Home / Featured / नेटिसका नयाँ एडिएल तथा डिएसएल राउटर नेपालमा

नेटिसका नयाँ एडिएल तथा डिएसएल राउटर नेपालमा

नेपालका लागि नेटिसका राउटर तथा नेटवर्किङ प्रडक्टको अधिकृत विक्रेता फाल्कोन इन्टरनेशनलले डब्ल्युएफ२४०९इ मोडेलको ३०० एमबिपिएस वायरलेस एन राउटर र डिएल४३२३ मोडेलको ३०० वायरलेस एन एडिएसएल २ प्लस मोडेम राउटर नेपाली बाजारमा भित्राएको छ ।

डब्ल्युएफ२४०९इ मोडेलको राउटरले कम्प्युटर, स्मार्टफोन, वायरलेस क्यामेरा तथा अन्य वाइफाइ डिभाइसहलाई ३०० एमबिपिएस हाइ स्पिडमा कनेक्ट गर्न सक्दछ । फाल्कोन इन्टरनेशनलका प्रवन्ध निर्देशक दिपेश श्रिवास्तवका अनुसार राउटरमा ५ डिबीका ३ ओटा एन्टेनाहरुको प्रयोग भएकाले निकै राम्रो वायरलेस कभरेज उपलब्ध गराउदछ ।  यो राउटर फास्ट डाउनलोड, इन्टरनेट कलिङ तथा एचडी भिडियो स्ट्रिमिङका लागि उपयुक्त हुनेछ ।

यस राउटरका अन्य फिचरहरुमा डुअल अपरेसनल मोड, डिएचसिपी, स्टाटिक आइपी, पिपिपिओइ, एल२टिपी, पिपिटिपी, डुअल एक्सेस, डब्ल्युआइएसपि वान कनेक्सन टाइप, मल्टी एसएसआइडी, इन्टरनेट एक्सेस कन्ट्रोल, ब्यन्डविथ कन्ट्रोल, मल्टिपल वायरलेस मोडहरुमा एपी, रिपिटर, एपी प्लस डब्ल्युडिएस, डब्ल्युडिएस, क्लाइन्ट रहेका छन् ।

यसैगरी डिएल४३२३ मोडेलको ३०० वायरलेस एन एडिएसएल २ प्लस मोडेम राउटरमा हाइ स्पिड एडिएसएल२ प्लस मोडेम, ४–पोर्ट एनएटी राउटर र वायरलेस एन एक्सेस पोइन्टलाई कम्बाइन गरिएको छ । यो डिभाइस विशेषतः एन्ड–युजरहरुलाई वायर्ड तथा वायरलेस नेटवर्कमा हाइ स्पिड इन्टरनेट एक्सेस पाउन तथा सेयर गर्न हिसाबले डिजाइन गरिएको छ । मुख्य फिचरहरुमा लेटेस्ट एडिएसएल स्ट्यान्डर्ड सपोर्ट, आइपिटिभी, इथरनेट वान, एसएनएमपी, आइपिभि६, टिआर–०६९ का लागि पोर्ट म्यापिङ, फोरकेभी सुपर लाइटिङ प्रोटेक्सनलगायत छन् । यस डिभाइसबाट प्रयोगकर्ताले वायरलेस एचडी भिडियो स्ट्रिमिङजस्ता एभी ब्यान्डबिथ खपत गर्ने एप्लिकेशनहरुको प्रयोग गर्न सक्ने विक्रेता कम्पनीको दाबी छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *