बुधबार, १३ चैत, २०७५
Wednesday, 27 March, 2019

कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपालबिच सम्झौता 

संयूत्त राष्ट्र संघ दिगोबिकास सोलुसन नेटवर्क UN SDSN अन्तर्गत संस्थागत सदस्य रहेको कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच आज मिति २०७५–११–१३ गते दुइ पक्षिय सम्झौता भएको छ।

कान्तिपूर सिटी कलेजका क्याम्पस प्रमुख राजु कट्टेल को उपस्थितिमा भएको उक्त सम्झौतामा कान्तिपूर सिटी कलेज SDSN संयोजक तथा सिभिल विभागका प्रमुख डा. दिपक बिक्रम थापा क्षेत्री र होलिस्टिक डेभेलपमेन्ट नेपालका अध्यक्ष अनुप घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताको प्रमुख उद्घेश्य, दिगो बिकास लक्ष्य SDGs हासिल गर्नको लागि विभिन्न अनुसन्धान मूलक कार्यक्रमहरु गर्ने रहेको छ ।


कान्तिपुर सिटी कलेज विगत १९ वर्ष देखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ भने होलिस्टिक नेपालले सामुदायिक क्षेत्रमा समावेशी, आर्थिक तथा सामाजिक विकाशका कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा