Home / Featured / क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ ।
एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्नोलोजीका शाखाहरुमा सेमिनार गरिने संस्थाका पूर्वाञ्चल को–अर्डिनेटर तथा बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाले जानकारी दिए ।

एसईई र प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरुलाई इञ्जिनियरीङ, नर्सिङ, म्यानेजमेन्ट, फेसन डिजाइनिङ, इन्टेरियर डिजाइनिङ, आर्किटेक्चर, बिएस्सी एग्रिकल्चर, बिई, बिटेक लगायतका विषयमा शैक्षिक परामर्श प्रदान गरिने उनले बताए ।

भारतका एपी गोयल सिमला युनिभर्सिटी, ग्रीनहीलन गु्रप अफ इन्स्टिच्युट, आइइटी भदल टेक्निकल क्याम्पस, गौतम मेडिकल कलेज, एसजेइएस म्यानेजमेन्ट कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई कलेज तथा सम्बन्धित विषयबारे परामर्श दिइने उनले बताए ।

सेमिनारमा सहभागी विद्यार्थीहरुलाई भारत बैंगलोरका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा छात्रवृत्तिसहित भर्ना गरिने क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *