मंगलबार, ३ असार, २०७६
Tuesday, 18 June, 2019

सैनिक परिवारलाइ प्राबिधिक शिक्षा अध्ययनको लागि प्रभु बैंकले २५ लाखसम्मको शैक्षिक कर्जा दिने

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

चैत्र २४ गते आइतबारका दिन जंगी अड्डामा आयोजित एक कार्यक्रमका विच प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र  प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनको शुभारम्भ गरेका थिए

यस कर्जा अन्तर्गत सैनिकका सन्ततिले प्राबिधिक शिक्षा अध्यनको लागि २५ लाखसम्म बिना धितो शैक्षिक कर्जा प्राप्त गर्नेछन् 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा