Home / Featured / एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ ।

उत्कृष्ट प्रस्तोतालाई हरेक हप्ता आकर्षक फोरजी मोबाइल पुरस्कार

ग्राहकहरुमाझ लोकप्रीय बनि रहेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबार ९असार ५० बाट सुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् ।

शनिबार काठमाडौंमा आयोजित एक विषेश कार्यक्रम माझ यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो । उक्त कार्यक्रममा कलाकार, संगीतकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।


एनसेलले आफ्नो पिआरबिटी र टोन सेवा मार्फत गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै, गत जेठ १२ लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप ल्याएको थियो । यस एपमा स्न्याप क्याराओके जस्तो विषेशता रहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।
गीत संगीतका पारखीहरु तथा सधै थप सामाग्रीहरु खोज्ने ग्राहकहरुका लागि नेपाली तथा अन्र्तराष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न र देशको गीत(संगीत उद्योगको दीगो विकासमा योगदान पुर्याउन योण्डर म्युजिकसँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौ ”  एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

“योण्डर म्युजिक एपमा रहेको स्न्याप क्याराओके विषेशताको प्रयोग गर्दै ग्राहकहरुलाई आफ्नो प्रतिभा देखाउन प्रोत्साहन गर्ने उदेश्यले सोमबारबाट लागु हुने साप्ताहिक ‘योण्डर क्याराओके प्रतियोगिता’ को घोषणा गर्न पाउँदा हामी खुसि छौ ।

यसले ओझेलमा परेका तथा लुकेर बसेका प्रतिभाहरुको प्रस्फुटनका निमित्त अवसर प्रदान गर्दछ । हामीलाई विश्वास छ यो प्रतियोगिताले विभिन्न व्यक्तिहरुमा रहेको प्रतिभा बाहिर ल्याउनमा योगदान गर्नेछ र गीत–संगीत उद्योगलाई संभावना बोकेका प्रतिभाहरुको पहिचानमा सहयोग गर्नेछ”, पर्किन्सले भने ।
एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा ३ःथकलबउपबचबयपभध्भभपज्ञ ट्याग सहित पोस्ट गर्नुपर्नेछ । क्याराओकेमा रेकर्ड गरिएको गीतहरु सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि हरेक हप्ता ह्यास ट्याग छुट्टै हुनेछ । जस्तै दाश्रो हप्ताको क्याराओके प्रतियोतितामा सहभागिता जनाउन ग्राहकले ३ःथकलबउपबचबयपभध्भभपद्द ट्याग गरेर गीतहरु पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिक प्रतियोगिता सोमबार देखि आइतबारको समय चक्रमा ४ हप्ता सम्म संचालनमा रहनेछ ।


यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरु छानिने छन् । उत्कृष्ट १० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यास ट्गाय सहित कम्तिमा पनि १०० लाइक पाएको हुनु पर्नेछ । चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णयक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ । विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउने छैनन्।

हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कार हस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौ बाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाट पुरस्कार लिन सकिनेछ ।

योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् ।

मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमा असार १६ गते सम्म एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि योण्डर म्युजिकमा निःशुल्क अनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन् । यसका लागि ग्राहकले ८३२४३ डायल गरी सेवा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट विषेशताले भरिएको यो एप सजिलै डाउनलोड सक्छन् र पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिई रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *