आइतबार, ५ श्रावण, २०७६
Sunday, 21 July, 2019

अब टिभिएसका बाईक र स्कुटर दराजमा किन्न पाईने

काठमाण्डौं, ११ अप्रिल, जगदम्बा मोटर्स, अन्तराष्ट्रिय स्तरमा प्रसिद्द दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेताहो। नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरुपाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ। 


यो नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुसिको खबर छ। १० अप्रिलमा जगदम्बा मोटर्स प्रा ली का भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ।

नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमान्डौंका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा रु १० हजार को छुट पाउने छन। समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ। 


अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन। 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा