सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

स्वदेशी सफ्टवेयरलाई नै किन प्राथमिकता दिने ?

नेपालमा सफ्टवेयर उद्योग फस्टाएको विश्लेषण गरिन्छ । तर सरकारले प्रयोग गर्ने अधिकांश ठूला र मझौला स्तरका सफ्टवेयर अझै विदेशबाट निकासी हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रले पनि विदेशबाट आयातित सफ्टवेयर खरिद गर्ने गरेका छन् । हुँदाहुँदा देशैभरि ग्राहक र कारोबार बढाउँदै आएका लघुवित्तजस्ता वित्तीय संस्थाहरु पनि विदेशी सफ्टवेयरतर्फ आकर्षित भइरहेका छन् । सफ्टवेयरका सम्भावित ठूला उपभोक्ताले अझै नेपाली उत्पादनलाई विश्वास गर्न सकिरहेका छैनन् ।

उच्च ब्यान्डविथ सिस्टम चाहिने, सिस्टम नचल्ने, भनेको बेला रिपोर्ट नआउने लगायतको कारण देखाउँदै नेपाली सफ्टवेयर कमजोर भएको निष्कर्षमा उनीहरु पुगेका छन् । चाहेको भन्दा धेरै फिचर दिने, ठूलो भोल्युममा सपोर्ट गर्न सक्ने सफ्टवेयर नेपालमा नभएपछि स्वभावैले बाहिरबाट सफ्टवेयर र अन्य प्रविधि ल्याउनुपर्ने अवस्था आएको उनीहरु बताउँछन् । 

ठूला प्रोजेक्टमा नीतिगत पद्धतिबाटै नेपाली कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने गरी प्रोक्युरमेन्ट भइरहेको छ । अदूरदर्शीपनाका कारण नेपाली कम्पनीहरुले नेपालकै लागि काम गर्न सकेका छैनन्, जसको परिणामस्वरुप विदेशकै लागि आउटसोर्सिङका काम गर्न उनीहरु बाध्य छन् । यसले नेपालमा सफ्टवेयरको उद्योग नबन्ने र अर्थतन्त्रमा समेत खासै योगदान दिन सक्दैन । 

यता नेपली उपभोक्ताको मागअनूकुल स्वदेशमै राम्रा सफ्टवेयर निर्माता रहेपनि विश्वास र प्राथमिकतामा नपारिएको गुनासो आउने गर्छ । केही व्यक्तिहरुले गरेको प्रचारबाजीको आधारमा बाहिरका सफ्टवेयरको माग भएको भन्दै दशकौंदेखि यही क्षेत्रका लागि सफ्टवेयर बनाइरहेका स्वदेशी कम्पनीको अवमूल्यन भएको उनीहरु बताउँछन् । अझै प्रोत्साहन गर्नुको सट्टा नेपाली कम्पनीले गर्नै सक्दैनन् भन्ने आधार देखाएर विदेशी सफ्टवेयर ल्याउने संस्कारले देशमा सफ्टवेयर उद्योग उँभो लाग्दैन । 

नेपालमा सफ्टवेयर उद्योगको गर्विलो इतिहास नभए पनि पछिल्लो समय थुप्रै आशाका किरण देखापर्न पलेका छन् । संवेदनशील र जटिल भनिएका परियोजनामा पनि नेपाली कम्पनीले सफलता हात पारिरहेका छन् । तर विदेशी मोहमै पर्दा स्वदेशी उत्पादनले प्राथमिकता पाउन सकेका छैनन् । नेपालभित्रै उद्योग बनाउने हो भने यहीका सफ्टवेयर कम्पनी र इन्जिनियरहरुलाई अवसर दिनुपर्छ । सूचना प्रविधिको विकासमा नेपालभन्दा पछि रहेको म्यानमारले समेत आफ्नै देशका जनशक्तिबाट यस्तो काम गराउँदै आएको छ । हामीले नसक्ने भन्ने कुरै छैन । नेपालीहरुको सफ्टवेयर क्यापेबिलिटी बढिरहेको छ ।

तर, ठूला प्रोजेक्टमा नीतिगत पद्धतिबाटै नेपाली कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने गरी प्रोक्युरमेन्ट भइरहेको छ । अदूरदर्शीपनाका कारण नेपाली कम्पनीहरुले नेपालकै लागि काम गर्न सकेका छैनन्, जसको परिणामस्वरुप विदेशकै लागि आउटसोर्सिङका काम गर्न उनीहरु बाध्य छन् । यसले नेपालमा सफ्टवेयरको उद्योग नबन्ने र अर्थतन्त्रमा समेत खासै योगदान दिन सक्दैन । 

कम्पनीले बनाउने सफ्टवेयर, विक्रीपछि दिने सेवा, मेन्टिनेन्स, स्तरीय जनशक्ति र सही डकुमेन्टेशनका आधारमा रेटिङ गर्न सकिन्छ । त्यस्तै सफ्टवेयर बनाउँदा प्रयोग गरिने लजिक, सफ्टवेयर पोलिसीले पनि गुणस्तर निर्धारण गर्छ । फङ्क्शनल, सेक्युरिटी र पर्फर्मेन्स टेस्ट र युजर फ्रेन्ड्लीका आधारमा पनि गुणस्तर निर्धारण हुन्छ ।

नेपालीहरुबाटै यस्ता सफ्टवेयर बनाउने परिपाटीको विकास गर्ने हो भने सफ्टवेयर इन्जिनियरहरु विदेश पलायन हुने थिएनन् । देशमै प्रशस्त रोजगारी सिर्जना हुने थियो । नेपालको पैसा नेपालमै बस्ने थियो । सफ्टवेयरका लागि चाहिने निरन्तर अपडेट र सपोर्टका काम सुलभ र सस्तोमा नेपालमै उपलब्ध हुने थियो । तर, नेपाली कम्पनीले पनि पत्याउनका लागि त्यस्तै खालको राम्रो काम गर्नुपर्ने हुन्छ । 

नेपाली सफ्टवेयर कम्पनीका पनि आफ्नै बाध्यता र सिमितता छन् । पूर्वाधारमा लगानी हुँदैन । रिसर्च र डेभलपमेन्टको धेरै अभाव छ । अर्कोतर्फ स्वदेशमै व्यवसाय गर्न घरलाई बैंकमा राखेर कम्पनी खडा गर्ने जमात बढेको छ । एनजिओ, आइएनजिओजस्ता दाता र सरकारले फन्डिङ गरेका कम्पनीहरुसँग स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ । क्यापासिटी बिल्डिङका कार्यक्रमहरु गर्न सकिएको छैन । 

कन्जुमरले पनि क्वालिटी प्रडक्टका लागि पैसा लाग्छ भन्ने सोच ल्याउनपर्छ । विदेशी कम्पनीका लागि ४ करोड रुपैयाँ दिन तयार हुने तर नेपाली कम्पनीका लागि ४ लाख रुपैया पनि दिन नचाहने प्रवृत्ति पनि यहीँ छ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सफ्टवेयर निर्माता कम्पनी भए पनि प्रचारप्रसारको अभावले प्रभावकारी हुन सकेको देखिँदैन । नेपालमा सफ्टवेयर कम्पनीहरूको संख्या बढे पनि तिनीहरूले आफ्नो कामको गुणस्तरको प्रत्याभूति गर्न सक्ने अवस्था छैन ।

कम्पनीले बनाउने सफ्टवेयर, विक्रीपछि दिने सेवा, मेन्टिनेन्स, स्तरीय जनशक्ति र सही डकुमेन्टेशनका आधारमा रेटिङ गर्न सकिन्छ । त्यस्तै सफ्टवेयर बनाउँदा प्रयोग गरिने लजिक, सफ्टवेयर पोलिसीले पनि गुणस्तर निर्धारण गर्छ । फङ्क्शनल, सेक्युरिटी र पर्फर्मेन्स टेस्ट र युजर फ्रेन्ड्लीका आधारमा पनि गुणस्तर निर्धारण हुन्छ । विदेशी कम्पनीले यी सबै आधारभूत पक्षमा ध्यान दिन सक्ने भएकाले उनीहरूले बनाएका सफ्टवेयरलाई बढी विश्वसनीय मानिएको हो ।

तर, नेपाली कम्पनीहरूले पनि यी सबै आधारभूत पक्ष पूरा गर्ने हो भने उनीहरूको  सफ्टवेयरमाथि पनि विश्वास बढ्छ । स्थानीयस्तरमै यस्ता परियोजनाको जिम्मेवारी दिने हो भने समयान्तरमा देशको जिडिपीमा सफ्टवेयर उद्योगले योगदान दिनेमा दुईमत छैन ।

यसकारण ज्ञानमा आधारित यो क्षेत्रको वृत्ति विकासका लागि सरकारी र अन्य सम्बन्धित सरोकारवालाहरु लाग्नुपर्ने बेला आएको छ । ‘ग्लोबल कम्पिटिशन’ वा ‘ग्लोबल रिच’को अवधारणा आइरहेकाले स्वदेशी सफ्टवेयर नै प्रयोग गर्नुपर्छ भन्ने छैन । आवश्यकताअनुसार सफ्टवेयर खरिद जताबाट पनि गर्न सकिन्छ ।

बरु नेपाली कम्पनीका सफ्टवेयर विदेशी कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न लायक बनाउनुपर्ने आवश्यकता आएको छ । सोहीस्तरका प्रडक्टको विकास गर्न सके स्वदेशमै उपलब्ध सफ्टवेयरको माग बढ्ने थियो ।

सम्बन्धित समाचार