Home / Featured / ५.८ इन्चको ओएलइडी डिस्प्लेसहित आइफोन ८ सार्वजनिक हुने !

५.८ इन्चको ओएलइडी डिस्प्लेसहित आइफोन ८ सार्वजनिक हुने !

आइफोन ८ कहिले सार्वजनिक हुन्छ ? के के विशेषता हुन्छन् ?  मूल्य कति हुन्छ ? यी प्रश्नहरु आइफोन ७ लञ्च हुनेबित्तिकै गर्न थालिएको हो । विभिन्न स्रोतले आइफोन ८ एप्पलको १०औं वार्षिकोत्सवको अवसर पारेर सेप्टेम्बरमा लञ्च हुने बताइरहेका छन् । कम्पनीले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । यसमध्ये ५.८ इन्चको ओएलईडी डिस्प्लेसहित सार्वजनिक हुने भनिएकाे अाइफाेन ८ बारे विशेष चर्चा भइरहेकाे छ । साथै आइफोन सेभेन एस तथा सेभेन एस प्लस पनि सार्वजनिक हुँदैछ ।

कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिपको नाम आइफोन एक्स राख्ने विभिन्न जानकारीहरु आएका छन् । योसँगै केही आकर्षक फिचरहरुसहित आउन लागेको समाचार पनि आइरहेको छ । ए ११ चिप, ५.८ इनचको ओएलइडी डिस्प्ले, वायरलेस चार्जिङ लगायतका आमूल परिवर्तनसहितका टेक्नोलोजी आइफोन ८ मा पाउन सकिने जनाइएको छ । यसको अर्थ आइफोन ८ मा अहिलेसम्मका आइफोनमा मात्रै नभर्इ हाल बजारमा रहेका आम स्मार्टफोनभन्दा उल्लेख्य रुपमा ठूलो हुनेछ ।

आइफोन ८ धेरै ठूलो हुने भो भनेर चिन्ता लिनेहरुका लागि सुखद खबर के छ भने एप्पलले माथिल्लो र तल्लो भागहरुलाई छाँटेर यसलाई आइफोन ७ प्लसभन्दा सानो बनाउनेछ । तर, यसको मूल्य भने अहिलेसम्म बजारमा ल्याएकोमध्येकै सबैभन्दा महंगो अर्थात् एक हजार डलरभन्दा बढी हुने अनुमान गरिएको छ । स्रोतका अनुसार आइफोन ८ मा ५.८ इन्च डिस्प्ले रहनेछ तर, ५.१५ इन्च मात्रै प्रयोग गर्न सकिनेछ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *