Home / Featured / अब मोबाइलमै राजपत्र पढ्न सकिने, ‘Nepal Gazette’ एप सार्वजनिक

अब मोबाइलमै राजपत्र पढ्न सकिने, ‘Nepal Gazette’ एप सार्वजनिक

सूचना प्रविधि विभागद्धारा निर्माण गरिएको ‘नेपाल गजेट’ (नेपाल राजपत्र) मोबाइल एप आज एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको छ ।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधिमन्त्री दिपक बोहराले सो मोबाइल एप सार्वजनिक गरे ।

यस एपको प्रयोग गरी नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढ्न सकिने र राजपत्रमा प्रकाशित सामाग्रीको बिषय वा प्रकाशन मिति बाट आफूले खोजेको राजपत्र फेला पार्न सकिन्छ ।

साथै यो मोबाइल एप्लिकेशनलाई www.rajpatra.gov.np सँग Synchronize गरी कुनै नयाँ राजपत्र प्रकाशित हुनासाथ मोबाईलमा नोटिफिकेशन आउने व्यवस्था समेत रहेको छ ।

चाडै नै यो मोबाइल एपमा नेपाल सरकारका निकायहरुबाट जारी हुने प्रेस विज्ञप्तिहरु उपलब्ध हुने व्यवस्था पनि थप गर्ने योजना रहेको छ । यो एप गुगलको प्लेस्टोरमा गई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

उक्त उद्घाटन कार्यक्रममा विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट विशेष अतिथि र सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग अतिथिको रुपमा उपस्थित थिए भने विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले कार्यक्रमको अध्यक्षता गरेका थिए । साथै सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले नेपाल राजपत्र मोबाइल एप्लिकेशनको प्रयोग गर्ने तरिकाबारे प्रकाश पार्नु भएको थियो ।

डाउनलोड लिंक : play.google.com/store/apps/details

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *