आइतबार, १२ जेठ, २०७६
Sunday, 26 May, 2019

आइटी कम्पनि 'लगप्वइन्ट'की सिइओ 'मोना'

उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि सो कम्पनीको सिइओको रुपमा कम्पनीको नेतृत्व गरिरहेकी छन्

मोना न्याच्छों गोपाजु लगप्वइन्ट नेपालकी सिइओ हुन् । पोखरा विश्वविद्यालयबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिगं गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेश स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्टेसन सकेकी छन् ।

पोखरा विश्वविद्यालयबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिगं गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेश स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्टेसन सकेकी छन् ।

इन्जिनियररिगं विद्यार्थीको रुपमा स्नातक पढ्दाकै समयमा आफ्नै कम्प्युटर इन्स्टिच्युटमा काम गरिन् र धेरै अनुभव हासल गर्न पाइन् ।

उनले त्यहा कम्प्युटरको मेन्टेनेन्स गर्ने, प्रोग्रामिगं गर्ने, ज्ञान प्रदान गर्ने, क्लास र ल्याबमार्फत विद्यार्थीलाई सिकाउनेका साथमा रिसर्चको काम गर्थिन् । सन् २००६ मा स्नातक सकेपछि उनले युएस बेस्ड सफ्टेयर कम्पनी भेरिस्क इन्फर्मेशन टेक्नालोजीमा काम गर्न थालिन् ।

त्यहा सिनियर सफ्टवेयर डेभलपरकै हैसियतमा काम गर्न सफल मोना सन् २०१२ मा भने डेनिस बेस्ड आइटी कम्पनी  लगप्वइन्टमा आइन् । त्यहा पहिलो महिला कर्मचारी भइन् उनी ।

उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि सो कम्पनीको सिइओको रुपमा कम्पनीको नेतृत्व गरिरहेकी छन् । महिला सशत्तिलकरण गर्न र उनीहरुलाई सीप र क्षमतायुक्त बनाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने उनी बताउछिन् । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा