Home / Featured / मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली

मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली

शैलेश ज्ञवाली
ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र लाउने कपडा देखि गरिने सञ्चारको क्ष्ँेत्रमा निकै धेरै परिवर्तनहरु भइसकेका छन् । विभिन्न वैज्ञानिकहरुले हामीले गर्ने सञ्चारको बाटोलाई परिवर्तन गरिदिएका छन् आज तर ति मध्ये ग्रँम बेल हुन् जसले पहिलोपटक लामो दुरीका व्यक्तिहरु विच सञ्चार हुने टेलिफोन बनाएको ।

यसको परिचयसंगै अब कसरी एकअर्कासंग सञ्चारको माध्यमवाट हरेक पल नजिक हुन सकिन्छ भनेर अन्वेषण हुदै जादा यो न“या शताब्दीमा आइपुग्दा प्रविधिले निकै ठुलो फड्को मा¥यो र मोबाइल फोनको विकास भयो । सानो हेन्ड–हेल्ड (हातमा बोक्नसकिने) डिभाइसको रुपमा मोबाइल परिचित भयो जसलाई जोसुकैले जतासुकै बोकेर लान सक्ने र त्यस्तै डिभाइस भएकाहरुसंग कनेक्ट गर्न सकिन थालियो ।

यघपी मोबाइलको परिचयले मात्र अब प्रविधिलाई चिक्त बुझेन किनभने अर्को पुस्ताको प्रविधी शुरु हुनथाल्यो जसले गर्दा विभिन्न विकासकर्ता (डिभ्लोपर्स)हरुले मोबाइल सञ्चार (कम्युनिकेशन) लाई अझै राम्रो र अनुभवी बनाउन न“या–न“या टेक्नीक ल्याउन थाले । अहिले हामीसंग के को समय छ भन्नुपर्दा त्यो मोबाइल कम्प्युटिङ को हो ज“हा हामी मोबाइलवाट बोल्ने मात्र नभएर इन्टरनेटमा कनेक्ट हुने र अन्य विभिन्न सुचनाहरु पाउन सकिरहेका छौ ।

अहिलेको समयसम्म आइपुग्न मोबाइल टेक्नोलोजीलाई निकै समय लागेको छ । हिजो मोबाइल टेक्नोलोजी कस्तो थियो , आज कस्तो छ र भोली कस्तो हुनेछ ? अब केही यस विषयमा कुरा गरौ । यिनीहरुको भुत , वर्तमान र भविष्यलाई जान्ने कोशिष गरौ ।

मोबाइल टेक्नोलोजीको मुल्यांकनसंगै यो आज मोबाइल ब्रोडब्याण्डमा आइपुगेको छ , यस्तो अवधि जुन वास्तवमै वायरलेस इन्टरनेट कनेक्टीभिटीको लागी प्रयोग भएको छ विभिन्न डिभाइसहरुको माध्यमवाट । तर मोबाइल डिभाइसहरुलाई नै सर्वोत्कृष्ट डिभाइसको रुपमा चिनिन्छ जुन चलायमान छ र यो वायरलेस र छरितो पनि छ ।

यसअघि , एटी र टि थिए जसले मोबाइल रेडियो निर्माण गरेका थिए । मोबाइल फोन जस्तै हामीले नजानेको अग्रगामी भनेको के हो भने मोबाइल रेडियोको नामाकरण एमटिएस गरिएको थियो र यो खासगरी युएसएसका शहरहरुमा कम्युनिकेशन सुविधा दिनका लागी निर्माण गरिएको थियो ।

यसले मुख्यत ९११ म सर्भिस दिने गरथ्यो । यो डिभाइस यसरी बनाइएको थियो कि एउटा मानिसले अपरेटरसंग कनेक्ट गर्न सक्थ्यो र अपरेटरलाई अथवा ९११मा अर्को स्थानमा कनेक्ट गर्नका लागी सोध्नुपर्थ्यो । मोबाइल रेडियोमा प्रयोग भएका केही टेक्नोलोजीहरिु एमटीएस(मोबाइल टेलिफोन सिस्टम) , आइएमटिएस , एएमटीएस सहिते पिटीटी (पुस टु टक ) फिचरहरु रहेका थिए ।

यो डिभाइसलाई अझ विकास बेलसंगको सहकार्यमा मोटोरोलाले १९४६सालमा गरेका थिए । यसलाई बजारमा लाने काम आरसीसी र युएसएका टेलिफोन कम्पनीहरुले गरेका थिए । पछि त्यही सेवालाई विभिन्न होम कम्पनीहरु युएसएसआर , पश्चिम जर्मनी , युके , युरोप , नर्वे र फिन्लेन्डले पनि लन्च गरेका थिए । यघपी त्यतीबेला समस्याहरु पनि धेरै थिए जस्तै ‘रोमिङ’ उपलब्ध थिएन तर जब न“या युगको शुरुवात भयो मोबाइल टेक्नोलोजीले तिव्र विकास पायो र पाइरहेको पनि छ ।
मोवाइल पुस्ता १ जी देखि ५ जीको विकासक्रम

रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरेशनको वायरेस टेलिफोन टेक्नोलोजी मानिन्थ्यो । १९८०मा पहिलो एनलग टेलिकम्युनिकेशन स्ट्यान्डर्ड परिचित भएको थियो जसको भ्वाइस वाहेक २८ केबीपीएस देखि ५६ केबीपीएस स्पीडसम्मको डाटामा पहु“च पुग्थ्यो । १९७९ को अन्त्य र १९८० को शुरुवाततिर जापानको एनटीटीले पहिलोपटक पहिलो जेनरेशनको मोबाइल कम्प्युटिङ लन्च ग¥यो जसलाई डेन्मार्क र फिन्ल्यान्डको एनएमटीले पछ्याए ।

त्यसपछि ८० साल तिर विश्वभर यो प्रविधी परिचित भयो । मोबाइल कम्प्युटिङको विकासमा रेडियो मोबाइल अथवा जिरो जी देखि १ जी त मात्र शुरुवात थियो किनभने टु जी अथा दोश्रो जेनरेशन(पुस्ता) को मोबाइल कम्प्युटिङ पनि चिन्नमा आयो । टु जी मोबाइल नेटवर्क डिजिटल सिग्नलद्धारा विकास गरिएको थियो जुन अघिल्लो जिरो र १ जीमा थिएन । १ र जीरो जीमा एनलग थियो । सिग्नलहरु डिजीटल भएकोले टु जीमा डाटा प्रयोग , इन्क्राइप्सन र डिक्राइप्सन प्रदान गरथ्यो ।

टु जी कै समयमा पहिलो एसएमएस सर्भिस परिचित भएको थियो । टु जी जिएसएम स्ट्यान्डर्डमा सञ्चालित थियो र पनि डाटा सम्पुर्ण मोबाइलहरुमा पठाउन सकिने व्यवस्था भने थियो । टु जी नेटवर्कहरु विभिन्न फ्रिक्वेन्सीमा सम्वन्धित छन् जस्तै जिएसएम , सिडिएमए ४५० , सिडिएमए २००० , आइएस ९५ (जसलाई सिडिएम वान पनि भनिन्छ) , पिडीसी(जापानमा प्रयोग भएका) र आइ–डेन रहेका छन् ।

विश्वभर रहेका विकासकर्ताहरुले अझै आराम गरेनन् र अझै बढी चाहेकै कारण दोश्रो पुस्ताको मोबाइल नेटवर्क पनि बढ्यो र दुई सेक्टरमा विभाजित हुन पुग्यो जसलाई जिपीआरएस अथा २.५ जी र एज अथवा २.७५ जी भन्न थालियो ।

हामी २.५ जीलाई वान एक्स आरटीटीको सहकार्यमा पाउछौ र जेनरल प्याकेट रेडियो स्वीचिङलाई प्याकेट स्वचीङ डोमेनको रुपमा पाउछौ जसले डाटा ट्रान्सफर र ५६ केबीपीएस देखि ११५ केबीपीएसको स्पीड दिन सक्छ । यो डब्लुएपी , एमएमएस , इन्टरनेट कनेक्टीभीटी र वल्ड वाइड वेभ ब्रोसिङ गर्नका लागी विकास गरिएको थियो । बढी स्पीडको आवश्यकतामा यसले सहयोग गरेको थियो र २.७५ जी लोप हुन पुगेको थियो ।

जपीआरएसले बढी स्पीडमा सेवा दिन थालेपछि समयको परिवर्तन संगै अन्ततः मोबाइल नेटवर्क तेश्रो जेनरेशनमा प्रवेश गर्न पुग्यो ।

धेरै स्पीड र तिव्र डाटा ट्रान्सफरको आवश्यकतालाई तेश्रो जेनरेशनको मोबाइल नेटवर्क सिस्टमको जन्मले पुरा गरिदियो ।यो जेनरेशनमा डाटा ट्रान्सफर रेट २०० किलो बाइट पर सेकेण्ड थियो । भिडियो कलिङ ,मोबाइल टीभीमा पहुच पु¥याउन र मोबाइल फोनलाई मोडेमसरह प्रयोग गरि वायरलेस इन्टरनेट कनेक्टीभीटी पीसी र ल्यापटपमा पनि सम्भव बनाउन डाटा ट्रान्सफरको स्पीड बढाउन आवश्यक रहेको थियो ।

थ्री जीले अपेक्षा गरेको भन्दा माथीको सफलता पनि दियो ।त्यसैले विभिन्न देशहरुले मोबाइल नेटवर्क टेक्नोलोजीमा न“या स्पीड ल्याउन विकास र कसरत गर्न थाले । पहिलो पटक युएमटीएसले ध्(ऋम्ःब् र त्म्(क्ऋम्ःब् लिएर आयो र पछि युएमटीएस एचएसपीएको रुपमा २२ एमबीपीएससम्मको स्पीड दिन संशोधन भएको थियो । पछि यही स्पीडको गतीलाई वाइम्याक्स टेक्नोलोजी र ३.९ जी भन्न थालियो र आरटीटीद्धारा प्रयोग गरिएको एलटीइ एडभान्स टेक्नोलोजी आयो जसलाई ४ जी भन्छौ ।

लामो समयको विकास र कसरतपछि मोबाइल नेटवर्क टेक्नोलोजीमा चौथो जेनरेशन आयो जसलाई ४ जी भनिएको हो । तिव्र गती (स्पीड) र डाटा कनेक्टीभिटी र विभिन्न डोमेनहरुको आवश्यकताका कारण आज यो न“या जेनरेशनको मोबाइल टेक्नोलोजीको विकास भएको कुरा बताइन्छ । भनिन्छ मानिसको आवश्यकताहरु कहिल्यै पुरा हुदैनन् र त्यसकै फलस्वरुप थ्रिडी मुभी , स्ट्रिमिङ फास्टर भिडियो र वायरलेस कनेक्टीभीटीसहित इन्टरनेट ब्रोसिङका आवश्यकताहरु आयो जसलाई पछिल्लो पुस्ताको मोबाइल नेटवर्क टेक्नोलोजी फोर जीले नै पुरा गरेको हो ।

जतिवेला थ्रि जीको विस्तार हुदै थियो त्यतीबेला वाइम्याक्स र एलटीइको विकास भएको थियो जुन शुरुवाती अवस्थामा थिए तर अहिले रिलिज भएको छ । मोबाइल टेक्नोलोजीका अर्डर भर्सनसंग तुलना गर्ने हो भने यो चौथो पुस्ता (फोर जी) लाई सरक्युट स्वीचिङ म्याथड लाई प्रयोग नगरेर आइ पी प्रयोग गर्छ जसले भ्वाइस ट्रान्सफर र डाटालाई अत्याधिक स्पीड र फ्रिक्वेन्सीमा ट्रान्सफर गर्छ ।

आइएमटी एडभान्स नामक स्ट्यान्डर्ड सेट भएको थियो र एलटीइ एडभान्स अथवा लंग टम इभोलुसन एडभान्सको विकास भएको थियो जसले १ जिबीपीएस डाउनलोड र ५ सय एमबीपीएस अपलोड स्पीड दिन्छ । आइएमटी एडभान्स सेक्युर आइपी बेस्ड टेलिफोनी सिस्टम र आइपी मोबाइल ब्रोडब्याण्ड सिस्टम प्रदान गर्न सेट भएको थियो जसले प्रयोगकर्ताहरुलाई मोबाइल ग्यामिङ , भिडियो च्याट र अन्य फिचरका लागी मद्धत गर्छ ।

तर नेपाला पछिल्लो समय सुरु भएको फोरजी सेवामा यो लेवलको स्पिड भने प्रदान गर्न सकेको छैन । नेपाल टेलिकमले सुरुमा ३४ एमबिपिएसको डाउनलोड र १० एमबिपिएसको अपलोड स्पिड प्रदान गरेको छ ।

अहिले अनुसन्धानकर्ता र विकासकर्ताहरु उनीहरुको पेपर बेस्ड आदर्शमा रहेर अर्को पुस्ताको मोबाइल नेटवर्क टेक्नोलोजी बनाउने कसरतमा छन् जसलाई ५ जी अथवा पाचौ पुस्ता भनिन्छ । यो चाडै प्रयोगमा आउने क्रममा भएकोले त्यती धेरै जानकारी नभएपनि १ जिपीबीपीएस देखि १ सय जिपीबीपीएस सम्मको इस्टिमेट स्पीड रहेको बुझिएको छ । टेलिकम्युनिकेशनका दैत्यहरुले बजारमा न“या टेक्नोलोजी विकास त गरिसकेका नै छन् र हामी उनीहरुकै हातमा छौ । त्यसैले कति चाडो हामी न“या टेक्नोलोजी हेर्न पाउनेछौ भन्ने विषय चासोमा छ अहिले ।

 

रेडियो टेलिफोनदेखि ५ जी सम्म आएको टेक्नोलोजी अझैपनि विकास हुदै नै जानेछ किनभने मोबाइलको प्रयोग र यसको सन्तुष्टी दुवै हामीलाई कहिल्यै पर्याप्त हुदैनन् । अहिले पाचौ पुस्ताको मोवाइल नेटवर्क जेनेरेशनको कुरा चलिरहदा बैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले छौटौ र सातौ पुस्ताको इन्टरनेटको भविश्ष्वाणी गरिसकेका छन ।

 

Check Also

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

चार शहरमा ‘एनसेल मेला’ आयोजना हुने

मनोरञ्जनले भरिपूर्ण फोरजी केन्द्रित मेला पुष ८ गतेबाट सुरु एनसेल प्रा. लि.ले देशको विभिन्न चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *