Home / Featured / नेपालमा मोबाइल ब्राण्ड : आउँदै हराउँदै (रिपाेर्ट)

नेपालमा मोबाइल ब्राण्ड : आउँदै हराउँदै (रिपाेर्ट)

नेपालमा मोबाइल फोन प्रयोग हुन थालेको १८ वर्ष भयो । पहिलोपटक दीपक मल्होत्राले सन् १९९८ बाट नेपालमा मोबाइल हेन्ड सेट आयात गर्न थालेका हुन् । त्यो बेला नेपालमा चलेका ब्रान्ड भनेको नोकिया, सामसुङ, एरिक्सन, मोटोरोलालगायत थिए । १९९८ भन्दा अगाडि नेपालमा मोबाइल भित्र्याउन खुला थियो । नेपाल दूरसञ्चार प्राधिकरणले १९९८ मा मोबाइल फोन ल्याएपछि नेपालमा माेबाइल आयात गर्न विशेष लाइसेन्सको व्यवस्था गर्याे ।

सन् २००१ मा सामसुङ मोबाइलको आधिकारिक विक्रेताको रुपमा आइएमएसमार्फत दीपक मल्होत्राले सामसुङ मोबाइल सेट आयात गर्न थालेका हुन् । मोबाइल फोन इम्पोर्ट एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राका अनुसार नेपाल अहिले झन्डै ४५ वटा ब्रान्डका मोबाइल आयात भइरहेका छन् । आयात भइरहेका ब्रान्डहरुमध्ये केही विश्वप्रसिद्ध छन् भने केही मध्यमस्तरका छन् ।

मोबाइल फोन इम्पोर्ट एसोसिएसनका अनुसार नेपालमा हाल २५ जना मोबाइल आयात गर्ने व्यवसायी छन् । जसले विश्वका विभिन्न देशबाट नेपालमा मोबाइल ल्याएर नेपालका रिटेलरलाई बेच्ने गर्छन् ।

नेपाली बजारमा सामसुङ, आइफोन, हुवावे, जिओनी, ओप्पो, एलजी, लाभा, सोनीलगायत ब्रान्डहरु छन् । यसैगरी कलर्स, एप्पल, नोकिया, लेनोभो, इन्टेक्स, इनफोकस, जेडटिई, डिटिसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटिसी, ब्ल्याकबेरी, पानासोनिक, सेलकोन, जोलो, विनकम, फ्लाई, भिडियोकन, टचकन, एल्कटेल, एचपी, इलिफोन, तोसिबा, बर्ड, कुलप्याड, किभीलगायत ५० भन्दा बढी मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन् । यी ब्रान्डबाहेक पनि नेपालमा थुप्रै चिनियाँ ननब्रान्डेड फोन नेपाली बजारमा भित्रिरहेका छन् ।

मोबाइल फोन इम्पोर्ट एसोसिएसनका अनुसार नेपालमा हाल २५ जना मोबाइल आयात गर्ने व्यवसायी छन् । जसले विश्वका विभिन्न देशबाट नेपालमा मोबाइल ल्याएर नेपालका रिटेलरलाई बेच्ने गर्छन् ।

नेपाली ब्राण्डका माेबाइल चल्न सकेनन्
नेपालमा उपलब्ध अधिकांश मोबाइल सेट छिमेकी र तेस्रो मुलुकबाट आउने हुन् । नेपालमा मोबाइल ‘म्यानुफ्याक्चरर’ कुनै उद्योग छैन । यसर्थ, नेपालमा विक्री हुने सम्पूर्ण मोबाइल, ट्याब्लेट तथा फोनहरु आयातित नै हुन् । तर, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नभएका र नेपाल नै ब्रान्ड स्थापित गर्ने हेतुले यहाँ केही प्रयासहरु भएका छन् । यसमध्ये एक सफल उदाहरण हो, कलर्स मोबाइल ।

कलर्स मोेबाइल नेपालमा नै सुरु भएको र राम्रो बजार लिन सफल मोबाइल हो । जसले, म्यानमारलगायतका देशहरुमा समेत एक्स्पोर्ट गर्दथ्यो । तर, पछिल्लो समय यो मोबाइलको बजार पनि खस्केको छ । अहिले केही स्मार्टफोनबाहेक बारफोनमा चलिरहेको छ कलर्स । टेलिटकअन्तर्गत रहेको कलर्सको बजार खस्किने सम्भावनापछि नै यसले जिओनी स्मार्टफोनको बजार यसले बढाएको हो ।

पछिल्लो समय जिओनीको बजार नेपालमा राम्रो देखिएको छ । एक समय निकै राम्रो बजार हिस्सा लिएका नेपाली ब्रान्डका रुपमा चिनिने कलर्सलाई पनि अहिले आएर बजारमा टिक्न निकै मुस्किल भएको भन्दा अत्युक्ति हुनेछैन ।

यसैगरी गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले आर्क नामक ब्रान्ड नेपालमा स्थापना गर्ने प्रयास ग¥यो । ठूलो रकम खर्च गरेर सार्वजनिक गरिएको मोबाइल बजारमा टिक्नै सकेन । सार्वजनिकको क्रममा आएका केही सेटबाहेक अन्य मोडलहरु बजारमा नल्याई कम्पनीले आर्क मोबाइलबाट हात झिक्यो र सामसुङ मोबाइलको बजारमा आइएमएससँग सहकार्य गर्ने प्रयास ग¥यो ।

कलर्स मोेबाइल नेपालमा नै सुरु भएको र राम्रो बजार लिन सफल मोबाइल हो । जसले, म्यानमारलगायतका देशहरुमा समेत एक्स्पोर्ट गर्दथ्यो । तर, पछिल्लो समय यो मोबाइलको बजार पनि खस्केको छ । अहिले केही स्मार्टफोनबाहेक बारफोनमा चलिरहेको छ कलर्स ।

अहिले चौधरी ग्रुपको ब्रान्ड सिजी अन्तर्गत केही स्मार्टफोन तथा बारफोनहरु बजारमा छन् । तर पनि चिनियाँ र विदेशी फोनको दबदबामा नेपाली ब्रान्ड बजारमा टिकिरहन मुस्किल नै देखिएको छ ।

आइटी व्यवसायीले पनि चलाउन सकेनन् मोबाइल
नेपालमा पहिलेदेखि नै कम्प्युटर तथा आइटीको व्यापारमा लागेका व्यवसायी पछिल्लो समय फरक व्यवसायतिर ढल्किरहेका छन् । आइटी तथा हार्डवेयरको व्यवसायमा अप्ठ्यारो महसुस गर्दै कोही व्यवसायी पछिल्लो समय ह्वात्तै बढेको मोबाइल बजारतिर प्रवेश गर्ने प्रयास गरेका छन् । तर पनि अधिकांश आइटी व्यवसायी मोबाइल बजारमा टिक्न गाह्रो भइरहेको छ ।

नियोटेरिकले पहिले नोकियाको विक्रीवितरण गथ्र्यो । तर, पछिल्लो समय नोकिया अस्ताएपछि स्टोरमा अन्य ब्रान्डका मोबाइलहरु विक्री गरेर बसेको छ । एसर, लेनोभो, एचपी स्मार्टफोनहरु आइटीका पुराना व्यवसायीले गर्ने प्रयास गरेका थिए । मर्कन्टाइलले एसरका केही सेटहरु बजारमा ल्याए पनि चल्न सकेनन् ।

ल्यापटप तथा अन्य प्रडक्टको व्यापार गर्ने अमित अग्रवालले पछिल्लो समय आइलाइफको नामबाट लेनोभो मोबाइलको विक्रीवितरण गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा सफल भइरहेको लेनोभोले नेपालमा खासै सफलको ग्रेडमा आउन सकिरहेको छैन ।

सागर ग्रुपले पनि केही वर्षअघि प्रेस्टिजिओ स्मार्टफोन नेपाल भिœयाएको थियो । तर, केही महिनामै यो हाम्रो लागि उपयुक्त बिजनेश नभएको भन्दै कम्पनीले यसबाट हात झिक्यो । जेनेरेशन नेक्स्टले भने आइफोन र एचटिसीको आधिकारिक विक्रेता भएपछि यस क्षेत्रमा ऊ सफल छ ।

नेपालमा २–४ वर्ष अगाडि राम्रो मार्केट लिएका धेरै भारतीय ब्रान्ड र केही विश्वप्रसिद्ध ब्रान्डसमेतको उपस्थिति अत्यन्तै न्यून भएको छ भने केही नेपाली बजारबाट हराइसकेका छन् ।

एक वर्षको अन्तरालमा आएका मोबाइल ब्रान्ड
यो एक वर्षको अन्तरालमा नेपालमा दुई दर्जनभन्दा बढी मोबाइल ब्रान्ड भित्रिएका छन् । यसमध्ये सबैभन्दा सफल ब्रान्ड ओप्पो रहेको छ । आक्रामक बजारीकरणका साथ आएको ओप्पोले चाँडै नेपालको बजारमा स्थापित हुने प्रयास गरेको छ । यसै क्रममा आएको मेइजु भने खासै दमदार रहन सकेन । अन्तर्राष्ट्रिय बजारको राम्रो स्मार्टफोन जेडटिईले पनि नेपालमा ठूलो धमाका मच्चाउन सकेको छैन ।

वान प्लस स्मार्टफोनले भने राम्रै व्यापार गरिरहेको छ । पछिल्लो समय कुलप्याड र इनफोकस विस्तारै बजारमा अघि बढिरहेका छन् । एपेक्स डिजिटल ग्रुपले ल्याएको जोप्पोको बजार सोचजस्तो सफल छैन । यसै वर्ष इलिफोनले पनि नेपाली बजारमा उपस्थिति जनाएको छ । यीलगायत अन्य ब्रान्ड पनि छन्, जुन एक वर्षको अन्तरालमा नेपालमा बजार विस्तार गरिरहेको अवस्था छ ।

नेपाली बजारबाट हराउँदै गरेका ब्रान्ड
नेपालमा २–४ वर्ष अगाडि राम्रो मार्केट लिएका धेरै भारतीय ब्रान्ड र केही विश्वप्रसिद्ध ब्रान्डसमेतको उपस्थिति अत्यन्तै न्यून भएको छ भने केही नेपाली बजारबाट हराइसकेका छन् । अर्कातिर केहीलाई बजारमा टिक्न हम्मेहम्मे परेको छ । भारतीय बजारमै भारतीय ब्रान्डको बजार चिनियाँ मोबाइलले खोसेको सन्दर्भमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा पनि परेको छ ।

केही वर्षअघि नेपालमा राम्रै पकड बनाएका कार्बोन, स्पाइस, पानासोनिक, एलजी, जोलोजस्ता सेट आजकल पाइँदैनन् । पछिल्लो समय एलाइड ट्रेड लिंकबाट विक्रीवितरण हुने कार्बन र पानासोनिकको धर्मराउँदो अवस्था छ । आधिकारिक रुपमा घोषणा नगरे पनि कम्पनी बन्दको अवस्थामा छ । यसैगरी जोलो, सेलकोन, अल्काटेल, बिक्यु, केन्जिन्डा आदि मोबाइल सेटहरु केही महिनाको अन्तरमै हराएरका छन् ।

केही समय नेपाली बजारमा चलेका स्मार्टफोनहरु टचकन, फ्लाई, विनकम, वर्ड, किभीजस्ता कम रेन्जका मोबाइल पनि बजारबाट हराउँदै गएका छन् । यी मोबाइलहरु बारफोनको बजारमा भने अझै पनि केही कतै रहिआएका छन् ।

चौधरी ग्रुपले एलजी जस्तो अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपालमा चलाउन नसकेको प्रस्ट देखिन्छ । नेपालका ठूला औद्योगिक घरानाले पनि हात हालेको मोबाइल बजार टिक्न मुस्किल परेको छ । ज्योती ग्रुपअन्तर्गत रहेको स्पाइस मोबाइल लगभग बजारमा छैन । पछिल्लो समय ल्याएको ओबीले नेपालमा कुनै तहल्का मच्चाउन सकेन । गुगलको सहकार्यमा ल्याइएको एन्ड्रोइड वान सेटहहरु पनि नपाली बजारमा खासै चलेनन् ।

हुन त नेपालमा मोबाइल चल्न त्यस ब्रान्डको अन्तर्राष्ट्रिय बजारले पनि प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्लो समय पुनः आउन लागेको नोकियाले बजारमा पक्कै प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । यसअघि माइक्रोसफ्टको नोकिया विन्डोजले नेपालमा बजार जमाउन सकेन । तर, अझै पनि नोकियाको बारफोन खोज्नेहरु बजारमा उत्तिकै छन् । ब्लाकबेरी, मोटोरोला सेटहरु नेपालमा खासै जम्न सकेनन् । लेनोभोले पछिल्लो समय उत्पादन गरेको स्मार्टफोनहरु बजारमा उपलब्ध भए पनि यसको बजार खासै बढ्न सकेन ।

पछिल्लो समय भारतीय मोबाइलहरुको बजार खस्केको छ । कुनै समय भारत र नेपालमा समेत दोस्रो स्थानसम्म उक्लेको माइक्रोम्याक्सको बजार खस्कँदो क्रममा छ । लाभाले पछिल्लो समय सेटहरु चीनबाट नै आयात गर्न थालेको छ । यसैगरी भारतीय बजारका कार्बन, स्पाइसलगायत अन्य दर्जनौं ब्रान्ड कुनै हराइसकेका छन् भने कुनैको बजार साँघुरिँदै गएको छ ।

मोबाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राका अनुसार मोबाइल व्यवसायलाई राम्रोसँग नबुझी हात हाल्दा यस्ता मोबाइल नेपालमा टिक्न नसकेको बताउँछन् । त्यसैगरी, सम्बन्धित ब्रान्डको कम्पनीले नेपालमा लोकल इन्पोटरलाई सहयोग गर्न नगर्नु पनि अर्को कारण भएको मल्होत्रा बताउँछन् । मार्केटिङमा ठूलो लगानी गर्न नसक्ने ब्रान्ड टिक्न नसक्ने कुरा उनी बताउँछन् । यसैगरी, आफ्नै आरएनडी नभएका मोबाइल ब्रान्डलाई पनि अहिलेको प्रतिस्पर्धात्मक बजारमा टिक्न मुस्किल भएको कुरा मोबाइल व्यवसायीहरु बताउँछन् ।

केही समय नेपाली बजारमा चलेका स्मार्टफोनहरु टचकन, फ्लाई, विनकम, वर्ड, किभीजस्ता कम रेन्जका मोबाइल पनि बजारबाट हराउँदै गएका छन् । यी मोबाइलहरु बारफोनको बजारमा भने अझै पनि केही कतै रहिआएका छन् । पछिल्लो समय बजारमा आएका जेडटिई, इन्फोकस, जोप्पो, मेइजु, कुलप्याडलगायत ब्रान्डलाई पनि बजार त्यति सहज भने देखिँदैन ।

नेपाली बजारमा सफल केही ब्रान्ड
नेपाली बजार मोबाइलका लागि सम्भावनाको क्षेत्र हो । तर पनि सीमित जनसंख्या र अधिकांशको हातमा मोबाइल पुगिसकेको अवस्थाले बजार स्थिर रहला कि भन्ने पनि छ । तर, जति नयाँ विशेषतासहितका अत्याधुनिक फोनहरु आइरहेका छन, यिनीहरुले उपभोक्ताको मन जितिरहेका छन् ।

नेपाली बजारमा पहिलेदेखि चलिरहेका र पछिल्लो समय आएका केही ब्रान्डले बजार लिइरहेको देखिन्छ । हामीले न्युरोडको मोबाइल बजार र केही व्यवसायीसँगको कुराकानीका आधारमा नेपालमा सफल १० मोबाइल ब्रान्ड यहाँ उल्लेख गरेका छौं ।

सामसुङले बजारमा नोकिया अस्ताएपछि पहिलो स्थानमै पकड जमाइरहेको छ । उच्च विशेषतासहितका स्मार्टफोनहरुले उपभोक्ताको मन जितिरहेको सामसुङको पछिल्लो समयको बजार केही तल झरेको हो कि भन्ने केहीको अनुमान छ ।

 बजारमा आइफोन, लाभा, साओमी, माइक्रोम्यास, वान प्लस, लेनोभो आदिको बजार राम्रै रहेको उपभोत्ता तथा व्यवसायीको मत छ । यसैगरी पछिल्लो समय आएका इन्फोकस, जेडटिईए, कुलप्याड, जोप्पोको बजार पनि बढ्दै गइरहेको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

हुवावे छोटो समयमै स्थापित भएको मोबाइल ब्रान्ड हो । यसले सामान्य स्तरबाट इन्ट्री गरेको थियो र बजार बढाउँदै झन्डै दोस्रो स्थानमा यो पुगेको छ । हुवावेको बजार पछिल्लो समय केही स्लो भएको व्यवसायीहरु बताउँछन् । केही महिनादेखि नयाँ स्मार्टफोन नआएका कारण पनि बजार खस्केको हो कि भन्ने केहीको अनुमान छ ।

जिओनीले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । पछिल्लो समय जिओनी एस ५ एस, एफ १०३ प्रो, ए वानजस्ता स्मार्टफोनले यसको बजार बढाएको छ । ओप्पोको नेपालमा धमाकेदार इन्ट्री भएको छ । यसले छोटो समयमै राम्रो बजार लिँदै गएको व्यवसायीको भनाइ छ ।

यसैगरी बजारमा आइफोन, लाभा, साओमी, माइक्रोम्यास, वान प्लस, लेनोभो आदिको बजार राम्रै रहेको उपभोत्ता तथा व्यवसायीको मत छ । यसैगरी पछिल्लो समय आएका इन्फोकस, जेडटिईए, कुलप्याड, जोप्पोको बजार पनि बढ्दै गइरहेको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *