मंगलबार, ७ जेठ, २०७६
Tuesday, 21 May, 2019

नेपाली बजारमा ओपो एफ ११ प्रो

काठमाडौं। ओपोले  नेपालमा एफ सिरिजको ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम प्रकाश भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्ने यो फोनमा क्षमता छ। ओपो एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्यान्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा रहेको छ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्कन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने छ।

यो मोबाइलमा ४ र ६ जीबी र्याम तथा ६४ र १२८ जीबी रोम रहेको छ। ओपो एफ ११ प्रोमा ४ हजार एमएएच ब्याट्रि सहित छिटो चार्ज गर्ने भोक प्रविधि पनि जडान गरिएको छ। यसमा एन्ड्रोइड ९ पाई अपरेटिङ सिस्टम रहेको छ। यो फोनमा मिडिया हेलियो पि ७० को चिपसेट प्रयोग गरिएको छ। ओपो एफ ११ प्रोको मूल्य रू. ४७ हजार ९९० रहेको छ। अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ।
 

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा