बिहीबार, ९ जेठ, २०७६
Thursday, 23 May, 2019

हुवावेले सार्वजनिक गर्यो पहिलो फाइभ जी फोल्डिङ स्मार्टफोन

काठमाडौँ। विविन्न स्मार्टफोन कम्पनीले फोल्डीङ मोबाइल सार्वजनिक गर्ने खबर आईरहदा हुवावेले पहिलो फाइभ जी फोल्डीङ फोन सार्वजनिक गरेको छ। दुई डिस्प्ले भएको यो फोन पुरै खोल्दा ८ इन्चको डिस्प्ले हुने छ। तिब्र गतीको इन्टरनेट पनि यो फोन ले सपोर्ट गर्नेछ। जुन आगामि वर्ष बाट आउने आशा गरिएको छ।

 गत वर्ष हुवावे विश्व समार्टफोनको व्यापारमा ३ नम्बर मा देखीएको थियो। केहि दिन आगाडी मात्र सामसुङ ले फोल्डेबल स्क्रीन भएको मोबाइल फोन सार्वजनिक गरेको थियो। यो फोनको मूल्य २ हजार डलर तोकिएको छ। हुवावेले सामसुङ र एप्पल लाई चुनौती दिन यो फोन सार्वजनिक गरेको हो। आइतबार हुवावेले स्पेनको बार्सिलोनामा नयाँ स्मार्टफोन सार्वजिक गरेको हो। यो फोन को मूल्य २ हजार ६ सय डलर तोकिएको छ। 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा