्ति निर्माणको सन्दर्भमा पनि विश्वविद्यालयले राम्रा विद्यार्थी उत्पादन गरिरहेका छन् । हाम्रोमा खस्किएको वा कमजोर पक्ष भनेको अनलाइन सर्भिस हो । यसमा चै विशेष ध्यान दिन जरुरी छ ।

हालसालै स्थानीय तहको निर्वाचन सम्भव भर्इ प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन हुँदैछ । अब नयाँ व्यवस्थामा आइटीको प्रयाेग र याे क्षेत्रकाे विकास गर्न के गर्नुपर्ला ?
एउटा के करा बझ्र्नपर्छ भने हाम्रो देशको विकास  पनि आइटीबाटै सम्भव छ । यो विश्वभर प्रमाणित भएको कुरा हो । हामीले हरेक क्षेत्रमा अाइटीको प्रयोग गर्न सक्नपर्छ । यदि आइटीलाई माइनस गर्यो भने विकास सम्भव छैन । उद्योग, कलकारखाना, शिक्षा, कृषि, पानी आदिलाई व्यवस्थापन गर्ने हो भने आइटी नै चाहिन्छ । अहिले पुर्वी युरोपका पोल्यान्ड, रोमानिया आइटीकै कारणले माथि आएका हुन् । यस्ता ज्वलन्त उदाहरण धेरै छन् । हामीले आइटीलाई प्राथमिकतामा राख्ने हो भने ५ वर्षमा देशलाई कायापलट गर्न सक्छौं । यसकारण अबकाे राज्य संरचनामा यसकाे प्रयाेगलार्इ ध्यान दिन अत्यावश्यक छ ।

स्मार्ट सिटी भनेको नेपालामा एयरपोर्टदेखि कलंकीसम्म फ्लाइगं ओभर हुँदै होइन । काठमाडौंमा मोनोरेल हुँदै होइन । ५ वर्षमा सब वे सम्भव नै छैन । मल्टी स्टोरिज बिल्डिङ पनि गार्हाे छ । अहिले ट्राफिक जाम, फोहर व्यवस्थापन, खानेपानी व्यवस्थापन मुख्य चुनौती बनेर आएको छ । यसको समाधानका लागि नै इन्टरनेट अफ थिंङ्स मुद्धा उठाएका हौं ।

अहिले स्मार्ट सिटीको खुबै चर्चा भइरहेको छ । के हो स्मार्ट सिटी ? नेपालमा कसरी स्मार्ट सिटीको अभ्यास भइरहेको छ ?
चुनावमा मख्य एजेन्डा नै स्मार्ट सिटी भएको पाइयो । यो सकारात्मक कुरा हो । मेयर साबहरुले पक्कै बझेर याे कुरा गर्न भएको होला । सरकारले पनि स्मार्ट सिटी निर्माण गर्ने बताइरहेको छ । यो झारा टार्ने बहाना भने हुनुहुदैन । सुरूमा नेपालमा स्मार्ट सिटीको औचित्य के छ भनेर प्रस्ट्याउन जरुरी छ ।

काठमाडौं विश्वविद्यालयले स्मार्ट सिटी प्रोजेक्टमा कसरी काम गरिरहेको छ ?
स्मार्ट सिटीका लागि मुख्यतः अनुसन्धान नै आवश्यक भएकाले हामीले रिसर्च सेन्टर खोलेका छौं । यसमा आइटीलाई मुख्य प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत इन्टरनेट अफ थिंङ्स अर्थात् आइओटी अनिवार्य रहेछ । यसपछि आइओटीको अनुसन्धान गर्दा इन्टरनेटश्नल युनिभर्सिटीका एक प्रोफेसर भेट्टायौ । सो युनिभर्सिटीसग हामीले एमओयु गरेर आइओटीमा काम गरिरहेका छौं । स्मार्ट सिटीकाे कुरा अाउँदा हामी अमेरिका, बेलायत, जापानको उदाहरण लिन्छौं । तर, उनीहरुको स्मार्ट सिटीको परिभाषा हाम्रोभन्दा विल्कल फरक छ । स्मार्ट सिटी भनेको नेपालामा एयरपोर्टदेखि कलंकीसम्म फ्लाइगं ओभर हुँदै होइन । काठमाडौंमा मोनोरेल हुँदै होइन । ५ वर्षमा सब वे सम्भव नै छैन । मल्टी स्टोरिज बिल्डिङ पनि गार्हाे छ । अहिले ट्राफिक जाम, फोहर व्यवस्थापन, खानेपानी व्यवस्थापन मुख्य चुनौती बनेर आएको छ । यसको समाधानका लागि नै इन्टरनेट अफ थिंङ्स मुद्धा उठाएका हौं । प्रविधिले अब नयाँ शहर निर्माणमा मुख्य भूमिका खेल्नुपर्छ ।

यसका साथमा काठमाडौं विश्वविद्यालयलले अहिले युलर्निङ प्राेजेक्टमा पनि काम गरिरहेकाे छ, याे काम कहाँ पुग्याे ? 
पछिल्लो समय विद्यार्थीहरुले पढ्ने अवस्था धेरै नै कम पाइएको छ । १०/१२ वर्ष पहिलेको अवस्था जस्तो छैन । विद्यार्थीहरु किताब पढ्नै खोज्दैनन् । लाइब्रेरीमा जान्छन् तर किताब राम्रोसँग खोलेको कमै देखेको छु । बरू ल्यापटप र मोबाइल चलाउँछन् । यो भनेको च्यालेन्ज हो । अब पनि केही नगरे १० वर्षपछि त ठूलो बिडम्बना हन्छ भनेर हामीले कम्प्यटर साइन्सका सरहरु बसेर छलफल गर्दा विद्यार्थीहरु कसरी रमाउँछन्, त्यसरी नै पढाअाैं भन्ने निश्कर्ष अायाे । उनीहरुले धेरै समय मोबाइल ट्याब्लेट र आप्याड चलाउँदा रहेछन् । यसकारण हामीले शिक्षा सिकाइमा नयाँ प्रविधि यु-लर्निङ ल्याउने प्रयास गरेका हौं । यसको रिसर्च ल्याब पनि छ । यो प्रोजेक्टका लागि कोरियाको एउटा संस्थासँग एमओयू भइसकेको छ ।

अहिले स्मार्ट एजुकेशनको चर्चा धेरै नै भइरहेको बेला यसलाई सफल पार्ने भनेकै यु-लर्निङ हो । यो राष्टकै आवश्यकताको विषय भएकाले हामीले सरकारी सहयोगको आवश्यकता महसुस गरेका छौं ।

यु–लर्निङको लागि पनि चु्नौती पनि धेरै छन् नि होइन ?
पेपर एन्ड पेन्सिल बेस्ड लर्निङ हुँदै कम्प्युटर बेस्ड लर्निङ र त्यसपछि ई-लर्निङ आयो । यी सबै एक समायमा लोकप्रिय थिए । आधुनिक समयमा अर्को शिक्षण विधि आइसकेको छ, जसबाट विद्यार्थीले घर, क्यान्टिन वा जहाँ बसेर पनि शिक्षकको असाइनमेन्ट पाउन, बुझाउन, लेक्चर सुन्न सक्नछन् । हामी यसलाई Ubiquitous Learning  वा U- Learning भन्छौं । जुनसुकै समयमा जहाँबाट पनि कुनै डिभाइसको प्रयोगबाट यो सम्भव छ । एनटिएको एमआईएस रिपोर्टअनुसार हरेकको हातमा मोबाइल पुगिसेको छ । यसमा पनि स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । साथमा ग्रामीणतहमा शिक्षाको स्तर उकास्न यो प्रविधिको भूमिका महत्वपूर्ण हुने हाम्रो अनुसन्धानले तथ्य ल्याएको छ ।

यसमा लोकल कन्टेन्टको चुनौती छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिएला ?
यसमा हामीले अध्ययन गरिरहेका छौं । पक्कै पनि अंग्रेजीमा मात्रै कन्टेन्ट बनाउँदा बेरियर र च्यालेन्जहरु आउँछ । स्थानीय भाषा पनि कम्प्युटरमा आइदियो वा यु-लर्निङको डिभाइसमा आयो भने हाम्राे लागि निकै सफलता हुनेछ । कन्टेन्टलाई नेपालीमा अपलोड गर्न कुनै समस्या नै छैन । यसको लागि धेरै खर्च नि लाग्दैन । सबै पक्ष सहमत हुनपर्छ ।

म राज्यलाई पटक पटक के भनिरहेको छु भने आइटीलाई प्राथमिकतामा राखियोस् । आइटीबिना देशको विकास सम्भवै छैन । निजी क्षेत्रलाई अधिकतम उपयोग गरियोस् । युनिभर्सिटी, प्राइभेट सेक्टर र सरकारबीच समन्वय भए ५ वर्षमा देशले कायापलट गर्न सक्छ ।

यु–लर्निङ प्रोजेक्टलाई राज्यको तर्फबाट के-कस्तो सहयोगको अपेक्षा राख्नुभएको छ ?
अहिले धेरै स्कुलहरुलाई मोडल स्कुलको रुपमा अगाडि सारेको छ । पहिले मोडल स्कुलको परिभाषामा स्पस्ट हुनुपर्यो । मोडल स्कुलमा यो यो सूचक अनिवार्य छ । अब यु-लर्निङको कम्पोनेन्ट समावेश गर्नैपर्छ । अहिले स्मार्ट एजुकेशनको चर्चा धेरै नै भइरहेको बेला यसलाई सफल पार्ने भनेकै यु-लर्निङ हो । यो राष्टकै आवश्यकताको विषय भएकाले हामीले सरकारी सहयोगको आवश्यकता महसुस गरेका छौं ।

विश्वविद्यालयहरुले तयार पारेका जनशक्ति विदेशीने क्रम रोकिएको छैन । यसलाई न्यूनीकरण गर्न के गर्नुपर्ला ?
ब्रेनड्रेनलाई रोक्ने हो भने राज्यले स्वदेशमै बहुराष्टिय कम्पनीहरुलाई ल्याउने काम गर्नुपर्यो । यो सम्भव छ । भारत बंगलादेशमा सिस्को, माइक्रोसफ्ट आएर काम गर्न सक्छ भने नेपालमा किन ल्याउन सकिदैन ? हाम्रा विद्यार्थीहरु ग्रयाजुएट भएर बाहिर राम्रा काम गरिरहेका छन् । यहाँ नसक्ने भन्ने नै होइन । यसका लागि स्वदेशमै आवश्यक वातावरण तयार पार्न जरुरी छ । म राज्यलाई पटक पटक के भनिरहेको छु भने आइटीलाई प्राथमिकतामा राखियोस् । आइटीबिना देशको विकास सम्भवै छैन । निजी क्षेत्रलाई अधिकतम उपयोग गरियोस् । युनिभर्सिटी, प्राइभेट सेक्टर र सरकारबीच समन्वय भए ५ वर्षमा देशले कायापलट गर्न सक्छ ।

प्रस्तुति : शिव बस्नेत 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *