मंगलबार, ७ जेठ, २०७६
Tuesday, 21 May, 2019

'प्रविधिबिनाको जीवन कष्टकर'

म जन्मजात नै दृष्टिविहीन हुँ । अहिले म नेपाल मेघा कलेजमा स्नातक तहमा सोसल वर्क विषय अध्ययन गरिरहेकी छु । मेरो जीवनमा प्रविधिको सहयोगकै कारण यहाँसम्म आउन सकेकी हुँ । मभन्दा अघिको पुस्तालाई हेर्ने हो भने उहाँहरुले आफुलाई मनमा लागेको किताबसमेत पढ्न पाउनुभएन । कसैले सुनाइदिन पथ्र्यो । ब्रेल पनि निकै महँगो पथ्र्यो ।

म अहिले ल्यापटपबाटै कलेजको पढाइ गरिरहेको छु । ल्यापटपमा जज, एनभिडिएजस्ता स्क्रिन रिडर सफ्टवेयरहरु हुन्छन्, जसले टेक्स्टलाई अडियोमा रिड गरिदिन्छ । तर यी सफ्टवेयर महँगो भएकाले हामीले पाइरेटेड सफ्टवेयर नै चलाएका छौं ।

त्यसैगरी मोबाइलमा आइडी प्रो नामको मोबाइल एपबाट म कहाँ जाँदै छु, नजिक कस्ताकस्ता ठाउँहरु छन्, सबै कुराको जानकारी दिन्छ । धेरै कुरामा आइसिटीसँग हामी भर परिरहेका छौं । तर, यो राजधानी, सहर र केही पैसा हुने व्यक्तिहरुका लागि पहुँचमा पुगे पनि अझै लाखौं अपाङ्गता भएका व्यक्तिहरुको प्रविधिबारे बेखबर छन् र नरकीय जीवन जिउन बाध्य छन् । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा