Home / Featured / पोखरामा फागुन ५ देखि क्यान इन्फोटेक तथा मोवाइल एक्स्पो

पोखरामा फागुन ५ देखि क्यान इन्फोटेक तथा मोवाइल एक्स्पो

क्यान महासंघ, कास्कीले पोखरामा इन्फोटेक तथा मोवाइल एक्स्पोको आयोजना गर्ने भएको छ । पोखरामा फागुन ५ गतेदेखि पोखरा एक्जिविसन सेन्टर नया बजारमा हुने एक्स्पोा ९० बढि स्टलहरु रहेका छन ।


पोखरा इलेक्ट्रोनिक्स व्यवसायिक संघसगको सहकार्यमा हुन लागेको यस पटकको इन्फोटेक आठौ संस्करण हो । यस पटक मोवाइल तथा एसेसरिजका मात्र ४० बढि स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।


मेलामा मोवाइल तथा स्मार्टफोन वाहेक कम्प्युटर, ल्यापटप, प्रिन्टर, राउटर, एन्टिभाइरस, सिसि टिभी लगायत प्रडक्टहरुको प्रदर्शन हुनेछ । यसैगरी आइटी कलेज, ट्रेनिङ, सफ्टवेयर, एप्लिकेशन तथा टेक सर्भिस सम्वन्धी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । पोखरामा हरेक वर्ष भइरहेको इन्फोटेक नै उपत्यका वाहिर निरन्तर भइरहने इन्फोटेकमा पर्दछ ।

Can pokhara - online ad
क्यानका दित्तिय उपाध्यक्ष सञ्जय थापाका अनुसार नेपालका ग्रामिण तथा दुर्गम क्षेत्रमा पनिसूचना प्रविधिको पहूँच पुर्याउने तथा प्रोत्साहन गर्ने उद्देश्यले देशका विभिन्न जिल्लाहरुमा इन्फोटेकको आयोजना गरिएको हो । सूचना प्रविधिलाई दुर्गम क्षेत्रसम्म नपुर्याएसम्म देशको समग्र विकास सम्भव नभएकाले आगमि दिनमा पनि क्यानले अन्य जिल्लाहरुमा सुचना प्रविधि मेलाहरुको आयोजना गर्ने कुरा थापाले बताए ।

मेलामा लिभिंग विथ आइसिटीको समेत स्टल रहेको छ। आइसिटीले पोखरा इन्फोटेक बिसेष  पत्रिका प्रकाशन गरेर एक्स्पोमा वितरण गर्नेछ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *