Home / Featured / नचिनेका नम्बरबाट आएको फोन कसले गर्यो भन्ने पत्ता लाग्ने नेपाली एप्स

नचिनेका नम्बरबाट आएको फोन कसले गर्यो भन्ने पत्ता लाग्ने नेपाली एप्स

तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने तपाइँलाई फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।
विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको हो । अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्ने एप निर्माता कम्पनी अाइटेक नेपाल डटकमले अपेक्षाा राखेकाे छ ।
डाउनलोड कसरी गर्ने ?
तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्,  “Nepal Caller”  सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ । डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

One comment

  1. यो जाठो एप्स के के न होला भनेर हतारमा डाउन्लोड गरेको आलु पर्यो । केही न काम को सेफ गरेको त नम्बर पुरैमा देखाउदैन नगरेको कहाँ बाट देखओस प्रमोसन पनि कसेरी भाको ? दुनिया लुट्न पल्केका हरुले बनाको होला ।। यो एप्स बाट तपाइलाइ फाइदा हैन ९९% घाटा हुन्छ ? सक्छौ राम्रो बनाउ र प्रमोसन गर सक्दैनौ एस्तो बनाएर जनता झुक्याउने काम नगर । यो मुला शेर गर्नेले पनि बिचार गरेर त गर्नु पर्छ कल गर्दा नाम आउला भनेको त बिज्ञापन आउँछ ? हा हा हा कमेडी एप्स रहिछ हेर i tech nepal को बिजोग ? त्यो पनि कम्पनीले बनाको ? हैन कुन प्रकारले राम्रो भयो र काम गर्यो ? खै त देखएन त ? लेख्न पाई भन्दैमा जसले जे दियो तेहि लेख्न त मिलेन नि ? हो कि हैन चेक गरेर लेख्नुहोला !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *