Home / Featured / नेपालमा आइटीको ब्रिटिश डिग्री : आइएसएमटी एक रोजाइ (कलेज प्रोफाइल)

नेपालमा आइटीको ब्रिटिश डिग्री : आइएसएमटी एक रोजाइ (कलेज प्रोफाइल)

काठमाडौंस्थित तीनकुनेमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेज सन २०११ मा स्थापना भएको हो । नेपालमै गुणस्तरीय ब्रिटिस डिग्री प्रदान गर्ने उद्देश्यका साथ विभिन्न कोर्स सुरु गरेको आइएसएमटी विद्यार्थीका लागि सही गन्तव्य हुन सक्छ ।

अन्तर्राष्ट्रिय डिग्रीमा आधारित कैयौं कलेजहरु नेपालमा खुले पनि त्यसले आम विद्यार्थीको मागबमोजिम सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा आइएसएमटी कलेजले नेपाली शैक्षिक जगत्मा नयाँ आशा देखाएको छ । विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपाली कलेजहरुको भीडमा आफ्नो बिल्कुलै फरक र उच्च छवि बनाउन आइसीएमटी कलेज सफल भएको छ ।

आइएसएमटी कलेजले बेलायतको प्रख्यात शैक्षिक संस्था पियरसन एडेक्सेलसँग सम्बन्धन प्राप्त गरेको हो । यस कलेजमा हाल बिएएससी आइटी, बिएचएम, बिबिए अदि आइएसएमटीमा पढाइ भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी प्रतिबद्ध रहेको छ ।

पियरसन यस्तो शैक्षिक संस्था हो जसको ८० भन्दा बढी देशहरुमा मान्यता प्राप्त शैक्षिक संस्थाहरु छन् । र, यसको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने २० लाखभन्दा बढी विद्यार्थी पियरसनसँग सम्बन्धित स्कुलदेखि विश्वविद्यालय तहमा हाल अध्ययन गरिरहेका छन् । स्थापनाको पहिलो खुड्किलोका रुपमा आइएसएमटीले ब्याचलर इन बिजनेस विषयको अध्यापन सुरु गर्यो । सुरुका वर्ष निकै चुनौतीपूर्ण थिए आइएसएमटीका लागि । मात्र ९ जना विद्यार्थीबाट अघि बढेको यो शैक्षिक संस्थामा आज ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

यस संस्थाले अहिले तीनओटा विषयमा स्नातक तह अध्यापन गराउँदै आएको छ । ब्याचलर इन कम्प्युटिङ एन्ड आइटी, ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट र ब्याचलर इन बिजनेश विषय हाल अध्यापन भइरहेको छ । यती मात्र होइन, विश्वविद्यालयले ६ वर्षको अवधिमा ५ सयभन्दा बढी विद्यार्थी दीक्षित गर्न सफल भएको छ । यति थोरै समयमा आफूलाई विदेशी डिग्री अध्यापन गराउने विभिन्न क्याम्पसहरुको भिडमा स्थापित गर्न सफल भएको छ आइएसएमटी कलेजले ।

र, यसो गर्नमा आइएसएमटीलाई भरपूर साथ र विश्वास प्रदान गरे विद्यार्थी र तिनका अभिभावकले । गुणस्तरीय, प्रयोगात्मक र व्यावहारिक शिक्षामा जोड दिएकै कारण आज आफूहरु यो स्थानमा आउन सफल भएको कलेजका प्रिन्सिपल ध्रुवबाबु जोशीको भनाइ छ । साथै विद्यार्थी र अभिभावकको विश्वास र साथविना यो सफलता हासिल गर्न नसकिने उनले बताए ।

विद्यार्थीहरुले विशेषगरी दुईओटा भिजिबल रिजनका लागि आइएसएमटीलाई रोज्न सक्छन् । पहिलो, आइएसमटीले BTEC HND in Computing and systems Development जस्तो अन्तर्राष्ट्रिय रुपमा रिकग्लाइज बिएसससी आइटीको कोर्स डेलिभर गर्छ । यो कोर्स दुई वर्षसम्म Edexcel (BTEC HND) UK को माध्यमबाट पढाइन्छ भने अन्तिम वर्ष युनिभर्सिटीबाटै पढाइन्छ ।

महङ्खवपूर्ण कुरा विद्यार्थीहरुलाई अस्ट्रेलिया, युएसए, युके तथा विभिन्न देशमा क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गरिएको छ भने विद्यार्थीले नेपालै बसेर पनि पूरा कोर्स गर्न सक्छन् । दोस्रो, यो कोर्सले सफ्टवेयर इन्जिनियरिङ, नेटवर्क इन्जिनियरिङ, हार्डवेयर इन्जिनियरिङ, वेब डेभलपर, डेस्कटप/मोबाइल एप्लिकेसन डेभलप, सिष्टम एनालिस्ट, सेक्युरिटी, क्लाउड कम्प्युटिङ र अन्य कामका लागि प्राक्टिकल्ली डेभलप गर्दै योग्य जनशक्ति तयार पार्छ ।

बिटेक ८० भन्दा बढी देशमा पढाइने ‘मोस्ट सक्सेसफुल ब्रान्ड’ कार्स हो, जसले प्राक्टिकल, क्रिएटिभ र थिङ्किङ स्किल्समा आबद्ध गराउँछ । यो कोर्स विश्वव्यापी उद्योगको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने गरी तयार पारिएको छ ।

नेपालमै ब्रिटिस डिग्री हासिल गर्न आइएसएमटी कलेज

ध्रुवबाबु जोशी
प्रिन्सिपल

नेपालमा हाल पढाइ भइरहेको भन्दा फरक शैलीमा हामी अध्यापन गराउँदै आएका छौं । नेपालमा पढाइ हुने पाठ्यक्रम ‘पम्प इन’मा आधारित छ । विद्यार्थीको दिमागमा पम्प गरेर त्यसलाई परीक्षाको माध्यमबाट मूल्याङ्कन गर्ने शैली नै पम्प इन हो । त्यसको ठीक विपरीत हामीले पम्प आउटमा आधारित पाठ्यक्रममा पढाइरहेका छौं ।

यसमा विद्यार्थीको दिमागमा पम्प गर्नुको सट्टा उनीहरुलाई कन्टेक्स्चुअल ज्ञान प्रदान गर्दै प्रोजेक्ट वर्क, असाइनमेन्ट, फिल्ड वर्क वा रियल टाइम सिनारियोमा पु¥याएको योगदानका आधारमा मूल्याङ्कन गर्छाैं ।

सामान्य रुपमा भन्नुपर्दा हामीले किताबी ज्ञानको साथसाथै व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका छौं ।  विशेषतः परिक्षामा सफल बनाउनभन्दा पनि बजारमा पुगेर सफल बन्न सक्ने दक्ष जनशक्ति निर्माणलाई प्राथमिकता दिएका छौं । यहाँबाट बजारमा गएका विद्यार्थीहरु धेरै हदसम्म सफल भएको हामीले पाएका छौं ।

बजारमा आइएसएमटीका विद्यार्थीको बेग्लै ब्रान्ड नै बनाउन सफल भएका छन । अहिले २०औं लाख खर्च गरेर विदेश जाने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्थामा हामीले सर्वसुलभ मूल्यमा नेपालमा नै ब्रिटिस डिग्रीसहितका कोर्स अध्यापन गराउँदै आएका छौं ।

विद्यार्थीले ६ देखि ७ लाख रुपैयाँसम्ममा नेपालमा नै रहेर ब्रिटिस डिग्री पाउन सक्छन् । ३ वर्षे ब्रिटिस डिग्रीमध्ये बजारमा भएका अन्य कलेजहरुको तुलनामा हामीले थैरै शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं । साथै आइएसएमटीमा अध्ययनरत विद्यार्थीहरुले २ वर्षको कोर्स नेपालमा अध्ययन गरेपछि उनीहरुले चाहेमा स्वतः अष्ट्रेलियाको न्यू क्यासल युनिभर्सिटीमा केड्रिट ट्रान्सफर गरेर जान सक्नेछन् ।

 

विदेशी युनिभर्सिटीमा क्रेडिट ट्रान्सफरसमेत हुन्छ

राजनराज पन्त
आइटी कोअर्डिनेटर, आइएसएमटी

हामीले आइटीमा विशेषगरी बी एससी आइटीको कोर्स अध्ययापन गराँउदै आएका छौं । यो कोर्स ३ वर्षे बेलायतको कोर्स हो, जुन विद्यार्थीले नेपालमै बसेर वा चाहेको खण्डमा दुई वर्षको नेपालको पढाइपछि अष्ट्रेलियाको न्युक्यासल युनिभर्सिटीमा स्वतः क्रेडिट ट्रान्सफर गर्नसमेत सक्नेछन् ।

यसका अलावा हामीले वेबपेज डिजाइन, पिएचपी, जाभा, डाटाबेज एडमिनिस्ट्रेसन, मोबाइल एप डेभलपर कोर्स प्रदान गर्दै आएका छौं । यो कोर्स नेपालमा पढाइ हुने अरु कोर्सभन्दा आधुनिक छ । साथै हाम्रो प्रमुख प्राथमिकता विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक ज्ञान प्रदान गर्नु हो ।

यो कोर्स ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशतमात्र सैद्धान्तिक पढाइ हो । यसका कारण विद्यार्थीलाई काम गर्ने वातावरणसँग अभ्यस्त बनाउने काम गर्दछ ।

इन्टर्नसिपका लागि हामीले नेपालका दर्जनभन्दा बढी आइटी कम्पनीसँग सहकार्य गरेका छौं । जसका कारण इन्टर्नसिप र प्लेसमेन्टका लागि विद्यार्थीले भौतारिनुपर्ने बाध्यताको अन्त्य गर्न चाहेका छौं । हामीले नेपालका नामचलेका आइटी कम्पनीसँगको सहकार्य गरेका कारण पासआउट विद्यार्थीहरुले सहजै नेपालका उत्कृष्ट आइटी कम्पनीमा काम गर्न सक्दै छन् ।

यसका साथसाथै आइएसएमटीका विद्यार्थीहरु देश तथा विदेशका आइटी कम्पनीमा पुग्न सफल भएका छन् ।
हामीले अहिले प्रदान गरेको कोर्स न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएका छौं । हामीले करिब ६ लाखमा नै ब्रिटिस डिग्री प्रदान गरेका छौं । बजारमा अनेकौं ब्रिटिस डिग्रीमा आधारित कोर्स प्रदान गर्ने थुपै शैक्षिक संस्था छन् । तर उनीहरुको तुलनामा हामीले प्रदान गरेको कोर्स सस्तो हुनुका साथै अत्याधुनिकसमेत छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *